बढ्दै गएको प्राज्ञिक विचलनलाई सन्तुलनमा ल्याउन सम्पदा अनुसन्धान सदनको शुभारम्भ तथा पुस्तक विमोचनसुष्मा र अस्मिता सेमिफाइनलमाच्याम्पियनसीप एमेच्योर सदभावलाई उपाधिनेपाल भलिबल संघ र केल्मीबीच तीन वर्षका लागि नयाँ सम्झौताराष्ट्रपति रनिङ सिल्डका लागि राष्ट्रपतिलाई निमन्त्रणाजनआन्दोलन दिवसको अवसरमा चैत २४ गते आजपाले विशाल जनप्रदर्शन गर्नेग्रील तथा स्टील ब्यवसायीहरुको फुटबल महासंग्राममा सानोभर्याङ ठुलोभर्याङ इकाई विजयीआज चैत १६ गते शुक्रबार, कस्तो छ तपाईको दिन ? हेर्नुहोस् ! राशिफलसंचारकर्मी रिजाल सक्रिय राजनीतिमामहिला, बालबालिकामन्त्री र फिनल्याण्डका राजदुतविच शिष्टाचार भेट

एक वर्ष भित्रमा गौतमबुद्ध विमानस्थलले उडान सुरु गर्ने-मन्त्रीअधिकारी

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७५ जेष्ठ ९ गते, बुधबार १०:२४

पुनहरि बेल्बासे/भैरहवा-पर्यटन तथा नागरिक उड्यन मन्त्री रबिन्द्र अधिकारीले आज निर्माणाधिन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानको निरिक्षण गर्नुभएको छ । निरिक्षणका क्रममा मन्त्री अधिकारीले निर्माणाधिन विमानस्थलमा विगतमा केही अबरोधका कारण ढिलाई हुन गएको र अगामी दिनमा कोही कसैले अबरोध गरेमा सरकारले नछाड्ने बताउँदै समयमै विमानस्थलको काम सम्पन्न गर्न सरकारले जस्तोसुकै कदम पनि चाल्न सक्ने बताउनुभयो । अहिले निर्माणको काम तीब्र गतिमा अगाडि बढेको बताउँदै मन्त्री अधिकारीले आगामी एक वर्ष भित्रमा गौतमबुद्ध विमानस्थलले उडान सुरु गर्ने बताउँदै हवाई रुट प्रमिटको काम पनि अगाडि बढेको बताउनुभयो ।

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा अहिले टर्मिनल भवन र रनवेको काम तीब्र गतिमा भएरहेकोले आगामी चैत भित्र रन वेको निर्माण कार्य सकिने आयोजना प्रमुख ओम शर्माले बताउनुभयो । शर्माका अनुसार विमानस्थलमा अहिले रनवे को सब बेस निर्माण सकिएर बेस कोर्सको काम हुँदै छ । बेस कोर्सको काम डेढ महिनामा सकिनेछ र बर्षायाममा निर्माणकार्य बन्द हुने भएकाले रन वे पिचको काम असोज बाट शुरु भई चैत भित्र पूरा हुनेछ । त्यसै गरी टर्मिनल बिल्डिङ र जहाज पार्किङ एरियाको पनि निर्माण कार्य हँुदैछ । टर्मिनल बिल्डिङको निर्माण कार्य २०७५ मंसिर भित्र पूरा हुनेछ भने  सन् २०१९ को जुन सम्ममा गौतमबुद्ध अन्तर्राष्ट्रिय बिमानस्थनको काम सम्पन्न गरी उडान शुरु हुने आयोजना प्रमुख शर्माको दाबी छ । उहाँका अनुसार विमानस्थल निर्माणको काम हाल सम्म ४० प्रतिशत सम्पन्न भएको छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु