सरकारविरुद्ध कडा तर शान्तिपूर्ण ढंगले आन्दोलन गर्छौ- कांग्रेस

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७५ जेष्ठ ९ गते, बुधबार १०:००

काठमाडौं -नेपाल समाजवादी कांग्रेसले संघीयता, धर्म निरपेक्षता र भ्रष्टचारविरुद्ध आन्दोलनको घोषणा गरेको छ ।नेपाल समाजवादी कांग्रेसले सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गरी देशमा व्यापक भ्रष्टचार बढेको र त्यसका लागि आन्दोलन जरुरी भएको भन्दै आन्दोलनको घोषणा गरेको हो ।सो पार्टीका अध्यक्ष विमलप्रसाद यादवले राष्ट्रिय समृद्धिका लागि संवैधानिक प्रजातन्त्र र हिन्दुराज्यको स्थापना जरुरी भएकाले त्यसका लागि आन्दोलनको घोषणा गरिएको बताए ।उनले हाल देशमा बढ्दै गएको अराजकता र भ्रष्टचार रोक्न पनि आन्दोलन अपरिहार्य भइसकेको बताए ।

अध्यक्ष यादवले सरकार पछिल्लो समयमा दमनकारी बाटोमा लागेकाले यो सरकारबाट जनताले अधिकार पाउन नसक्ने बताए ।सो पत्रकार सम्मेलनमा सो पार्टीका महासचिव गोविन्द निरौलाले सरकारले शान्तिपूर्ण आन्दोलन गर्नसमेत रोकेको आरोप लगाए । उनले शान्तिपूर्(ा आन्दोलन गर्न खोज्दा आफ्नो पार्टी कार्यालयमा सरकारले धरपकड गरेकोमा आपक्ति जनाए ।म्हासचिव निरौलाले सरकार निरंकुसताको बाटोमा हिडेका कारण सरकारविरुद्ध एक भएर लाग्न अपिल गरे ।

‘यो सरकारले जनताका आधारभूत अधिकारको समेत ख्याल गरेन’ उनले भने, ‘अब हामी सरकारविरुद्ध कडा तर शान्तिपूर्ण ढंगले आन्दोलन गर्छौ । अब हामी चुप लागेर बस्दैनौं ।’सो पार्टीले बैशाख २८ मा भारतीय प्रधानमनत्री नरेन्द्र मोदी आउँदा मोदीको विरोधमा ५२ स्थानमा पर्चा वितरण गरेको थियो । त्यो लगत्तै प्रहरीले सो पार्टीको कार्यालयबाट केन्द्रिय सदस्य पार्वती थापासहित अन्यलाई गिरफ्तार गरेको थियो ।गिरफ्तार सबै कार्यकर्तालाई ६ दिनपछि रिहा गरेको थियो ।सो दिन प्रहरी नेपाल समाजवादी कांग्रेस वानेश्वरस्थित पार्टी कार्यालयमा ताला फोडेर कार्यालयमा भएका सम्पूर्ण कागजपत्रसमेत लगेको थियो । त्यसयता बन्द रहेको सो पार्टीको कार्यलय पनि आजै पत्रकार सम्मेलन गरेर खोलेको छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु