ज्ञान ज्योति विद्यालयमा पशु कल्याण सचेतना कार्यक्रम सम्पन्ननेपाल प्रहरीको ३१औं महानिरीक्षक (आईजी) मा दीपक थापा नियुक्तयस्तो छ तपाईको आज मंगलबारको राशिफल, आज यी राशिका व्यक्ति हुनेछन् आज लाभान्वितयलम्बर राष्ट्रव्यापी खुला ब्याडमिन्टन क्षितिज र नितालाई उपाधिपोखरा कप राष्ट्रिय ह्यान्डबल ः लिगचरण सकियो, भोलि सेमीफाइनलसंगै उपाधि भिडन्त५२ लाख पुरस्कारको १७औं धर्मश्री को तयारी पूरातामाङ सोसाइटी अफ अमेरिकाको अध्यक्ष पदमा तुल बहादुर तामाङ निर्वाचितस्थानीय तह कर्मचारी संघ, नेपालको सचिवालय बैठक सम्पन्न, उपहार पनि बाँडियोनेपाल तामाङ घेदुङ साइप्रसको चौंथो अधिवेशन सम्पन्ननृत्य नेपाली पारा’ को पहिलो संस्करणमा रिदिमा र उपासना विजयी

मनमुरि कृषि सहकारी संस्था बाट नयाँ वर्ष २०७५ को शुभकामना आदानप्रदान

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७५ बैशाख १५ गते, शनिबार ०१:३९

वैशाख १५, काठमाण्डौ ।

मनमुरि कृषि सहकारी संस्था बाट नयाँ वर्ष २०७५ को शुभकामना आदानप्रदान तथा कृषि उपज  संचालन बजार मा होम ,रुद्री गरि प्रसाद ग्रहण  कार्यक्रम  सम्पन्न                                                       काठमाडौ बैशाख १४ मनमुरि कृषि सहकारी मनहरा  ८ गोठाटार को कृषि उपज वजार निर्माण गरि मिति २०७४।९।२८ गते वाट संचालनमा आएको  सो वजार स्थल मा नयाँ साल २०७५को शुभकामना आदन प्रदान तथा  होम ,रुद्री गरि प्रसाद ग्रहण गर्ने कार्यक्रम आयोजना  गरिएको मा कागेश्वरी मनोहरा नगरपालिकाको उप मेयर विन्दु सिङखडा को प्रमुख आतिथ्यतामा उक्त महिला संस्थाका अध्यक्ष श्री जयकला वस्नेतको सभापतित्वमा र सचिव ताराकुमारी  खत्री बाट संचालन गरिएको थियो ।उक्त शुभकामना आदानप्रदान कार्यक्रममा  डम्बर  बस्नेत ,शिव अधिकारी ,रामलाल श्रेष्ठ ,बिजय कुमार  ढकाल ,रूदचापागाईं,कृष्ण अधिकारी ,बिश्व नाथ दहाल ,पुस्पा  शाही  लगाएत  अन्य वक्ताहरुले महिला द्धारा संचालित यस मनमुरी कृषि सहकारी संस्थावाट आफनै
श्रोतवाट कृषि वजार स्थापना गरि संचालनमा ल्याएकोमा राज्यबाट हुनुपर्ने काम सहकारी वाट भएकोमा आगामी दिनहरुमा अन्य सहकारी संस्थाले सिखो गर्नु पर्ने उल्लेख गदै सहकारीको सफलताको शुभकामना दिनु भयो ।
उपयुक्त प्रविधि कृषि प्रसार सेवा , संचार सेवा सुविधाहरुको उपलव्धता र वढदो शहरिकरणले गर्दा निर्वाहमुखि कृषि प्रणाली वाट व्यवसायिक खेति तर्फ उन्मुख हूदै आएको छ ।व्यवस्थित नम्ना कृषि वजार को परिकल्पना गर्दै कृषक तथा उपभोक्ताको हितको लागि  यस मनमुरी कृषि सहकारी संस्था लिमिटेड काठमाण्डौ जिल्ला कागेश्वरी मनोहरा  नगरपालिका वार्ड नं ८स्थित २०७०।८।११मा विधिवत स्थापना भएको थियोे । महिलासदस्यहरुद्धारा संचालीत यस संस्थाले प्रारम्भिक चरणमा सहकारीमा रहेका १७.रोपनी जग्गा कृषियोग्य भुमिलाई संस्थागत एकीकृत  गर्ने  श्रमिक तथा भुमिहिन कृषकहरुलाई खेति गर्नभुमिको व्यवस्था गरि सदस्यहरुलाई प्रत्यक्षत सलग्न गराई सामुहिक तथा व्यतिगतरुपमा खेतिगर्न रकम उपलव्ध गराई  सहकारी खेति अवलम्वन गरि आधुनिकिकरण एवं व्यवसायिकरण गर्ने लक्ष्य लिएको छ ।यस संस्थाले आफनो कार्यक्रम मार्फत संगठित भई  आफना सदस्य तथा नगरवासिहरुलाई सस्तो र सुलभ मूल्यमा  स्वस्थ वस्तुहरुको समेत वढदो विषादीहरुको प्रयोगवाट हुने खतरालाई मध्य नजर राख्दै सुरक्षित वस्तुको उत्पादन गर्दै  जनताको स्वास्थ को ख्याल गर्दे  विक्री वितरण तथा वजार प्रवद्र्धन गर्न कार्य समेत गर्ने लक्ष्य लिएको छ ।महिला सहकारीसंस्था द्धारा स्थापना गरिएको विना अनुदानमा  कृषि वजार संचालन गरिएको संस्था नेपालको पहिलो हो ।यस संस्थाकोस्थापना कालदेखिनै यसका सदस्य लगायत स्थानीय कृषकहरुलाई तरकारी तथा अन्य कृषि उुत्पादन कार्यमा सहयोग गदै आएको छ ।कृषि उत्पादनमा आएको सुधारले सहकारीमा आवद्ध कृषकहरुले घरायसी उत्पादनको साथसाथै अन्य सदस्यहरुले व्यवसायिक रुपमा तरकारी खेति गरि आफनो उत्पादन सहकारी मार्फत वजारमा विक्री गरि आफनो आम्दानी वढाउन सक्षम  भएको छ ।उत्पादनको लागि रकम र वजार सुधार तथा निर्माणको लागि रकमको अभावको कारणले गर्दा सहकारी संस्थाले गतिलिन सकिरहेको अवस्था छैन तसर्थ  कृषकहरुको हितमा कार्यगर्न अभिप्ररेत यस संस्थालाई अनुदानको अति खांचो भएको र उपलव्ध भएमा अझ यस संस्थाले सहकारीको लक्ष्य अनुसार सहकारी का सदस्य लगायत आम जनताहरुलाई सामाजिक तथा आर्थिक लाभको लागि  तरकारी तथा दैनिक उपभोग्य वस्तुहरुउचित मुल्यमा उपलव्ध गराइउन कृषक वर्ग तथा  र आम जनतालाई सेवा प्रदान गर्ने  लक्ष्य लिएको अध्यक्ष  जयकला बस्नेत  ले जानकारी  दिनु भयो ।
फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु