एभरेष्ट नेपाल कल्चरल ग्रुप’ ले थाइल्यान्डमा नेपालको तर्फबाट गौरवमय प्रस्तुतिएनसीआईसीकेकी सचिव महराद्वारा अर्थमन्त्री पौडेलसँग भेट, बजेटमार्फत नीतिगत भ्रष्टाचार रोक्न आग्रहशनिबार भृकुटीमण्डपमा फुड फेस्टिभल हुनेग्लोबल स्टार अवार्डबाट प्रवासी नेपाली सेफहरू सम्मानितमधु र सागरको आवाजमा आयो ‘सनई ढोलाकी’,नेपाल इन्जिनियरिङ कलेजमा पूर्वविद्यार्थीहरुको जमघट हुँदैगोर्खाली रग्बीद्धारा फिफ्टिन्स रग्बीको उपाधि रक्षाPakistan Embassy in Kathmandu hosts reception to mark Pakistan's 85th National Dayसनवे कलेज र होस्टल व्यवसायी संघ बीच शैक्षिक सहयोग सम्झौतानेपाली नयाँ बर्षको अवसर पारी 2th फुटसाल जो जो युवा क्लब लार्नाका मा सम्पन्न

माइती इन्डियाको पहलमा भारतको विभिन्न स्थानबाट ८ जना नेपाली बालकको उद्धार

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७५ जेष्ठ १८ गते, शुक्रबार १५:२१

जेठ १८, काठमाण्डौ । भारतको नई दिल्लीस्थ्ति भारतीय दूतावासको सहयोग र माइती इन्डियाको पहलमा भारतको विभिन्न स्थानबाट ८ जना नेपाली बालकको उद्धार गरिएको छ ।
आज महिला बालवालिका तथा जेष्ठ नागरिक मन्त्रालयमा सार्वजनिक गरिएका ८ जना बालकहरुमा जनकपुरका शिवकुमार अयर्मन, बाजुराका शंकर बिश्वकर्मा, गुल्मीका राकेश , रौटहटका राजकिशोर, महोत्तरीका हसन र पहिचार र बिराटनगरका सन्तोष रहेका छन ।

उनीहरुलाई  आज  मन्त्रालयमा सार्वजनिक गर्दे महिला, बालबालिका तथा जेष्ठ नागरीक मन्त्रालयकी मानव बेचबिखन तथा नियन्त्रण शाखा प्रमुख रोशनीदेवी कार्कीले बालबालिकाहरुको आभारभुत आबश्यकतादेखि मनोरञ्जन र पारिवारिक झै झगडाको कारणले घर छोडेर भारत जाने बालबालिका बढेको बताइन् । उनले  खुल्ला सीमानाले गर्दा बच्चाहरु घुम्न जाने बाहानले पनि भारतमा जाने गरेको बताईन्  ।

उद्दार गरिएका बालकलाई मन्त्रालयले  आज महिला तथा बालबालिकाको क्षेत्रमा काम गर्दे आएको संस्था सिवीनलाई जिम्मा लगाएको छ । सिवीनले बालबालिकाको अभिभावकले बच्चा लिन नआउन्जेल बालकहरुको संरक्षण गर्ने भएको छ ।

सिवीनकी मनो विमर्सकर्ता हिरा खतिवडाले महिला बालबालिका तथा जेष्ठ नागरीक मन्त्रालय, नेपाल टेलिकमको सहयोगमा जोखीममा परेका बालबालिकाको  उद्धार,  राहात,  कानुनी परामर्श, लगायत आबश्यकता अनुसार सहयोग गर्ने र परिवारमा पुनर्मिलन गराइने बताइन् ।

यी बालकहरुको उद्धार माईती इण्डियाका संस्थापक अध्यक्षसमेत रहेका बालकृष्ण पाण्डेको पहलमा गरिएको थियो । पाण्डेले  २२ दिनको प्रयासबाट यी बालकहरुको उद्धार गरेको बताए । पाण्डेले भारतमा रहेका बिभिन्न संघसंस्था, दिल्ली प्रहरी,  नेपाली दुतावास लगायतको सहयोगमा बच्चा फेला पारेको बताए ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु