प्रहरी महानिरीक्षकमा बसन्त कुँवर नियुक्तनेपाल फाईभ पी अन्तर्राष्ट्रिय प्रदर्शनी सुरुराष्ट्रिय जनगणना २०७८ को प्रतिवेदन सार्वजनिकस्पाइनल इन्जरी भएका व्यक्तिहरूको अधिकार तथा क्षमता अभिवृद्धि” सम्बन्धी ३ दिने सो गोष्ठीयस्तो छ तपाईंको आजको राशिफलग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालले पायो ‘एनएबीएच’ मान्यताबुढीगण्डकी ‘क’ र ‘ख’ जलविद्युत आयोजना निर्माण हुने काठमाडौंमा गरियो सार्वजनिक सुनुवाईठेक्का सम्झौताको २७ वर्षसम्म पाएनन् व्यवसायीले भुत्तानी, सर्वोच्चको फैसलासमेत कार्यन्वयन नभएको भुजेलको गुनासोदुबईमा बेचिएकी नेपाली चेलीको उद्दारस्थायी प्रवृत्तिको पत्रकारिता विकास कोष स्थापना गर्ने प्रधानमन्त्रीको घोषणा

पत्रकार शर्मा इच्छुक स्मृति पत्रकारिता पुरस्कारबाट पुरस्कृत (फोटो सहित )

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७५ जेष्ठ १३, आईतवार ०६:५०

हेटौडा-क्रान्तिकारी पत्रकार संगठन, नेपाल मकवानपुर शाखाले स्थापना गरेको कृष्ण सेन इच्छुक स्मृति पत्रकारिता पुरस्कार पत्रकार नवराज शर्मालाई प्रदान गरिएको छ ।इच्छुकको १६ औं स्मृति दिवसका अवसरमा एक कार्यक्रमका बीच उक्त पुरस्कार वितरण गरिएको हो । सो अवसरमा पाँच हजार पाँच सय पचपन्न रुपैयाँ राशीको पुरस्कार वितरण गर्नुका साथै जिल्लाका विविध सम्पर्क सूचनाहरु समेटेर तयार गरिएको फोन डायरीको समेत विमोचन गरिएको छ ।

पुरस्कार वितरण समारोहमा बोल्दै कार्यक्रममा प्रमुख अतिथि प्रभात चलाउनेले कृष्ण सेन सांस्कृतिक योद्धा, लेखक, साहित्यकारका रुपमा नभई एक महान स्वप्न द्रष्टा भएको बताए । सधै साधा जीवन ब्यतित गरेका सेन शब्द र कर्मका उचित मेल भएका व्यक्तित्व भएको बताउँदै प्रमुख अतिथि चलाउनेले सेनको जीवनबाट नेपाली पत्रकारिता र पत्रकारहरुले धेरै कुरा सिक्नुपर्ने बताए । कृष्ण सेनसँग आफ्नो सहकार्य र हिरासतमा सँगै रहेका बेलाको अनुभूति सुनाउँदै चलाउनेले सेनले आफ्नो विचार, आस्था र स्वाभिमानमा कहिल्यै पनि सम्झौता नगरेको बताए । नागरिकको अधिकार रक्षा, प्रेस र अभिव्यक्ति स्वतन्त्रताको रक्षामा प्रतिबद्ध भई लाग्ने क्रममा नै उनको कलम र बोलीबाट त्रसित भएर शेरबहादुर देउवाको नेतृत्वमा रहेको तत्कालीन सरकारले सेनलाई कुटी कुटी हत्या गरेको उनले बताए ।

नेपालको सत्ता राजनीतिमा सामन्तवाद गहिरोसँग हावी रहेको बताउँदै चलाउनले कार्यकर्ताले विचारको बहस गरेको देख्नै नसक्ने र आफ्ना कार्यकर्ताहरुलाई गुलाम मात्र बनाउने प्रवृति हावी रहेको बताए । कृष्ण सेन गुलाम र दास संस्कृतिका विरुद्ध न्याय, समानता र स्वाधीन संस्कृतिको आदर्श भएको उनको भनाई थियो । कार्यक्रममा बोल्दै पुरस्कृत हुने बरिष्ठ पत्रकार नवराज शर्माले कृष्ण सेन सबैको आदर्श भएको बताए । कृष्ण सेनले सधै आफूलाई जनताको पक्षमा उभ्याएको बताउँदै शर्माले सेनको जीवनबाट सबैले सिक्नुपर्ने बताए ।

उनले क्रान्तिकारी पत्रकार संगठनले आफूलाई पुरस्कृत गरेकोमा गर्वको अनुभूति गरेको बताए ।त्यसैगरी नेपाल पत्रकार महासंघका ३ नम्बर प्रदेशका अध्यक्ष प्रताप विष्टले संगठनले सही व्यक्तिलाई पुरस्कृत गरेको भन्दै जनताका पक्षमा कलम चलाएमा सम्मान पाइन्छ भन्ने कुराको अनुभूति बनाए ।कार्यक्रममा प्रेस चौतारी, प्रेस युनियन, प्रेस सेन्टर, प्रेस सोसाइटी, मिडिया नेपाल, क्रियाशील पत्रकार महिला, तामाङ पत्रकार संघ, चलचित्र पत्रकार संघलगायतका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।

फोटो सहित:

 

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु