एनआरएनए उच्चस्तरीय समितिद्वारा राष्ट्रिय समन्वय परिषद्सँग बैठक आह्वानप्रेरणाका पात्र : मार्बल बोन डिजिज सर्भाइभर अनिल कुमार महर्जनझापा एफसीमा अल्हाजी गेरोको आगमन!नेसनल स्पोर्ट क्लाइम्बिङ च्याम्पियनसिपको तयारी पूरामहिला लघुवित्तको सातौं बार्षिक साधारणसभा सम्पन्नराष्ट्रिय जनपक्षीय चलचित्रकर्मी संघको अध्यक्षमा वरिष्ठ सञ्चारकर्मी एवं कलाकार वसन्तराज रिजालउद्योगमा लोडसेडिङ भए पनि घरायसी उपभोक्तालाई नियमित विद्युत आपूर्ति हुने : ऊर्जामन्त्रीएसइई परीक्षा आजदेखि देशभर सुरु, ५ लाखभन्दा बढी विद्यार्थी सहभागीFonepay द्वारा "Digi-Smart Nepal" अभियानSparrow SMS Celebrates 15 Years of Transforming Enterprise Messaging in Nepal

कलेजमा अध्ययनरत भावी सेफहरुको लागि प्रेरणा तथा ऊर्जा दिन सेफ आइकन इच्छुक कलेज लाई सहभागी हुन अपिल

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७५ बैशाख २७ गते, बिहीबार ०८:०९

काठमाडौ- नेपालमा पहिलो पल्ट हस्पिटालिटी म्यानेजमेन्ट अध्ययनरत विद्यार्थीहरुलाई टार्गेट गरेर कलेज सेफ आइकन कन्टेष्ट हुने भएको छ। सगतानी एक्जिमको प्रस्तुति तथा नेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठानसंगको सहकार्यमा स्नेहा ट्राभल्स मिडियाले यस कलेज सेफ आइकन गरिन लागेको हो। कलेज सेफ आइकन नेपाल २०१८ नामांकरण गरिएको यस कन्टेष्टमा बि.एच.एम तथा डि.एच.एम.मा अध्ययनरत विद्यार्थीहरु वीच नेपाली तथा विदेशी खाना बनाउने प्रतियोगिता हुने भएको काठमाडौमा आयोजित पत्रकार सम्मेलनमा बताइएको छ।

प्रतियोगिताको अडिसन यही आउने जेष्ठ १५ गतेवाट हुने र नेपाल टेलिभिजनमा त्यसको राष्ट्रिय प्रसारण जेष्ठ १९ गतेवाट प्रसारण हुने जनाइएको छ। नेपाल टेलिभिजनमा प्रत्येक हप्ताको शनिवार दिउंसो ३ बजेदेखि ४ बजेको समयभित्र कार्यक्रम प्रसारण हुने भएको छ। प्रतियोगिताको फाइनल एपिसोड २०७५ असार ३० गते प्रसारण हुने भएको छ। कुल ७ भागको एपिसोडमा २ एपिसोड अडिसन राउण्ड, १ एपिसोड राउण्ड र बीचका अन्य राउण्डहरु समेटिने बताइएको छ। कन्टेष्टमा नेपाली हेरिटेज खाना,आदिवासी खना, कन्टिनेन्टल तथा इटालियन खाना, इण्डियन खना, चाइनिज खानाहरु हुने छन्। सुरेशचन्द्र बस्नेत, सूर्यकिरण श्रेष्ठ, श्रीराम अधिकारी, लक्ष्मणप्रसाद भण्डारी,डा.संजय जम्मल, युवराज पोखरेल र कृष्णकाजी बस्नेत लयातका विशिष्ट सात सदस्यीय सेफहरु निर्णायक रहने भएको छ।

कार्यक्रम निर्देशन विनोद ओझावाट हुने भएको जनाइएको छ। कार्यक्रममा हिसान नेपालका रमेशकुमार सिलवालले सेफको भूमिका अत्यन्त महत्व रहेको र यस कन्टेष्टले कलेजमा अध्ययनरत भावी सेफहरुको लागि प्रेरणा तथा ऊर्जा हुने दावी गरेका छन्।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु