आज मंसिर १३ गते बुधबार यस्तो छ तपाईंको राशिफलकाभ्रे हेभी इक्युपमेन्ट ब्यवसायी संघको जिल्ला अधिबेशन तथा बार्षिक साधारण सभा सम्पन्नस्वर्णिम क्वाटरफाइनलमाएनआरएनएको अनलाइन निर्वाचनमा गम्भीर ७ त्रुटि, कारबाहीको माग गर्दै अध्यक्ष शर्माद्वारा पत्रकार सम्मेलनगायक दिपक भुजेलको 'तिमी आईदेउ' सार्वजनिक ( भिडियो )यस्ताे छ आजको विदेशी मुद्राको विनिमय दरराजेन्द्र कुमार कार्कीको 'बुट्टा भरेर' बोलको नयाँ गित सार्वजनिकगायक तथा मोडल मुन थकालीको 'कदम कदम' बोलको नयाँ गित सार्वजनिकप्रमोद खरेलको अर्कैको सिन्दूर लायौ’ बोलको नयाँ गीत सार्वजनिकसर्ट फिल्म 'उडान' को टिजर सार्वजनिक

बुटवलमा ५० करोड लगानीमा होटल एभिन्यू सञ्चालन

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७४ चैत्र २७ गते, मंगलवार ०८:२१

बुटवल- बुटवलमा ५० करोड लगानीमा होटल एभिन्यू प्रा.लि सञ्चालनमा आएको छ ।आन्तरिक तथा वाह्य पर्यटकलाई लक्षित गरी बुटवलको गोलपार्कमा सिद्धार्थ राजमार्ग किनारमै होटल एभिन्यू खुलेको हो ।यो होटल बुटवलकै पहिलो विजनेस होटलका रुपमा स्थापित भएको सञ्चालकको दावी छ । चारवर्ष अघि निर्माण शुरु भई हालै सम्पन्न भएको पाँचतले होटलमा ४५ वटा लक्जरी रुम रहेको अध्यक्ष भीमलाल न्यौपानेले बताए ।होटलमा सात सय जना क्षमताको कन्फरेन्स हलसहित बाल्कोनीसहितका लक्जरी रुम, बिजनेस स्वीट, हनिमुन स्वीट, डिलक्स, सुपर डिलक्स र कर्पोरेट रुम रहेका न्यौपानेले बताए ।

होटल एभिन्यूले दुई सय कार पार्क गर्न मिल्ने गरी तीन कठ््ठा जग्गामा पार्किङ स्थल बनाएको जनाएको छ । लुम्बिनी आउने पर्यटकलाई समेत लक्षित गरी होटलमा लगानी गरेको संचालक न्यौपानेले बताए । होटलमा ५० जनाले प्रत्यक्ष रोजगारी पाएका सञ्चालक सरस्वती न्यौपानेले बताइन् ।होटलको भोलि उद्घाटन गर्ने कार्यक्रम छ । रुपन्देहीमा साना, मझौला र ठूला गरी दुई हजार बढी होटलहरु सञ्चालनमा रहेका छन् । यहाँ एक दिनमा पाँच हजार पाहुनालाई राख्न सकिने होटल तथा रेष्टुरेन्ट व्यवसायी संघका अध्यक्ष समुन्द्र जीसीले बताए ।भैरहवाको विमानस्थल अन्तर्राष्ट्रियस्तरको क्षेत्रीय विमानस्थलमा स्तरोन्नति हुन थालेसंगै यहाँ होटलमा लगानी बढ्न थालेको हो ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु