प्रदेश सभाको बैठक :सरकारको नीति कार्यक्रममाथि टीप्पणी शुरु

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७४ चैत्र २६ गते, सोमबार ०९:०२

बुटवल -प्रदेश नम्वर पाचको प्रदेश सभाको बैठक आज बस्दैछ। हिजो प्रदेश सभामा पेश भएको प्रदेश सरकारको नीति कार्यक्रममाथि टीप्पणी शुरु भएको छ । सरकारले हतारमा ल्याएको नीति कार्यक्रम अपुरो भएको सरोकारवालाले टिप्पणी गरेका छन् । रिर्पाेटस् क्लव प्रदेश ५ ले आज बिहान बुटवलमा आयोजना गरेको साक्षात्कार कार्यक्रममा बोल्ने सरोकारवालाले पार्टीको घोषणापत्र जस्तो नीति कार्यक्रमले जनतामा आशा जगाउन नसकेको बताएका छन ।सामजिक विकास मन्त्री  सुर्दशन बरालले २ महिनाको लागि ल्याएका नीतिहरु अपुरो रहेको स्वीकार्दै प्रदेशलाई एक बर्षभित्रमा साक्षर प्रदेश बनाउरै छाड्ने दाबि गर्नुभयो ।

उहाले प्रदेशलाई छुवाछुत मुक्त  क्षेत्र घोषण गर्ने पनि  बताउनु भयो ।स्रोत साधनको समित , कर्मचारी नआएको अवस्थाले पनि काम गर्न असहज भएको उहाको ठहर छ ।एमाले नेता तथा प्रदेश सभा सदस्य बिष्णु पन्थीले प्रदेश सरकारको प्रयासलाइ नराम्रो भन्न नमिल्ने बताउनु भयो ।प्रदेश योजना आयोगका उपाध्यक्ष डा प्रकाश श्रेष्ठले सरकार हतारोमा भएकाले नीति कार्यक्रम सक्दो राम्रो आएको दाबि गर्नुभयो ।उहाले भन्नुभयो अब यस्ले बजेट बनाउन फष्ट स्टेपको काम गर्छ , सम्भावित आधार तयार गरेको छ, सरकारको नयाँ संरचना भएकाले तत्काललाई प्रदेशले अबै आफ्नो श्रोत जुटाउन सक्दैन।’उहाले  राजस्वको दायरा वढाउने , आन्तीक तथा  बैदेशीक साहयता बढाउनुपर्ने बताउनु भयो ।प्रदेशसभा ५ का नेपाली कांग्रेस प्रमुख सचेतक सुरेन्द्र बहादुर हमालले  निती तथा कार्यक्रम परम्परागत शैलीको रहेको बताउनु भयो ।

‘उहाले पार्टि घोषण पत्र जस्तै छ,प्रतिपक्षको किन  सुझाव मागिएन भन्नुभयो । फोरमका प्रदेश सभा सदस्य द्वय सहश्राम यादव र  बिजयबहादुर यादबले सरकारको निती तथा कार्यक्रम पनि पार्टिको घोषणा पत्र जस्तै भएको टिप्पणी गर्नुभयो ।उहाहरुले भन्नुभयो नेपाली जनताले गरेको नयाँ नेपाल जस्तो आएन, केन्द्र र स्थानीय तह  प्रदेशको समन्वय अभाब छ ।बिश्लेषक डा आरसि आर्चाय, प्राडा बुद्धबहादुर थापा, पूर्व सभाषद तथा माओबादी केन्द्रका नेता बिनोद पहाडीले निति कार्यक्रम र अव बजेटलाई हेर्दा धेरै आस गर्ने ठाउँ नभएको बताउनु भयो ।‘कार्यक्रम रामकुमार क्षेत्रीको अध्यक्षता र कपिल ज्ञवालीको संचालनमा भएको थियो ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु