दोस्रो श्री नाथेश्वर आइ एफ के राष्ट्रिय फुल कन्ट्याक्ट कराँते प्रतियोगिता २०७९ सम्पन्नउत्पीडितहरूले आफ्नो असली प्रतिनिधि चिन्नुपर्छ : प्रधानमन्त्रीगोरखा सेवा समाज कतारको १२औँ साधारणसभा सम्पन्नप्रधानमन्त्री दाहालद्वारा कराते महाधिवेसनको उद्घाटनआज चैत १२ गते आइतबारको दिन तपाईंको कस्तो छ ? हेर्नुस् राशिफलबालपोषणको अवस्था, चुनौती र सरोकारवालाको भुमिका तथा बालपोषणको अवस्था पुस्तिका सार्वजनिकटोखा नगरपालिकास्तरिय कस्यप गोत्रीय अधिकारी समाज गठनविभिन्न पार्टी परित्याग गरी नेता कार्यकर्ता विप्लव नेतृत्वको नेकपा प्रवेशएलडीबीए बास्केटबल भोलिदेखिसातौं भक्तपुर औद्योगिक, साँस्कृतिक तथा पर्यटन महोत्सव हुने

दशैंअघि नै पानी आउने मेलम्चीबाट काठमाडौंमा

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७४ चैत्र २७, मंगलवार ११:१४

काठमाडौं- मेलम्ची खानेपानी आयोजनाको अन्तिम सुरुङको पनि आज ब्रेक थ्रु भएको (छिचोलिएको) छ । ७.५ किलोमिटर लामो अन्तिम सुरुङको सोमबार सिन्धु ग्याल्टुङ खण्डमा ब्रेक थ्रु भएको हो ।प्राविधिक रुपमा सुरुङ खनेर सोमबार नै सकिएको भए पनि ब्रेक थ्रु को औपचारिक कार्यक्रम भने चैत २९ गते राखिएको छ ।योसँगै मेलम्ची खानेपानी आयोजनाको सुरुङ खन्ने काम सकिएको खानेपानी तथा सरसफाइ मन्त्री विना मगरले सोमबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइन् ।

अब फिनिसिङको काममात्र हुनेछ’ उनले भनिन् ।खानेपानी तथा सरसफाइ मन्त्री विना मगरले सोमबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइन् ।सिन्धुपाल्चोकको मेलम्ची खोलाबाट काठमाडौंमा खानेपानी ल्याउने यस आयोजनाको २६ किलोमिटर सुरुङ ३ खण्डमा विभाजन गरेर सन् २०१० को जुन महिनादेखि खन्न थालिएको थियो । दुईवटा खण्डको यसअघि नै ब्रेक थ्रु भइसकेको छ ।खानेपानी मन्त्री विना मगरले दशैंअघि नै काठमाडौंका वासिन्दाले मेलम्चीको पानी खान पाउने दावी गरिन् ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु