• काठमाडौं आइपुगे मोदी, परराष्ट्रमन्त्री ज्ञवालीको स्वागत

    न्यूजलाईन्स् मिडिया संवाददाता
    प्रकाशित मिति : २८ बैशाख २०७५, शुक्रबार ११:१७

    २७ वैशाख, काठमाडौं । नेपालको दुई दिने राजकीय भ्रमणमा रहेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी काठमाडौं आइपुगेका छन् ।

    जनकपुरबाट काठमाडौं आएका मोदीलाई त्रिभुवन विमानस्थलमा परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले स्वागत गरे ।

    मोदी शुक्रबार विहान पटनाबाट जनकपुर आएका थिए । त्यहाँ उनले जानकी मन्दिरमा पूजाअर्चना गरेका थिए । मोदीको नागरिक अभिनन्दन पनि गरिएको छ ।

    मोदी हायात होटलमा बस्नेछन् । साथै, सैनिक मञ्च टुँडिखेलमा गार्ड अफ अनर प्रदान गरिनेछ ।

    मोदीले आजै राष्ट्रपति र उपराष्ट्रपतिसँग शिष्टाचार भेटवार्ता गर्नेछन् भने नेपाली समकक्षी केपी शर्मा ओलीसँग साँझ द्वारिकाज होटलमा भेटवार्ता गर्नेछन् ।

    भेट लगतै दुई प्रधानमन्त्री मोदी र ओलीले अरुण तेस्रोका स्वीच थिचेर उद्घाटन गर्नेछन् ।

    साभार #onlinekhaber

     

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु