स्पाइनल इन्जरी भएका व्यक्तिहरूको अधिकार तथा क्षमता अभिवृद्धि” सम्बन्धी ३ दिने सो गोष्ठीयस्तो छ तपाईंको आजको राशिफलग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालले पायो ‘एनएबीएच’ मान्यताबुढीगण्डकी ‘क’ र ‘ख’ जलविद्युत आयोजना निर्माण हुने काठमाडौंमा गरियो सार्वजनिक सुनुवाईठेक्का सम्झौताको २७ वर्षसम्म पाएनन् व्यवसायीले भुत्तानी, सर्वोच्चको फैसलासमेत कार्यन्वयन नभएको भुजेलको गुनासोदुबईमा बेचिएकी नेपाली चेलीको उद्दारस्थायी प्रवृत्तिको पत्रकारिता विकास कोष स्थापना गर्ने प्रधानमन्त्रीको घोषणाFlag Hoisting Ceremony on National Day of PakistanNation celebrates Pakistan Day with renewed pledge to work for progress of true Islamic welfare stateसत्ता गठबन्धनको बैठकमा सरकार विस्तारबारे छलफल

विश्वका घुम्नैपर्ने देशको सुचिमा नेपाल पहिलो नम्बरमा

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७४ चैत्र २७, मंगलवार ०८:०३

काठमाडौं-विश्वको गरिब राष्ट्रको सुचिमा पर्ने नेपाल, प्राकृतिक छटाहरुले भरिपूर्ण देश हो । लामो समयदेखि विश्वका पर्यटकहरुको गन्तब्य बन्ने गरेको हामी नेपालीहरूका लागि एउटा खुसीको खबर छ । संसारका विकसित भनेर चिनिने देशहरूलाई पछि पार्दै नेपाल घुम्नै पर्ने देशहरूमा पहिलो स्थानमा पर्न सफल भएको छ ।अमेरिकी चर्चित ट्राभल वेबसाइट ‘लोन्ली प्लानेट’ले २०१७ मा घुम्नै पर्ने देशहरू भनेर तयार पारेको सूचीमा नेपालको नाम शिर्ष स्थानमा राखेको छ । नेपालमा घुम्न जाँदा आफूले खर्च गरेको पैसा र समयको मूल्यको सही सदुपयोग हुने भन्दै संसारकै वेष्ट भ्यालु गन्तव्यको रुपमा नेपालको नाम परेको हो ।

लोन्ली प्लानेटले विश्वका १ सय ९० देशबाट नेपाललाई पहिलो नम्बरमा छानेको हो । उसले सोमबार आफ्नो वेवसाइटमा प्रकाशित गरेको सूचीमा १ सय ९० देशबाट उत्कृष्ट १० देश छानेको थियो । ति १० मध्ये पनि नेपाल पहिलो नम्बरमा पर्न सफल भएको हो ।यसले सम्बन्धित देश घुमेका पर्यटकको अनुभव र आफ्ना प्रतिनिधीको मूल्यांकनका आधारमा उक्त सूची तयार पर्छ ।नेपालमा घुमेका हजारौं पर्यटक र लोन्ली प्लानेटका लेखक प्रतिनिधिले दिएको रिपोर्टका आधारमा नेपालाई पहिलो नम्बरमा घुम्नैपर्ने देश मध्ये राखेको उसले जनाएको छ ।

“नेपाल भूकम्प र नाकाबन्दीको अप्ठारो परिस्थितीबाट पूर्णरुपमा आफ्नो लयमा फर्किसकेको छ,” लोन्ली प्लानेटले लेखेको छ, “नेपालमा घुम्नेहरूको संख्या बिस्तारै बढिरहेको र नेपाल अब घुम्नै पर्ने देशभम परेको छ ।” उसले भनेको छ नेपाल सस्तो मूल्यमा विश्वका उत्कृष्ट ट्रेकिङ र वाइल्ड लाइफ हेर्न सकिने देश हो । “दिनको ५० डलर खर्चर गरेर यो सबै गर्न सकिन्छ,” लोन्ली प्लानेटले लेखेको छ, “तपाई नेपालको जहाँ गए पनि न्यानो स्वागत पाउन सक्नुहुन्छ ।” उसले नेपाल भूकम्पको क्षतिबाट फर्किदै गरेकाले यहाँका समूदायलाई नयाँ आम्दानीको खाचो परेको भन्दै नेपाल घुम्न भनेको छ ।

नेपालपछि विश्वका वेष्ट भ्यालु गन्तव्यमा रुपमा दोस्रोमा नाविबिया र तेस्रोमा पोर्चुगलको पोर्टोलाई राखेको छ । त्यसैगरी चौथो देखि दशौं नम्बरमा क्रमश इटाली, हंगेरी, बेलिज, मोरक्को, रसिया, अस्ट्रेलिया र अमेरिकालाई राखेको छ ।

यि हुन दश वेष्ट भ्यालु गन्तव्य

१. नेपाल
२. नाविबिया
३. पोर्चुगलको पोर्टो
४. इटालीको भेनिस
५. हंगेरीको डेब्रेसेन
६. बेलिज
७. मोरक्को
८. रसिया
९. अस्ट्रेलियाको बेल्लारिन पेनिनसुला
१०. अमेरिकाको मिसिगन अफर पेनिनसुला

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु