नेपाल प्रहरीको ३१औं महानिरीक्षक (आईजी) मा दीपक थापा नियुक्तयस्तो छ तपाईको आज मंगलबारको राशिफल, आज यी राशिका व्यक्ति हुनेछन् आज लाभान्वितयलम्बर राष्ट्रव्यापी खुला ब्याडमिन्टन क्षितिज र नितालाई उपाधिपोखरा कप राष्ट्रिय ह्यान्डबल ः लिगचरण सकियो, भोलि सेमीफाइनलसंगै उपाधि भिडन्त५२ लाख पुरस्कारको १७औं धर्मश्री को तयारी पूरातामाङ सोसाइटी अफ अमेरिकाको अध्यक्ष पदमा तुल बहादुर तामाङ निर्वाचितस्थानीय तह कर्मचारी संघ, नेपालको सचिवालय बैठक सम्पन्न, उपहार पनि बाँडियोनेपाल तामाङ घेदुङ साइप्रसको चौंथो अधिवेशन सम्पन्ननृत्य नेपाली पारा’ को पहिलो संस्करणमा रिदिमा र उपासना विजयीमिसन–२०२६ खेलकुद अभियान हो’’– घिसिङ

महिलाको पेटबाट निकालियो ६० किलोको डल्लो

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७५ बैशाख २३ गते, आईतवार १०:५९

धेरै महिलाहरु हुन्छन् जसको जिउको जम्माजम्मी वजन पनि ६० किलो हुँदैन । तर एकजना महिलाको भने पेटबाटै ६० किलो वजनको मासुको डल्लो निकालिएको छ ।

५ घण्टाको गहन शल्यक्रिया पश्चात् २५ जना डाक्टरको समूहले एकजना महिलाको पेटबाट झण्डै ६० किलो तौलको ट्युमर निकाल्न सफल भएका हुन् ।

कुनैपनि मानिसको जिउबाट शल्यक्रिया गरी निकालिएको यो अहिलेसम्मकै ठूलो ट्युमर रहेको बताइएको छ ।

उक्त शल्यक्रिया गत फेब्रुअरीमा अमेरिकाको कनेक्टिकटस्थित डेनबरी अस्प्तालमा भएको हो । पेटभित्र त्यति तिव्र गतिमा त्यतिठूलो ट्युमर कसरी पैदा भयो भन्ने विषयमा अनुसन्धानमा जुजिटरहेका छन् अहिले डाक्टरहरु । दुई महिनाको अवधिमा ती महिलाको तौल निकै तिव्र गतिमा बढेको र पेट पनि अस्वभाविक रुपमा बढ्दै गएपछि ती महिला उपचारका लागि पुगेकी थिइन् । उनको पेटमा उक्त ट्युमर प्रतिहप्ता ५ किलोका दरले बढिरहेको थियो । शल्यक्रिया पश्चात झण्डै दुई हप्ता ती महिलालाई अस्पतालमै राखेर उपचार गरिएको थियो र त्यसपछि डिस्चार्ज गरियो ।

बिहिबार मात्र अस्पतालले उक्त सफल शल्यक्रियाका विषयमा जानकारी गराएको छ ।

उक्त ट्युमर महिलाको अण्डासयमा पलाएको थियो । तर त्यसले पेटको सबै भाग ओगटेर मुटु लगायतका अंगलाई पनि असर पार्न थालेको थियो । ट्युमले आन्द्रा थिचेपछि उनले राम्रोसँग खान पनि पाएकी थिइनन् र कुपोषित बन्दै गएकी थिइन् ।

शल्यक्रियासँगै महिलाको बायाँ अण्डासय पनि झिकेर फ्याँकिएको छ र ट्युमरका कारण बढेको पेटको केही छाला पनि फ्याँकिएको छ ।

एजेन्सी

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु