कृषि वार्ता/मन्त्री, भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय, प्रदेश नः ५
विद्यालयमा वि.स २०४१ सालबाट कोहलपुर त्रिभुवन माध्यमिक विद्यालयमा अनेरास्वीयुबाट राजनीतिमा सक्रिय रुपमा लागेकी आरती पौडेल बाँकेबाट राजनीतिक यात्रा सूरु गरेकी हुन । अखिल नेपाल महिला संघको गाउ, ईलाका क्षेत्र सहित जिल्ला अध्यक्ष समेत भईन् । अहिले प्रदेश सदस्य, राष्ट्रिय परिषद सदस्य छिन् । यस्तै किसान महासंघको केन्द्रीय सदस्य छिन् । पार्टीको जिल्ला कमिटि सल्लाहकार कमिटिमा समेत रहेकी मन्त्री पौडेल केही समय पहिला प्रदेश नम्बर ५ को मन्त्री, भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री नियुक्ति भएकी छिन् । प्रदेशीकी एक्ली महिला मन्त्री रहेकी पौडेलसंग बुटवल सहकर्मी कृष्ण खनालले कृषि क्षेत्र लगायत विविध क्षेत्रको विषयमा गरिएको कुराकानी –
अहिले के गरिरहनुभएको छ ?
–हामी कृषिमा अहिले नीति तथा नियम बनाई रहेका छौ ।
कहाँ पुग्यो नीति निर्माणको काम ?
–अहिले नीति निर्माणको काम अगाडी बढाएका छौ । प्रदेश सभाबाट कानुन निर्माण हुन्छ । त्यहाँबाट काम अगाडी बढेको छ । भेटेनरी सम्बन्धी कृषि सम्बन्धी कार्य अगाडी बढेका छन् । विभिन्न सेक्टरवाईज काम अगाडी बढिरहेका छौं ।
नयाँ योजना के छन् ?
–कृषिमा हामीले बाँजो जग्गा रहन नदिने गरी भु–उपयोग नीतिको कुरा अगाड बढाएका छौ । जग्गाको बैज्ञानिक नापजाँच गर्ने योजना रहेको छ । बाँजो जग्गा राख्ने प्रवित्तीलाई निरुत्साहित गर्ने छौ ।
कहिलेबाट सुरु होला काम ?
–ठ्याक्कै अहिले नै हुन्छ भन्ने कुरा छैन । किनकी अहिले छलफलमा चलिरहेको छ । सबै मन्त्रालयबाट कार्यक्र आएपछि कार्य हुन्छ । त्यहि प्रक्रियामा चलिरहे छौ । जुन मुख्य मन्त्रीबाट प्रमाणित भएपछि काम अगाडी बढ्छ ।
किसानले प्रदेश सरकार र मन्त्रालय आयो भन्ने आवास कहिले पाउन सक्छन् ?
–मन्त्रालय आयो भन्ने आभास दिन सकिन्छ । तर पनि अहिले नै ट्वक्कैयोजना निर्माण भएर किसानको खेतवारीमा कार्य अगाडी बढ्न सकेको छैन । नीति निर्माणले गर्ने कुराले किसानलाई खासै प्रभाव पार्दैन । तर हामी सोचीराखेका छौ । कसरी युवाहरुलाई आर्कशित गर्ने भन्ने विषयमा लागिरहेका छौ । पाखुरामा बल भएको मनमा जोस भएको अलिकती गर्न सक्ने हिम्मत राख्ने युवाहरु अहिले बाहिर हुनुहुन्छ । उहाँहरुलाई कसरी कृषिमा आर्कषित गर्ने भन्ने र उहाँहरुको कृषि मार्फत समृद्धि गर्ने हाम्रो योजना रहेको छ । यान्त्रीकीकरणमा समेत जोड दिने छौ । विगतगका जस्तो हलो जोतेर, डोकोमा मल बोकेर अवको किसानहरुले काम गर्दैन । त्यसबाट लागत पनि उठ्दैन । त्यसको लागि हामी बैज्ञानिक खेती पद्धती अवम्बन गछौं ।
नीति निर्माण गर्दा केन्द्र संगको संमन्वय हाम्रो कस्तो हुन्छ ?
–केन्द्रबाट संमन्वय हुन्छ । मुल हामीले केन्द्रबाट जारी गरेको नीति नियम संग संमन्वय गरेर अगाडी बढ्ने हो । यस्तै तल्लो निकाय स्थानिय तह संग पनि हामीले टेकेर अगाडी बढ्ने हो । हाम्रो परिवेश सुहाउदो थपघट गरेर काम अगाडी बढाउछौं ।
प्रदेश पाँचमा कृषिमा के के छन् संभावना ? जसमा हामीले ठोस काम गर्न सक्छौं ?
–प्रदेश पाँचमा पशुपालनको संभावना राम्रो छ । मासुमा हामी आत्मनिर्भर बन्न सक्छौ । यस्तै खाद्यान्नमा पनि हामी धान, गहुँ, मकै तरकारी जन्य उत्पादनमा राम्रो छ । फलफुलहरु पहाडमा, पशुपालन पनि पहाडी क्षेत्रमा बढिमात्रामा जोड दिने छौ भने तराईको क्षेत्रमा खाद्यान्न उत्पादनमा नै हाम्रो मुख्य जोड हुने छ ।
कृषि क्षेत्रमा सैद्धान्तिक रुपमा बढि हुन्छ तर व्यवाहरिक रुपमा लाभ पाएका छैनन् ? किसानले प्रत्यक्षरुपमा लाभ पाउने गरी के छ यहाँको योजना ?
– किसानले लाभ पाउने गरी के सोँचीराखेका छौ भने यो सहकारी रहेका छन् । ति सहकारीहरुलाई हामी गाउ गाउमा उत्पादनमा लगाउने र सहरको सहकारीलाई बजारकरणको काम अगाडी अगाडी बढाउने योजना हामी गरिरहेका छौ । गाउको सहकारीले उत्पादन गर्छ, सहरको सहकारीले बजारीकरणको लागि सहजीकरण गर्छ ।
अन्य प्रदेश भन्दा फरक पाँच नम्बर प्रदेशको लागि यहाँको मन्त्रालयले ठोस के काम गर्छ ?
–अर्गानिक कृषिलाई हामीले जोड दिएका छौ । रोल्पा र रुकुम जिल्ला ले अहिले अर्गानिक जोनको रुपमा काम अगाडी बढाउनुभएको छ । त्यो कुरा दुई वटा कुरालाई जोड दिएर अर्गानिक जोन बनाउने । युवा विद्यार्थीहरुलाई जोड दिएर कृषिको कार्यक्रम बनाउने हाम्रो योजना रहेको छ । विद्यार्थीहरुलाई ६ कक्षा देखि नि नै व्यवसायीक शिक्षा अगाडी बढाउने योजना रहेको छ । माटो प्रतिको मोह विद्यार्थीहरुलाई नै जगाउने योजना हाम्रो रहेको छ ।
कृषि शिक्षालाई आधारभुत तह देखि नै प्रदेश सरकारले अगाडी बढाउनु खोजेको हो ?
–त्यो कुरा संमन्वय गर्नु पर्दछ । त्यो कुरा मेरो मनमा लागिरहेको छ । किनकी ८ कक्षा सम्मको पढाई सकेपछि ९, १०, ११ र १२ मा अनिवार्य रुपमा प्रदेश सरकारले कृषि विषय पठाउने गरी योजना ल्याउने ईच्छा हो तर यसमा सामाजिक विकास मन्त्रालय संग आवश्यक छलफल गर्ने प्रक्रियामा छौ । ८ कक्षा पढेपछि सामान्य ज्ञान विद्यार्थीले पाईसको हुन्छ । त्यसपछिको पढाई व्यवसायीक जिविकोपार्जनको लागि योजना बनाउनुपर्दछ भन्ने हाम्रो मान्त्यता हो ।
ठ्याक्कै योजना तै सुरु भएको छैन ?
–योजना मैले बनाएको छु, यसको लागि सामाजिक विकास मन्त्री संग म सल्लाह गर्छु , उहाँसंग बसेर हामी अगाडी बढाउने योजनामा रहेका छौ । गाउँगाउको विद्यालयहरुलाई कृषिमा पढाईमा जोड दिने योजनामा छौ ।