ललितपुर महानगरपालिकाका वडा सदस्यहरुलाई अपाङ्गता सम्बन्धी जानकारी गराइयोनेपाल माल्टा च्यारिटी अर्गनाईजेसन र कोस्टा क्लिन फाउन्डेसनद्वारा प्याराडाइज बेमा सरसफाइआज मिति २०७९ साल चैत्र १३ सोमवारको हेर्नुस् राशिफलतामाङ सोसाइटी अफ अमेरिकको अध्यक्षमा भिजिनरी व्यक्तित्व बुद्धि मान तामाङ निर्वाचितकराते महासंघको नेतृत्वमा लामादोस्रो श्री नाथेश्वर आइ एफ के राष्ट्रिय फुल कन्ट्याक्ट कराँते प्रतियोगिता २०७९ सम्पन्नउत्पीडितहरूले आफ्नो असली प्रतिनिधि चिन्नुपर्छ : प्रधानमन्त्रीगोरखा सेवा समाज कतारको १२औँ साधारणसभा सम्पन्नप्रधानमन्त्री दाहालद्वारा कराते महाधिवेसनको उद्घाटनआज चैत १२ गते आइतबारको दिन तपाईंको कस्तो छ ? हेर्नुस् राशिफल

थारु पत्रकार संघ नेपालको केन्द्रीय कमिटी नवलपरासीमा

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७५ जेष्ठ १३, आईतवार ०६:३६

नवलपरासी- थारु पत्रकार संघ नेपालको केन्द्रीय कमिटीको बैठक नवलपरासीको अमलटारी मध्‍यवर्ती होमस्टेमा सुरु भएको छ।

केन्द्रीय अध्‍यक्ष मदन चौधरीको अध्‍यक्षतामा सुरु भएको बैठकमा पाँच सदस्‍यीय केन्द्रीय सचिवालय गठन गरेको छ। जसमा मदन चौधरी (थारुवान डटकम), प्रतिमा चौधरी (जनता टेलिभिजन), किशोर चौधरी (एभिन्‍यूज टेलिभिजन), सहदेव चौधरी (देश सञ्‍चार डटकम) र बुनु चौधरी (नेपाल खबर डटकम) रहेका छन्।नवलपरासीको अमलटारी मध्‍यवर्ती होमस्टेमा सुरु भएको थारु पत्रकार संघ केन्द्रीय कमिटीको बैठक। तस्बिर(सहदेव चौधरीरदेश सञ्‍चार यस्तै थारु पत्रकार संगठनलाई सुदृढ र शसक्त रुपमा चलाउन उपसमितिहरु गठन गरिएको छ जसमा सात वटा विभाग गठन गरिएको छ।

थारु पत्रकार संघ नेपालको संगठन विभाग प्रमुख एवं प्रवक्तामा महासचिव किशोर चौधरी र आर्थिक विभागमा कोषाध्‍यक्ष प्रतिमा चौधरी चयन भएका छन्। छापा विभागमा सन्तोष दहित संयोजकमा चयन भएका छन् भने रेडियो टेलिभिजनको संयोजकमा संजय चौधरी रहेका छन्।यस्तै अनलाइन विभागको संयोजकमा सहदेव चौधरी, महिला विभागमा उन्‍नती चौधरी र विदेश विभाग प्रमुखमा सन्तकुमार चौधरी सर्वसम्‍मत रुपमा चयन भएका छन्।दुई दिनसम्‍म चल्‍ने बैठकले संस्थाको ऐनरविधान संशोधन, प्रदेशमा थारु पत्रकारहरुको रिपोर्टिङ डेस्क बनाउने लगायतका विषयमाथि छलफल हुने केन्द्रीय महासचिव चौधरीले बताए।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु