चैत १९,आइतबार :तपाईंको आजको दिन कस्तो छ ? हेर्नुस् राशिफलरास्वपाले १० वैशाखमा उपचुनाव हुने ३ वटा निर्वाचन क्षेत्रमा उम्मेदवार घोषणारसुवागढी नाका आजदेखि पूर्णरुपमा दुईतर्फी सञ्चालनमाकांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्नेखेलकुद सामान्य क्षेत्र होइन– प्रधानमन्त्री दाहालचैत, १८ गते शनिबार : यस्तो छ तपाईंको आजको राशिफलतारकेश्वरमा शाखा राख्न शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रको प्रस्ताव, साङलामा डायलसीसका लागि प्राविधि सहयोग गर्नेसरकारले पूर्णता पायो, अब देशमा विकासले गति लिन्छ : प्रधानमन्त्री दाहालहेरेको तिमीलाई'मा सिम्पल र कुन्साङको रोमान्स ( भिडियोआजबाट एसइई परिक्षा सुरु, ५ लाख १६ हजार परीक्षार्थी सहभागी हुँदै

कृषिउपज वस्तुहरुले बजार पाएमात्र समृद्ध राष्ट्रबन्छ – कृषि मन्त्री पौडेल

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७४ चैत्र २६, सोमबार १२:२७

बुटवल-शहरबाट गांउ जांदा मात्र होईन गांउबाट शहर पस्दा समेत कृषि उत्पादन लिएर आउने वाताबरण बनाउन सकेमात्र नेपाल समृद्ध राष्ट्र बन्ने कृषि तथा सहकारी मन्त्री आरती पौडेलले बताउनु भएको छ ।कृषि पत्रकार समाज रुपन्देहीले आज बुटवलको पैचो पसलमा गरेको अन्तरक्रिया कार्यक्रममा बोल्ने बक्ताहरुले नारामा मात्र कृषि प्रधान भनेर नहुने बताउंदै स्पष्ट कृषि निती बनाउन सके मात्र कृषि प्रधान देशको नारा सार्थक हुने धारणा राखे ।कार्यक्रममा बोल्दै प्रदेश नम्बर ५ अन्तर्गत प्रदेश सरकारक भुमि ब्यवस्था, कृषि तथा सहकारी मन्त्री आरती पौडेलले कृषि पेशा गरेर पनि बांच्न सकिने आधार निर्माण गर्ने तर्फ सरकारले कृषि निती बनाउने बताउनुभयो ।

कार्यक्रममा बोल्दै पैचो पसलका सि ओ ओ केशवराज न्यौपानेले जव सम्म शहरबाट सामान लिएर गांउ पसेको गाडी फर्कंदा भरी कृषि उपज लिएर शहर फिर्ता हुंदैन तव सम्म बिकासमा सन्तुलन नहुने तर्क गर्नुभयो ।कृषि पत्रकार समाजका अध्यक्ष कृष्ण खनालले सरकारबाट किसानले अनुदान लिने प्रक्रिया भन्झटीलो रहेको उल्लेख गर्दै अनुदान बितरणमा पनि अनियमीतता हुने गरेको बताउनुभयो ।कार्यक्रममा सहभागी मन्त्री पौडेलले बुटवलमा संचालनमा रहेको पैचो बजारको अजलोकन गर्दै पैचो अभियानका बिबिध पक्षका बिषयमा जानकारी लिनुभएको थियो ।

अवलोकन संगै सञ्चार कर्मीहरुलाई प्रतिक्रीया दिंदै मन्त्री पौडेलले पैचो जस्ता संस्थाहरुसंग सहकार्य गरेर ५ नम्बर प्रदेशलाई कृषिमा आत्म निर्भर बनाउन प्रदेश सरकार प्रतिबद्ध रहेको बताउनु भयो ।पैचोको स्थापना र यसका गतिबिधीका बिषयमा पैचोका सि ओ ओ केशवराज न्यौपाने र मिडिया निर्देशक शरण कर्माचार्यले मन्त्री पौडेललाई जानकारी दिनुभएको थियो ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु