प्रहरी महानिरीक्षकमा बसन्त कुँवर नियुक्तनेपाल फाईभ पी अन्तर्राष्ट्रिय प्रदर्शनी सुरुराष्ट्रिय जनगणना २०७८ को प्रतिवेदन सार्वजनिकस्पाइनल इन्जरी भएका व्यक्तिहरूको अधिकार तथा क्षमता अभिवृद्धि” सम्बन्धी ३ दिने सो गोष्ठीयस्तो छ तपाईंको आजको राशिफलग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालले पायो ‘एनएबीएच’ मान्यताबुढीगण्डकी ‘क’ र ‘ख’ जलविद्युत आयोजना निर्माण हुने काठमाडौंमा गरियो सार्वजनिक सुनुवाईठेक्का सम्झौताको २७ वर्षसम्म पाएनन् व्यवसायीले भुत्तानी, सर्वोच्चको फैसलासमेत कार्यन्वयन नभएको भुजेलको गुनासोदुबईमा बेचिएकी नेपाली चेलीको उद्दारस्थायी प्रवृत्तिको पत्रकारिता विकास कोष स्थापना गर्ने प्रधानमन्त्रीको घोषणा

विप्लव समूहले पाल्पाका मेयर र गाउँपालिकाका प्रमुखहरुलाई तत्काल राजीनामाको धम्की

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७४ चैत्र २७, मंगलवार ११:२६

पाल्पा— नेपाल कम्युनिष्ट पार्टी विप्लव समूह मगँरात स्वायत्त प्रदेश अन्तर्गत जिल्ला जनपरिषद्ले पाल्पाका नगरपालिका मेयर र गाउँपालिकाका प्रमुखहरुलाई तत्काल राजीनामाको धम्की दिएको छ ।तानसेन नगरपालिकाका मेयर अशोककुमार शाही, रामपुर नगरपालिकाका मेयर रमणबहादुर थापा, माथागढी गाउँपालिका प्रमुख सन्तोष थापा र बगनासकाली गाउँपालिका प्रमुख कृष्णप्रसाद बस्याल लगायतलाई राजीनामाको धम्की दिएको हो । राजीनामा पत्रमा अटेरी गरे उत्पन्न परिस्थितिको स्वयम् जिम्मेवारी हुन पनि चेतावनी दिइएको छ ।

स्थापना कालदेखि नै जनजीविका, जनतन्त्र र राष्ट्रियताको सवालमा सतिशाल झैं उभिएको व्यहोरा उल्लेख गरिएको पत्रमा नेपाल स्वाधीन र स्वतन्त्र ढंगले सञ्चालन गर्ने हामी सबैको दायित्व भएको उल्लेख गरेको छ । ‘हामीले भन्दै आएको संसदीय व्यवस्थाको अन्त्य र वैज्ञानिक समाजवादको स्थापनाका खातिर विश्व कम्युनिज्म दृष्टिकोण अनुसार पनि वर्ग संघर्ष, बल प्रयोगको सिद्धान्त, सर्वहारा श्रमजीवि वर्गको अधिनायकत्व स्थापना गर्ने विकल्प छैन,’ मगँरात स्वायत्त प्रदेश, जिल्ला जनपरिषद्का प्रमुख प्रतिरोधको हस्ताक्षरमा पठाइएको पत्रमा उल्लेख छ ।

राजीनामा पत्रमा अहिले देशमा रहेको विद्यमान संसदीय व्यवस्थाको विरुद्धमा स्वयम् पुँजिवादीहरु पनि लागि रहेका भन्दै नेकपाले संसदीय व्यवस्थाको खारेज र अन्त्यका लागि विभिन्न संर्घषका कार्यक्रम गर्दै गरेको उल्लेख छ ।तानसेन नगरपालिकाका मेयर अशोककुमार शाहीले यस्ता पत्रले जनताले वर्षौँ पछि पाएको अधिकारको विरोध गर्नु मात्र भएको बताए । उनले अधिकार प्राप्ति भइरहेका बेला यस्ता पत्रलाई जनता स्वयंले नै प्रतिरोध गर्ने बताए ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु