भू-उपग्रह प्रविधिको प्रयोगमार्फत नेपालको कृषि क्षेत्रको पहिचान गर्न सम्झौतागरिमा र रञ्जनको रोमान्सले भरिएको 'के गरौं भन तिम्रो हुनलाई' सार्वजनिक ( भिडियो )कफी क्लब च्यारिटी फुटसल शनिबारUnmissable' Pre-Budget Offer in Deepal EVs with Unmatched Style, Unrivalled Featuresव्यवहार परिवर्तनका लागि महिलाहरुलाई ‘हेफर आधारशिला’ तालिमउत्पादन बढाउन आधुनिक खोर निर्माणमा जोड दिँदै वालिङ ।कहिँ कतै हराएँ भने भेट्न आउनु सपनीमा आभास हुन्छ घरि घरि, छौँ एकै सिरानीमाकाठमाडौँ जेसीजद्वारा पात्रो विमोचन तथा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्नतेक्वान्दो टोली जापान जाँदैसमृद्ध मुलुक निर्माणमा इन्जिनीयरको महत्वपूर्ण भूमिका : उर्जामन्त्री खड्का

साधना लघुवित्त वित्तीय संस्था लिमिटेडले आज आफनो प्रथम वार्षिक साधारण सम्पन्न

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७४ चैत्र ३० गते, शुक्रबार १२:५०

गोरखा । साधना लघुवित्त वित्तीय संस्था लिमिटेडले आज आफनो प्रथम वार्षिक साधारण सम्पन्न गरेको छ ।
जिल्ला गोरखा नगरपालिका वडा नं ६ हरमटारीमा केन्द्रिय कार्यालय रहेको उक्त संस्थाको प्रथम साधारण सभाले एक कित्ता बरावर एक कित्ता ९१ः १० हकप्रद शेयर जारी गर्ने विशेष प्रस्ताव समेत पारित गरेको छ ।
हकप्रद शेयर जारी पछि वित्तीय संस्थाको अधिकृत पूँजी रु १० करोड, चुक्ता पूँजी रु ४ करोड नब्वे लाख र जारी पूँजी ७ करोड पुग्ने छ ।

त्यस्तै साधारण सभाले कृष्ण बहादुर थापाको अध्यक्षतामा नयाँ सञ्चालक समिति समेत निर्विरोध निर्वाचित गरेको छ । जसको संचालकमा राधा कृष्ण भण्डारी, रमेश सापकोटा दिनेश थकाली रहेका छन् भने सोहि दिनको संचालक समितीको बैठकले अर्जुन कुमार सिँहलाई सञ्चालकमा मनोनयन गरेको छ ।

साधारण सभामा वित्तीय संस्थाको अध्यक्ष कृष्ण बहादुर थापाले वित्तीय क्षेत्रमा नविनतम अवधारणाको विकास गरी नमुना लघुवित्तको रुपमा स्थापित गर्ने सोचका साथ अघि बढेको र अहिले वित्तीय संस्थाहरु नाफामुखि र बजार केन्द्रित भएको परिपे्रक्षमा यस वित्तीय संस्थाले ग्रामिण दुरदराजमा गई वित्तीय कारोवारका साथै सामाजिक कार्य पनि गर्दै आएको बताउनु भयो । साधारण सभालाई सम्वोधन गर्नुहुदै नेपाल राष्ट्र बैंकका निर्देशक राजन बिक्रम थापाले जोखिम न्यूनिकरण र शेयर धनिलाई सक्रिय हुन आग्रहगर्दै नाफा भन्दा वित्तीय पहुँच विस्तार गर्न अनुरोध गर्नु भएको थियो ।

त्यस्तै संस्थापक शेयरधनी विश्व जय पुडासैनीले निर्वाचित सञ्चालक समितीलाई सफल कार्यकालको शुभकामना ब्यक्त गर्नु भएको थियो । यस वित्तीय संस्थाले ग्रामिण क्षेत्रमा विपन्न वर्गको आर्थिक, सामाजिक रुपान्तरणमा महत्वपूर्ण भमिका खेल्दै आएको बताउनु भयो । उहाँले हालसम्म वित्तीय संस्थाले १५ वटा शाखा कार्यालय मार्फत ६ हजार ५ सय भन्दा बढि सदस्यहरुलाई समुहमा आबद्द गराई ३ हजार ऋणी सदस्य बाट रु २८ करोड कर्जा लगानी गरेको र ३ करोड ५० लाख असुली भएको जानकारी गराउदै वित्तीय संस्थाले आगामी दिनमा ग्रामिण क्षेत्रहरुमा थप शाखा विस्तार गर्ने लक्ष्य रहेको प्रमुख कार्यकारी अधिकृत रेशम न्यौपानेले बताउनु भयो ।

वित्तीय संस्थाका अध्यक्ष कृष्ण बहादुर थापाको अध्यक्षतामा सम्पन्न वार्षिक साधारण सभाको सञ्चालन वित्तीय संस्थाकी वरिष्ठ प्रवन्धक सरिता ढकालले गर्नु भएको थियो

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु