महामति प्राणनाथजी प्राकट्रय चतुर्थ महोत्सव काठमाण्डौमा शुरु । (फोटो फिचर )

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७५ बैशाख ७ गते, शुक्रबार १३:२६

वैशाख ७, काठमाण्डौ । आज काठमाण्डौमा महामति प्राणनाथजी प्राकट्रय चतुर्थ महोत्सव श्रीकृष्ण प्रणामी मन्दिर परिसर कागेश्वरी मनहरा नगरपालिका वडा नं ८ मा शुरु भएको छ । । यो महोत्सव आज देखि वैशाख १३ गते गतेसम्म निरन्तर रहने भएको छ ।
आज सो महोत्सवको १०८ महाराज कृष्णमणि महाराज र अर्थमन्त्री डा. युवराज खतिवडाले संयुक्त रुपमा उद्घाटन गर्नु भएको थियो ।


सो उद्घाटन कार्यक्रममा बोल्दै कृष्णमणि महाराजले आज भन्दा चार सय वर्ष अघि महामति प्राणनाथजीको ठुलो तपस्या र त्यागले यो सेवा धर्म यहाँसम्म आई पुगेको बताउनु भयो । सो समयमा मुगल सम्राट औरड.जेवले अरु हिन्दु धर्मलाई आक्रमण गरेको बेला महामति प्राणनाथले आफनो जीवनको बाजी लगाई मुगल सम्राट औरड.जेवललाई अनुनय गरि धर्मको नाममा आक्रमण र शोसन बन्द गर्न आग्रह गरे बमोजिम यो सम्प्रदाय जोगिएको बताउनु भयो ।


सोहि कार्यक्रममा बोल्दै प्रमुख अतिथी अर्थमन्त्री डा. युवराज खतिवडाले धर्मपालन गर्ने काम अति गारो भएको बताउँदै धार्मिक संस्थाहरु सरकारका सहयोगी कसरी बन्न सक्छन त्यसमा पनि सरकारले ध्यान पर्ने बताउनु भयो । मन्त्री खतिवडाले शिक्षा र सडक बाटोको नाममा धर्म परिवर्तन गर्नेहरुलाई सरकारले कडाई गर्ने समेत बताउनु भयो । यस विषयमा नेपालमा रहेको दातृ निकायहरुलाइृ पनि अनुरनेध गरेको समेत उहाँले बताउनु भयो ।
यसैगरी कार्यक्रममा नेकपा एमाले प्रतिनिध सभा सदस्य कृण्ण राई , काठमाण्डौको कागेश्वरी मनहरा नगरपालिकामा प्रमुख कृष्ण हरि थापाले महोत्सवको सफलताको कामना सहित शुभकामना दिनु भएको थियो ।


कार्यक्रममा अर्थमन्त्री डा. युवराज खतिवडालाई नेपालको अर्थतन्त्र तन्त्रमा विशेष सहयोग पुन्याएको अवसरमा १०८ महाराज कृष्ण मणि महाराजले अभिनन्दन गर्नु भएको थियो ।
यसैगरी महोत्सवलाई सफल पार्न सहयोग गरे वापत श्रीकृष्ण प्रणमी सेवा समितिका अध्यक्ष मदन शर्मा लगायत महानुभावलाई पनि १०८ महारज कृष्णमणि महाराज सम्मान गर्नु भएको थियो ।
कार्यक्रममा श्रीकृष्ण प्रणमी सेवा समितिद्धारा प्रकाशित महमति श्री प्राणनाथजी प्राकट्य चतुर्थ शताब्दी महोत्सव —२०७५ को स्मारिका पनि विमोचन गरिएको थियो भने श्री कृष्ण मिडिया नेटवर्क प्रा.लि.द्धारा संचालित दिव्य दर्शन टेलिभिजनको विशेष अतिथी कृष्णमणि महाराजले उदघाटन् गर्नु भएको थियो ।

महोत्सवकै अवसरमा महामति प्राणनाथजी प्राकट्र्रय चतुर्थ महोत्सवको अवसरमा कृष्ण मन्दिर परिसरमा चार सय जना बह्मा मुनिद्धारा सारतम सागर पाठ पारायण भई रहेको र यो क्रम आज देखि वैशाख १३ गतेसम्म निरन्तर रहने भएको छ । यसैगरी महोत्सवको अवधिभर निशुल्क स्वास्थ्य शिवर संगै रक्तदानको कार्यक्रम पनि भई रहेको छ ।
े महोत्सवमा भारत, बेलायत ,अष्ट्रेलिया बाट पनि प्रतिनिधिहरु आएका छन ।
कार्यक्रममा निजानन्द आश्रममा रहेका स—साना बालवालिकाहरुले नृत्य प्रस्तुत गरेका थिए ।


भजन र प्रवचनको क्रम महोत्सव अवधिभर निरन्तर रहने श्रीकृष्ण प्रणमी सेवा समिति नेपालले जनाएको छ ।
विशेष गरि सेवा धर्ममा समर्पित श्रीकृण प्रणमी सेवा समितिका हाल नेपालका ४६ जिललामा शाखाहरु रहेको छन ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु