पूर्वराष्ट्रपति भण्डारीद्वारा अरुणोदय स्मारिका लोकार्पणजलविद्युतको शेयरमार्फत विपन्न नागरिकको जीवनस्तर उकास्न सरोकारवालासँग उर्जामन्त्रीको छलफलसाउथवेस्टर्नको विज्ञान प्रदर्शनी सम्पन्न :२० हजार द्धारा अवलोकनएभरेस्ट बेस क्याम्पमा ग्यास्ट्रोनोमी कार्यक्रम २०२५ हुनेआज माघ २५ गते शुक्रबार : कस्तो रहला तपाईंको दिन ? हेर्नुहोस् राशिफलबससेवा डटकमले भ्यालेन्टाइन डेको अवसरमा छुट अफर सुरुबुढिगण्डकी हाईड्रोपावरमा राष्ट्रिय वाणिज्य बैंकले लगानी गर्ने,मिस एण्ड मिसेस व्यूटिफुल नेपाल यस वर्ष पनि हुनेसाउथवेस्टर्नमा १३ औं विज्ञान प्रदर्शनीकोशी प्रदेशको उर्जा र सिंचाईको विकासका लागि कोशी प्रदेशका सांसदसँग उर्जामन्त्रीको छलफल

डीआईजी रमेश खरेलले राजीनामा दिए

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७४ चैत्र २९ गते, बिहीबार ०६:३३

काठमाडौं-नेपाल प्रहरीको महानिरीक्षक पदको दावेदार डिआईजी रमेश खरेलले पदबाट राजीनामा दिएका छन् ।सरकारले सहब्याची सर्वेन्द्र खनाललाई महानिरीक्षक (आईजीपी) बनाएपछि असन्तुष्ट खरेलले बुधबार दिउँसो राजीनामा दिएका हुन् ।राजीनामा दिनुअघि  कुरा गर्दै खरेलले भनेका थिए, ‘म ह्युमिलेट (अपमानित) भएर काम गर्दिनँ, आज ११ बजे राजीनामा दिन्छु ।’खरेलले आफू आईजीपी बन्ने उद्देश्यअनुसार प्रहरी सेवामा लागे पनि सरकारले पद्धति मिचेर त्यसलाई रोकिदिएको गुनासो गरे ।

‘म आईजीपी बन्ने मिसनअनुसार लागेको थिएँ । तर अब ह्युमिलेट भएर काम गर्न सकिँदैन ।’उनले मुद्दा मामिला नगर्ने र बाहिरै बसेर प्रहरीलाई सघाउने पनि बताए ।मंगलबार बसेको मन्त्रिपरिषद बैठकले नेपाल प्रहरीको आईजीपीमा सर्वेन्द्र खनाल र सशस्त्र प्रहरीको आईजीपीमा शैलेन्द्र खनाललाई नियुक्त गरेको थियो ।नवनियुक्त प्रहरी महानिरीक्षक खनालले भने खरेललाई राजीनामा नदिन बरु मिलेर काम गर्न आग्रह गरेका छन् ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु