पूर्वराष्ट्रपति भण्डारीद्वारा अरुणोदय स्मारिका लोकार्पणजलविद्युतको शेयरमार्फत विपन्न नागरिकको जीवनस्तर उकास्न सरोकारवालासँग उर्जामन्त्रीको छलफलसाउथवेस्टर्नको विज्ञान प्रदर्शनी सम्पन्न :२० हजार द्धारा अवलोकनएभरेस्ट बेस क्याम्पमा ग्यास्ट्रोनोमी कार्यक्रम २०२५ हुनेआज माघ २५ गते शुक्रबार : कस्तो रहला तपाईंको दिन ? हेर्नुहोस् राशिफलबससेवा डटकमले भ्यालेन्टाइन डेको अवसरमा छुट अफर सुरुबुढिगण्डकी हाईड्रोपावरमा राष्ट्रिय वाणिज्य बैंकले लगानी गर्ने,मिस एण्ड मिसेस व्यूटिफुल नेपाल यस वर्ष पनि हुनेसाउथवेस्टर्नमा १३ औं विज्ञान प्रदर्शनीकोशी प्रदेशको उर्जा र सिंचाईको विकासका लागि कोशी प्रदेशका सांसदसँग उर्जामन्त्रीको छलफल

अखिल नेपाल प्रगतिशिल जनस्वास्थ्यकर्मी महासंघको अध्यक्षमा डा.शर्मा

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७४ चैत्र २८ गते, बुधबार ०२:१५

२८ चैत, काठमाडौं प्रतिनिधि सभा सांसद एवम् माओवादी केन्द स्वास्थ्य विभागकी ईन्चार्ज अन्जना बिशंखेले अखिल नेपाल प्रगतिशिल जनस्वास्थ्यकर्मी महासंघ विचारसहितको संगठन भएको दाबी गरेकी छन् ।
मंगलबार रिपोर्टर्स क्लब नेपालमा अखिल नेपाल प्रगतिशिल जनस्वास्थ्यकर्मी महासंघले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै बिशंखेले यस्तो दाबी गरेकी हुन ।
उनले भनिन्,‘जनताको जनजिवीका र औषधी उपलब्ध गराउनको लागि होस्, स्वास्थ्य बिमाको लागि होस्, यस संगठनले महत्वपूर्ण भूमिका खेल्दै आएको छ, नयाँ कार्यसमिति चलयन भएको छ, अबका दिनमा समृद्ध मुलुकको जनपक्षीय स्वास्थ्य नीति निर्माण गर्नमा समेत सहयोग गर्नेछ ।’
त्यस्तै कार्यक्रममा महासंघका नव–निर्वाचित अध्यक्ष कृष्णसागर शर्मा पौडेलले संविधानमा स्वास्थ्य क्षेत्रलाई मौलिक अधिकारका रुपमा समावेश गरेको भएपनि कार्यान्वयमा गतिशिलता नभएको टिप्पणी गरेका छन् ।
उनले भने,‘स्वास्थ्य क्षेत्रलाई मौलिक अधिकारको रुपमा समावेश गरिएपनि सबै नागरिकले उचित किसिमको स्वास्थ्य सेवा पाउन सकेका छैनन्, निःशुल्क औषधि वितरण, स्वास्थ्य बिमा सबै जनतासामु पुर्याउनको लागि विगतमा हामीले संगठनको तर्फबाट महत्वपूर्ण भूमिका खेलेका थियौ, अब उक्त अधिकारलाई कार्यान्वयन गर्नको लागि महासंघले काम गर्नेछ ।’
अध्यक्ष शर्माले अघि थपे,‘जनस्वास्थ्यका सबै क्षेत्रमा कार्यरत स्वास्थ्यकर्मीहरुको सेवा सुविधा तथा अधिकारलाई संरक्षण गर्दै उनीहरुको व्यवसायीक सिप क्षमता तथा दक्षतालाई अध्ययन अनुसन्धान सहित थप समृद्ध बनाउँदै जनतासँगको सम्बन्धलाई प्रगाढ बनाउने, स्वास्थ्य क्षेत्रमा देखिए विकृति, विसंगतीको अन्त्य गर्न र ठेक्काप्रथाको अन्त्य गर्न, वीपि कोईराला मेमोरियल क्यान्सर अस्पतालमा कर्मचारीको हकहित विरोधी नियमावली संशोधन सहित पद पूर्तिमा देखिएको व्यापक अनियमिता बिरुद्ध हाम्रो महासंघ लागि पर्नेछ र तत्काल यस्ता विकृतिको अन्त्य नगरिए आवश्यकता अनुसार कडा आन्दोलनमा उत्रिने जानकारी गराउँद छु।’
कार्यक्रममा महासंघका महासचिव दलबहादुर जिसीले प्रेश विज्ञप्ती वाचन गरेका थिए ।
माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको प्रमुख आतिथ्य एवम् शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणी पोखरेलको विशिष्ट आतिथ्यमा चैत २४ गते राजधानीमा सम्पन्न राष्ट्रिय एकता भेलाले डा.कृष्ण सागर शर्मा पौडेलको अध्यक्षतामा ४५ सदस्यीय पदाधिकारी सहित २९९ सदस्यीय केन्द्रीय समिति निर्वाचित गरेको छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु