स्पाइनल इन्जरी भएका व्यक्तिहरूको अधिकार तथा क्षमता अभिवृद्धि” सम्बन्धी ३ दिने सो गोष्ठीयस्तो छ तपाईंको आजको राशिफलग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालले पायो ‘एनएबीएच’ मान्यताबुढीगण्डकी ‘क’ र ‘ख’ जलविद्युत आयोजना निर्माण हुने काठमाडौंमा गरियो सार्वजनिक सुनुवाईठेक्का सम्झौताको २७ वर्षसम्म पाएनन् व्यवसायीले भुत्तानी, सर्वोच्चको फैसलासमेत कार्यन्वयन नभएको भुजेलको गुनासोदुबईमा बेचिएकी नेपाली चेलीको उद्दारस्थायी प्रवृत्तिको पत्रकारिता विकास कोष स्थापना गर्ने प्रधानमन्त्रीको घोषणाFlag Hoisting Ceremony on National Day of PakistanNation celebrates Pakistan Day with renewed pledge to work for progress of true Islamic welfare stateसत्ता गठबन्धनको बैठकमा सरकार विस्तारबारे छलफल

दरबार हत्याकाण्ड भएको १७ वर्ष पूरा, अझै विश्वसनीय छानबिन भएन

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७५ जेष्ठ १९, शनिबार ०८:२९

काठमाडौं- आज जेठ १९ अर्थात् नेपाली राजनीतिले कठोर ‘कालसत्य’ ब्यहोरेको दिन ।आजभन्दा ठीक १७ वर्षअघि यसै दिन नारायणहिटी दरबार हत्याकाण्ड मच्चाइएको थियो । जहाँ राजा वीरेन्द्र्रको वंशनाश गरिएको थियो ।समाधान हुन नसकेको आश्चर्यकै रुपमा रहँदै आएको यस घटनामा २०५८ जेठ १९ शुक्रबारे रात्रीमा राजा वीरेन्द्रको वंशनाश हुने गरी राजपरिवारका १० जनाको हत्या गरिएको थियो ।

राजा वीरेन्द्र, रानी ऐश्वर्य, युवराज दीपेन्द्र, अधिराजकुमार निराजन, अधिराजकुमारीहरु श्रुति, शान्ति राज्यलक्ष्मी सिंह, शारदा राज्यलक्ष्मी शाह, शाहज्यादी जयन्ती राज्यलक्ष्मी शाह, कुमार खड्गविक्रम शाह र धीरेन्द्र शाहको एकै प्रकरणमा हत्या गरिएको थियो ।घटनामा कोमल शाह, शोभा शाही, कुमार गोरखशमशेर राणा र केतकी चेस्टर घाइते भएका थिए ।हत्याकाण्डका विषयमा तात्कालीन प्रधानन्यायाधीश र संसद्का सभामुख सदस्य रहेको छानबिन समितिले छानबिन गरे पनि त्यसले सही तथ्य बाहिर ल्याउन नसकेको भन्दै आम असन्तुष्टी अझै उत्तिकै छ ।

यथार्थ र सर्वसाधारणले चित्त बुझाउने खालको छानबिन अझै भएको छैन । पटक पटक सरकारको नेतृत्व गर्नेहरुले हत्याकाण्ड भएको नारायणहीटी दरबारको प्रांगणमा उभिएर सत्य तथ्य बाहिर ल्याउने आश्वासन त पटक पटक दिएका छन् तर अहिलेसम्म पनि कुनै कदम चालिएको छैन ।जसका कारण यस दिन नेपाली इतिहासको एक कहालीलाग्दो दिनका रुपमा चित्रित भएर रहिरहेको छ ।

 

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु