डिस्ट्रिक्ट गभर्नरको आधिकारिक क्लब भ्रमणसँगै रोटरी क्लब अफ ज्ञानेश्वरले मनायो चौथो चार्टर समारोहअपर अरुणको काम चाँडो सुरु हुन्छ : उर्जामन्त्री खड्कादायित्व वोध हुनेगरी कार्यसम्पादन गर्न कर्मचारीलाई उर्जामन्त्री दीपक खड्काको निर्देशनआज भाद्र २५ गते मंगलबार कस्तो छ तपाईंको दिन ? हेर्नुस् राशिफलनेपालमा रॉयल एनफिल्ड हिमालयन ४५० को रोमाञ्चक परीक्षण अनुभवरिपोर्टर्स क्लब नेपालद्वारा एक लाख पुरस्कारसहित प्यारालम्पिकमा काश्य पदक विजेता पलेशा गोबर्धन सम्मानितसर्वोत्कृष्ट तिजगीत गायकको अवार्ड बिजेता मोतिराज खनालसंखुवासभाको स्रोत साधनको उच्चतम प्रयोग गरी आर्थिक विकास गरिने : उर्जामन्त्री खड्काअध्यक्ष श्रेष्ठ ओसीएको कार्यकारी सदस्यमा निर्वाचितनेपाली कांग्रेसद्वारा ऐतिहासिक पदक विजेता पलेशा सम्मानित

गर्भवती महिलालाई नगरपालिकाको आग्रह– गर्भ परीक्षण गराउनूस, अण्डा लैजानूस्

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७५ बैशाख २५ गते, मंगलवार ०४:०२

२५ वैशाख, स्याङ्जा । स्वास्थ्य संस्थामा आएर गर्भ जाँच गराउने महिलालाई जिल्लाको भिरकोट नगरपालिकाले अण्डा वितरण गर्न थालेको छ ।

गर्भवती महिलामा गर्भ रहेको सामान्यतयाः तीन महिनाको अवधिदेखि सुत्केरी नहुँदासम्मको अवधिका लागि दैनिक एउटाको दरले अण्डा वितरण गर्ने गरेको भिरकोट नगरपालिकाका नगर प्रमुख छायाराम खनालले बताए ।

‘गर्भवती महिला नियमित स्वास्थ्य संस्थामा आएर गर्भ परीक्षण गराउने बानीको विकास गराउने एउटा उद्देश्य हो’, नगर प्रमुख खनालले भने, ‘अर्कोतर्फ पौष्टिक आहाराको कमी हुनबाट बचाइ आमा र बच्चाको स्वास्थ्यमा विशेष ध्यान दिनु हाम्रो दायित्व ठानेर यो अभियान सञ्चालन गरेका हौँ ।’

गर्भवती महिलाले पहिलो परीक्षण अवधि तीन महिनादेखि प्रत्येक महिनामा जाँच गराउन आउँदा प्रत्येक पटक एक क्यारेट अण्डा स्वास्थ्य संस्थाबाटै तत्काल दिने व्यवस्था नगरपालिकाले मिलाएको छ ।

‘भिरकोट नगरपालिकाभित्रका गर्भवती महिलाले नगरभित्रकै स्वास्थ्य संस्था वा अन्य नगरका पायक पर्ने स्वास्थ्य संंस्थामा गएर गर्भ जाँच गराउन सक्नुहुन्छ’, नगर प्रमुख खनालले भने, ‘उहाँहरुले पायक पर्ने अर्को स्वास्थ्य संस्थामा गएर जाँच गराएको कार्ड लिएर आउनुभएमा पनि हामीले अण्डा प्रदान गर्दछौँ ।’

गर्भवती महिलाले पहिलोपटक गर्भ जाँच गराउने अवधि तीन महिनादेखि सुत्केरी हुँदासम्मको अवधिलाई पुग्ने गरी महिना÷महिनामा गर्भ जाँच गरेका आधारमा अण्डाको क्यारेट प्रदान गर्दै आइरहेको भिरकोट नगरपालिका वडा नं १ का अध्यक्ष एवं नगर प्रवक्ता दीपेन्द्र केसीले बताए । भिरकोट नगरपालिकामा हाल एउटा शहरी स्वास्थ्य क्लिनिक र नौवटा स्वास्थ्य चौकी रहेका छन् ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु