दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

राष्ट्रिय संगीतकर्मी संघको चौथो महाधिवेशनको सम्पूर्ण तयारी पूरा

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७५ जेष्ठ १० गते, बिहीबार १८:३१

काठमाडौं- काठमाडौंको भृकुटिमण्डपमा यही जेठ १२ र १३ गते सम्पन्न हुने राष्ट्रिय संगीतकर्मी संघको चौथो महाधिवेशनको तयारी पूरा भएको संघले जनाएको छ ।रिपोर्टर्स क्लब नेपालमा राष्ट्रिय संगीतकर्मी संघले पत्रकार सम्मलेन गरेर संस्थाको चौथो राष्ट्रिय महाधिवेशनको तयार पूरा गरेको जानकारी गराएको हो ।राष्ट्रिय संगीतकर्मी संघका अध्यक्ष नवराज घोरासैनीले नेपाली गीत संगीतभित्र देखिएका सम्पूर्ण समस्यालाई समाधान गर्नको लागि आफूहरु लागिपरेको जानकारी दिए ।

उनले भने,‘हाम्रो संस्था ०६२ सालमा स्थापना भयो, त्यसबेला नेपालमा कलाकारहरुको अधिकारलाई जोडतोडकासाथ उठाउने कोही थिएनन्, हामीले विभिन्न किसिमका आन्दोलनका आवाजहरु सांगितिक तवरबाट उठाउँदै आयौं, २२ दिने साँगितिक आन्दोलनले नेपाली कलाकारहरुको बारेमा सोच्न बाध्य बनाएको कुरा जगजाएर छ, आगामी दिनहरुमा सरकारलाई रोयल्टीको उचित वितरण, कलाकारहरुले सुरक्षा लगायतका सात बुँदे माग बुझाँउने र ती मागहरु पूरा गर्नेबारेमा निरन्तर खबरदारी गर्ने छौं ।’

त्यस्तै संस्थाका प्रथम उपाध्यक्ष राजेन्द्र कुमार कार्कीले कलाकारहरु राष्ट्रका गहना नभई राज्यको महत्वपूर्ण अगं भएको जिकिर गरेका छन् ।उनले भने,‘हामी कलाकारलाई गहनाको रुपमा लिईन्छ, आवश्यकतामा प्रयोग गरिन्छ, कलाकारलाई समस्या परेको बेलामा राज्यको तर्फबाट हेरिँदैन, यस्तो किसिमको उपमा हामीलाई चाहिँदैन, कलाकारहरुको टाउको हेरेर होईन, उसका रचना र क्षमताको आधारमा रोयल्टी पाउनुपर्छ, संगीतकर्मी संघको स्थापना कालदेखि हामीले कलाकारहरुको सुरक्षा र अधिकारलाई मुल मुद्दा बनाएर आएका छौं, आगामी नेतृत्वले यसका बारेमा गतिलो काम गरेर देखाउने छ ।’

आगामी महाधिवेशनले उचित नेतृत्व चयन गर्नेमा आफू विश्वस्त रहेको उनले सुनाए । उनका अनुसार जेठ १२ गतेको उद्घाटनलाई विषेश रुपमा सम्पन्न गर्ने र १३ गते बालाजुको बालाजु ब्याङक्वीटमा नेतृत्व चयन गरिनेछ । नेतृत्वको लागि सकेसम्म सहमति नै कायम गरिने यदि सहमति कायम हुन नसके लोकतान्त्रिक मुल्यमा रहेर नेतृत्व चयन हुने गरिने उनले जानकारी दिए ।कार्यक्रममा संस्थाका उप–महासचिव अमृत खाँतिले चौथो महाधिवेशनमा देशभरिबाट करिब ७ सय प्रतिनिधिको उपस्थिति रहने जानकारी दिए ।

उनले भने,‘हाम्रो संस्थाको ४५ वटा जिल्लामा जिल्ला शाखा गठन गरेका छौं, ६ वटा प्रदेशमा हाम्रो प्रदेश स्तरीय कमिटी बनेको छ, जेठ १२ गते दिउँसो १ बजे नागरिक उड्ड्ययन तथा पर्यटनमन्त्री रविन्द्र अधिकारीले हाम्रो पहिलो दिनको कार्यक्रम उद्घाटन गर्नुहुनेछ, त्यसको भोलिपल्ट १३ गते बाजुमा हाम्रो कार्यक्रम तोकिएकै समयमा नेतृत्को चयन हुनेछ ।’पत्रकार सम्मेलनमा संस्थाका वरिष्ठ उपाध्यक्ष नमराज ढुङ्गाना, उपाध्यक्ष प्रकाश कटुवाल, उपाध्यक्ष उमा श्रेष्ठ, महासचिव श्यामसुन्दर धिताल, सचिव गोविन्द दुलाल, कोषाध्यक्ष रमेश दुलाल ‘कागे’, मोडलहरु रिना थापा, एलिना रायमाझी लगायतका कलाकारहरुको उपस्थिति रहेको थियो ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु