तामाङ सोसाइटी अफ अमेरिकको अध्यक्षमा भिजिनरी व्यक्तित्व बुद्धि मान तामाङ निर्वाचितकराते महासंघको नेतृत्वमा लामादोस्रो श्री नाथेश्वर आइ एफ के राष्ट्रिय फुल कन्ट्याक्ट कराँते प्रतियोगिता २०७९ सम्पन्नउत्पीडितहरूले आफ्नो असली प्रतिनिधि चिन्नुपर्छ : प्रधानमन्त्रीगोरखा सेवा समाज कतारको १२औँ साधारणसभा सम्पन्नप्रधानमन्त्री दाहालद्वारा कराते महाधिवेसनको उद्घाटनआज चैत १२ गते आइतबारको दिन तपाईंको कस्तो छ ? हेर्नुस् राशिफलबालपोषणको अवस्था, चुनौती र सरोकारवालाको भुमिका तथा बालपोषणको अवस्था पुस्तिका सार्वजनिकटोखा नगरपालिकास्तरिय कस्यप गोत्रीय अधिकारी समाज गठनविभिन्न पार्टी परित्याग गरी नेता कार्यकर्ता विप्लव नेतृत्वको नेकपा प्रवेश

१० लाख नगदसहित हुन्डी कारोबारी पक्राउ

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७५ बैशाख २३, आईतवार ०६:२४

२३ वैशाख, काठमाडौं । हुन्डी कारोबारमा संलग्न एक व्यक्तिलाई प्रहरीले नगद १० लाख ४० हजार रुपैयाँसहित शुक्रबार पक्राउ गरेको छ ।

महानगरीय प्रहरी वृत्त जनसेवाबाट खटिएको विशेष टोलीले झापा शिवगञ्ज गाउँपालिका– २ का २४ वर्षीय विपीन उप्रेतीलाई शुक्रबार पक्राउ गरेको हो ।

शंकास्पद रुपमा झोला बोकी हिँडिरहेको अवस्थामा चेकजाँच गर्दा उप्रेतीले हुन्डी कारोबार गरेको खुलेपछि नियन्त्रणमा लिइएको महानगरीय प्रहरी परिसर, काठमाडौंका प्रवक्ता प्रहरी नायब उपरीक्षक मोहनकुमार थापाले जानकारी दिए ।

प्रारम्भिक अनुसन्धानका क्रममा मुख्य कारोबारी रमेश सिबाकोटी रहेको र ३३ लाख लाख रुपैयाँसम्म कारोबार भएको खुलेको प्रहरीले जनाएको छ ।

महानगरीय प्रहरी वृत्त जनसेवामा राखिएका उप्रेतीमाथि अहिले प्रहरीले अनुसन्धान गरिरहेको छ ।

साभार #Onlinekhaber

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु