हेर्नुस् आज फाल्गुण २२गते मंगलबारको राशिफलनेपाल हेभी इक्विपमेन्ट व्यवसायी संघ काठमाडौमा  महेश कुँवरको नेतृत्वविकास शिल्ड उपाधि पुरुषतर्फ सशस्त्र प्रहरी बल एपीएफ र महिलातर्फ सुदुरपश्चिम प्रदेशलाईमधेशी एकता समाजको होली समारोह धुमधाम र भव्यताका साथ दुबईमा सम्पन्नHONOR Wins 45 Media Awards at MWC 2024नयाँ गठबन्धन निर्माणसँगै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले तीन जना मन्त्री नियुक्तनेपाल मेडिकल कलेजमा श्रवण सम्बन्धी निःशुल्क स्वास्थ्य जाँचलक्ष्मी ग्रुपका अध्यक्ष श्रेष्ठलाई ‘कर्पोरेट लाइफटाइम अचिभमेन्ट अवार्ड’, को हुन् उनी ?राष्ट्रिय सभाका निर्वाचित १९ सदस्यले आज शपथग्रहण गर्दैविकास शिल्ड राष्ट्रिय ह्वीलचियर बास्केटबल च्याम्पियनसिपः सुदुरपश्चिम र लुम्बीनी फाइनलमा प्रवेश

अपाङ्गता भएका व्यक्तिहरुलाई ह्विलचेयर, सेतो छडी र बैशाखी वितरण

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७५ बैशाख १४ गते, शुक्रबार १४:०१

काठमाडौं, । युवा अपाङ्ग संगठन नेपालले अपाङ्गता भएका व्यक्तिहरुलाई सहयोग सामग्री वितरण गरेको छ ।
सहायक सामग्री वितरण गोकर्णेश्वर नगरपालिका वडा नं ६ का वडा अध्यक्ष रमेश अर्यालको प्रमुख आतिथ्यतामा भएको थियो ।

कार्यक्रममा बोल्दै अर्यालले अपाङ्गता भएका व्यक्तिहरुको हकहितका पक्षमा कार्य गर्न वडा सदा तत्पर रहेको धारणा व्यक्त गर्नु भयो । कार्यक्रमलाई गोकर्णेश्वर नगरपालिका वडा नं ५ का वडा सदस्य नवराज लामा, बौद्ध प्रहरी वृतका प्रहरी निरीक्षक केशव बस्नेत, नेपाल अपाङ्ग संघका महासचिव यज्ञ प्रसाद उप्रेती, समाजसेवी एवम सहयोग सामग्री दाता किन्जो ओमु लामा, मिंगमार लामा लगायतले सम्बोधन गर्नु भएको थियो ।

कार्यक्रममा अपाङ्गता भएका व्यक्तिहरुलाई ह्विलचेयर, सेतो छडी र बैशाखी वितरण गरिएको थियो । कार्यक्रम संस्थाका अध्यक्ष प्रकाश श्रेष्ठको अध्यक्षतामा भएको थियो ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु