तामाङ सोसाइटी अफ अमेरिकको अध्यक्षमा भिजिनरी व्यक्तित्व बुद्धि मान तामाङ निर्वाचितकराते महासंघको नेतृत्वमा लामादोस्रो श्री नाथेश्वर आइ एफ के राष्ट्रिय फुल कन्ट्याक्ट कराँते प्रतियोगिता २०७९ सम्पन्नउत्पीडितहरूले आफ्नो असली प्रतिनिधि चिन्नुपर्छ : प्रधानमन्त्रीगोरखा सेवा समाज कतारको १२औँ साधारणसभा सम्पन्नप्रधानमन्त्री दाहालद्वारा कराते महाधिवेसनको उद्घाटनआज चैत १२ गते आइतबारको दिन तपाईंको कस्तो छ ? हेर्नुस् राशिफलबालपोषणको अवस्था, चुनौती र सरोकारवालाको भुमिका तथा बालपोषणको अवस्था पुस्तिका सार्वजनिकटोखा नगरपालिकास्तरिय कस्यप गोत्रीय अधिकारी समाज गठनविभिन्न पार्टी परित्याग गरी नेता कार्यकर्ता विप्लव नेतृत्वको नेकपा प्रवेश

ह्वीलचेयर क्रिकेट संघलाई नाई संघद्वारा पोशाक वितरण

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७५ बैशाख ११, मंगलवार १३:३७

 

 

ह्वीलचेयर क्रिकेट संघलाई नाई संघद्वारा पोशाक वितरण

काठमाडौं, ९ चैत । ह्वीलचेयर क्रिकेट संघ नेपाललाई संयुक्त नाई श्रमिक व्यवसाय संघले पोशाक वितरण गरेको छ । भारतको कलकत्तामा आगामी बुधबारदेखि हुन लागेको त्रिदेशीय टी–२० क्रिकेट प्रतियोगितामा सहभागी हुन आज क्रिकेट टोली भारत प्रस्थान गर्दैछ ।

आइतबार मधेश मिडिया हाउसमा नाई संघले पोशाक वितरण तथा विदाई कार्यक्रमको आयोजना गरी क्रिकेट संघका खेलाडीलगायत २१ सहयोगीहरुलाई पोशाक वितरण गरेको हो ।

ह्वीलचेयर क्रिकेट संघका कप्तान रामप्रसाद खरेलले कार्यक्रममा सम्बोधन गर्दै आफूहरुले पाउनुपर्ने सहयोग अन्य कहींबाट पनि नपाइरहेको अवस्थामा नाई संघले गरेको यो सहयोगले आफूहरुको मनोवल बढेको बताए ।

कार्यक्रममा नाई संघका पदाधिकारीहरुले क्रिकेट टोलीलाई जितेर नेपालको नाम अन्तर्राष्ट्रिय जगतमा चिनाउने आशाका साथ बधाई दिँदै बिदाई गरेका थिए ।

नेपाल नाई टे«ड युनियनका केन्द्रीय अध्यक्ष गजेन्द्र ठाकुरले, ‘खेलाडीहरु उच्च मनोवलका साथ खेल जितेर आउनुस् हामी अझ पनि आगामी दिनमा सहयोग गर्नेछौं ।’ भने ।

उनले आफूहरुले सकेसम्म ह्वीलचेयर क्रिकेट संघलाई निरन्तर सहयोग गर्दै खिलाडीहरुको मनोबल बढाउने प्रतिबद्धतासमेत व्यक्त गरेका छन् ।

यस्तै, कार्यक्रममा संयुक्त नाई श्रमिक व्यवसाय संघका अध्यक्ष बबलु ठाकुर, ओबीसीका महासचिव विन्देश्वरी लाल ठाकुर, केन्द्रीय सचिव रजनिशकान्त प्रसाद कुशवाहा, विद्यार्थी संघका अध्यक्ष प्रकाशमणि राउत, युथ रेजिमेन्टका अध्यक्ष ओमप्रकाश ठाकुर, संयुक्त नाई श्रमिक व्यवसाय संघका काठमाडौं जिल्ला अध्यक्ष गंगा ठाकुरलगायतले क्रिकेट टोलीलाई सफलताको कामना गरेका थिए ।

क्रिकेट संघका रामप्रसाद खरेल (कप्तान), हेम गुरुङ्ग (उपकप्तान), प्रदीप रिजाल, ललनकुमार चौरसिया, लक्ष्मीप्रसाद अधिकारी, सोम सुनुवार, डम्बर बहादुर मगर, राम बहादुर कुँवर, राम मगर, इन्द्रसिंह डिसी, सुमन बराल, रमेश राउत, रुपेश वाइबा र मनोज थापालाई नाई संघले पोशाक वितरण गरेको थियो । सो टोलीमा प्रशिक्षक प्रकाश विष्ट, व्यवस्थापक छुल्टिम शेर्पा र फिजियो अन्जना श्रेष्ठ मास्के समेत रहेका छन् ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु