भारतीय राजदुतावासको सहयोगमा बालकृष्ण पाण्डेले ८ जना बालकको उद्धार गरेका छन् । भारतका बिभिन्न स्थानमा रहेका ८ नेपाली बालकको उद्धार गरीएको हो । बालकृष्णको २२ दिनको अथहक प्रयास पछि ती बालकलाई नेपाल फर्काउन सफल भएको हो । आज मन्त्रालयमा सार्वजनीक गरएका ८ बालहरुमा जनकपुरका शिब कुमार र अयर्मन , बाजुराका शंकर बिश्वकर्मा , गुल्मीका राकेश , रौतहटका राजकिशोर ,महोत्तरीका हसान र पहिचान र बिराटनगरका सन्तोष रहेका छन् ।
उनीहरुलाई आज मन्त्रालयमा सार्वजनीक गर्दे महिला, बालबालीका तथा जेष्ठनागरीक मन्त्रालयकी मानव बेचबिखन तथा नियन्त्रण शाखा प्रमुख रोस्नी कार्कीले बालबालीकाहरुको आभारभुत आबश्यकतादेखी मनोरञ्जन र पारीवारीक झै झगडाको कारणले घर छोडेर भारत जाने बालबालीका बडेको बताइृन् , खुल्ला बोर्डरले गर्दा बच्चाहरु घुम्न जाने बाहानले पनी भारतमा नै बस्ने गरेको बताईन् ।
उद्दार भएका बालकलाई महिला , बालबालीका तथा जेष्ठ नागरीक मन्त्रालयलाई जिम्मा लगाएको हो भने मन्त्रालयले आज नै महिला तथा बालबालीकाको क्षेत्रमा काम गर्दे आएको संस्था सिवीनलाई जिम्ममा लगाएको छ । सिवीनले बालबालीकाको अभिभावक बच्चा लीन नआउन्जेल बालकहरुको संरक्षण गर्ने छ । सिवीककी मनोबिमर्सकर्ता हिरा खतीवडाले महिला बालबालीका तथा जेष्ठ नागरीक मन्त्रालय , नेपाल टेलीकमको सहयोगमा जोखीममा परेका बालबालीकाको उद्धार , राहात , कानुनीपरामर्श , लगाएत आबश्यकता अनुसार सहयोग गर्ने र परिवारमा नुर्नरमिलन गर्ने बताइन् ।
को हुन् उद्धारकर्ता बालकृष्ण ?
नेपालको अर्गाखाची जिल्लामा जन्मिएका बालकृष्ण पाण्डेले महिला तथा बालबालीकाको क्षेत्रमा भारतमा बसेर लामो समयदेखी काम गर्दे आएका छन् । अझ भनौँ २९ वर्षदेखि भारतका बिभिन्न ठाउँमा नेपाली चेली तथा बालबालीका र मजदुरको अवस्थाको बारेमा धेरै लेख , जानकारी बटुलेका उनले महिलाको अबस्था,बोर्डर तथा प्रवासिहरुको समस्याका बारेमा लेख्दैँ गए । जसको कारण उनी वि पि कोइरालाले खोलेको जनसम्पर्क समितीको राष्ट्रिय अध्यक्ष भए ।
लामो समयदेखी भारतमा बस्दै आएका बालकृष्ण पाण्डेले भारतको दुतावासमा रहेका कुटनीतिक साथिहरुको सुझावमा नेपालको माईती नेपाल जस्तै भारतमा पनि संगठन खोल्न आग्रह तथा सहयोग हुन्छ भन्ने सुझावको साथ माइती नेपाल , नेपाल सरकार, परराष्ट मन्त्रालय संग समन्वय गरेर आज भन्दा ११ वर्ष पहिले स्थापना भएको माईती इण्डियाको स्थापना गरेर संस्थापक अध्यक्ष समेत रहेका बालकृष्ण पाण्डेले धेरै नेपाली बेलीबेटी तथा बालबालीकाको उघारको काम गरीसकेका छन् । लगभव ५० वर्षदेखि हराएका उनका दाजुको अवस्था थाहा नपाउँदा आफ्नो घर परिवारमा परेको त्यो पिडा सम्झदा उनलाई आफुले उद्धार गरेर ल्याएका बालबालीकाको परिवारमा त्यस्तै पिडा नहोस् भन्ने उनको चाहाना छ |
नेपालको सिआइबि,पुलीस हेडक्वाटर, इन्टरपोल, परराष्ट मन्त्रालय, गृह मन्त्रालय, महिला बालबालीका तथा जेष्ठ नागरीक मन्त्रालय तथा भारत दुतावाससंग समन्वय गरेर महिला तथा बालबालीकाको क्षेत्रमा ठूलो काम गर्दे आएका छन्् । महिला मन्त्रालयको सहयोगमा माइती इण्डीयालाई परराष्टमन्त्रालयमा महिला तथा बालबालीकाको क्षेत्रमा का मगर्ने एक मात्र संस्था भनेको माइती इण्डिया मात्र हो । १०० भन्दा बढी बालबालीकाहरु एकै ठाउँमा कोचेर राखेको र नापतौल गरेर खाना ख्वाउने जेल भन्दा कम नभएको ठाउँबाट उद्धार गरेको उनले बताए । २९ वर्षदेखि भारतमा बसेर कहिला तथा बालबालीकाको क्षेत्रमा बसेर का मगर्दे आएका पाण्डेले भारतमा रहेका बिभिन्न संघसंस्था, दिल्ली पुलीस, नेपाली दुतावास लगाएतको सहयोगमा बच्चा फेला पारेको बताए ।
भारतमा बिभिन्न ठाउँमा रहेका यी बालबालीकालाई देखेपछि केन्द्रिय बालकल्याणलाई निवेदन गर्दा कुनै सुनुवाहि तथा पहल नभएपछि मन्त्रालयबाट सहयोग र समन्वय गरेपछि महिला बालबालीका तथा जेष्ठनागरीक मन्त्रालयले परराष्ट,परराष्टले दुतावास र दुतावासले बालकल्याण समितीलाई पत्राचार गर्यो , पुलीस प्रसाशनलाई पत्र लेख्दै जब उनी भएका कागजात लीएर गए उनको वारेन्टिमा नेपाल सरकारको सम्बन्धित निकायमा जिम्मा लाउँछौँ र रसिद सहित ल्याउने र बच्चालाई सक्दो शिक्षा, स्वास्थ्य, खेलकुद, लगाएत ब्यवस्था गरेर भबिष्यमा पून भारत आउन नपर्ने उदेश्य सहित मन्त्रालयको मानव वेचविखन तथा नियन्त्रण शाखा प्रमुख उप सचिव रोस्नि कार्कीलाईलाई बालबालीका हस्तान्तरण गरेको बताए ।
उनले भने आजको यो समयमा आधारभुत आवश्यकता र शिक्षा तथा खेलकुदबाट बन्चित भएर बालबालीका सिमा पार हुदाँ उनलाई धेरै दुख लागेको छ । सामान्य कुरा प्राप्त नहुँदा साना बच्चाहरु जोखिममा पर्ने भएकाले यसको बारेमा गहन रुपमा बिचार गर्न र उचित कदम चाल्न पहल होस् भन्नको लागि बच्चाहरु लीएर आफु मन्त्रालय सम्म आएको उनको भनाई छ । उनले भने बच्चाहरुको परिवार सम्म पुर्नरमिलन गराई उज्जल भबिष्यको लागी कामना गरेका छन् । उनको मेहनतले २२ दिनमा ८ बालक सकुसल स्वदेश फर्काउन सफल भएका हुन् ।