एनआरएनए उच्चस्तरीय समितिद्वारा राष्ट्रिय समन्वय परिषद्सँग बैठक आह्वानप्रेरणाका पात्र : मार्बल बोन डिजिज सर्भाइभर अनिल कुमार महर्जनझापा एफसीमा अल्हाजी गेरोको आगमन!नेसनल स्पोर्ट क्लाइम्बिङ च्याम्पियनसिपको तयारी पूरामहिला लघुवित्तको सातौं बार्षिक साधारणसभा सम्पन्नराष्ट्रिय जनपक्षीय चलचित्रकर्मी संघको अध्यक्षमा वरिष्ठ सञ्चारकर्मी एवं कलाकार वसन्तराज रिजालउद्योगमा लोडसेडिङ भए पनि घरायसी उपभोक्तालाई नियमित विद्युत आपूर्ति हुने : ऊर्जामन्त्रीएसइई परीक्षा आजदेखि देशभर सुरु, ५ लाखभन्दा बढी विद्यार्थी सहभागीFonepay द्वारा "Digi-Smart Nepal" अभियानSparrow SMS Celebrates 15 Years of Transforming Enterprise Messaging in Nepal

नुवाकोटका अनन्तराम १ सय घण्टा भाषण गरेर विश्व रेकर्ड राख्ने तयारीमा, सहयोग गर्न सबैलाई अपिल

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७५ जेष्ठ २० गते, आईतवार ०९:५८

रबिन थपलिया/काठमाण्डौं- नुवाकोटको शिवपुरी गाँउपालीका वडा नं १ का अनन्तराम केसीले १०० घण्टा भाषण गरेर विश्व रेकर्ड राख्ने तयारीमा जुटेका छन् । यस अघि ८० घण्टा निरन्तर भाषण गरेर विश्व रेकर्ड राख्ने प्रयास गरेपनि केहि प्राविधिक त्रुटीका कारणले गिनीज बुक अफ वल्डले उनलाई प्रमाणपत्र दिन ढिलाई गरिरहेको छ । अनन्तराम भन्छन “गिनीजले यस अघि मैले गरेको ८० घण्टाको भेरीफिकेसन अझै नभई सकेकाले फेरी नयाँ रेकर्डको तयारीमा जुटेको हुं” । केसीले यस पटक गिनीज वुक अफ वल्डको अफिस बेलायतबाटै प्रतिनिधि झिकाएर गिनीजमा नाम लेखाउन लागि परेका हुन् ।केसीले भदौं ११ गते काठमाडौंको जोरपाटी स्थीत इष्टपोल स्कुलमा गिनीज बुक अफ वल्ड रेकर्डका लागि कार्यक्रम गर्ने तयारी गरेका छन् ।

योग प्रशिक्षक, मेमोरी माष्टर, मोटीभेसनल स्पीकर समेत रहेका केसीले मानिसको स्मरण शक्ति बढाउने र सहि रुपमा प्रयोग गर्ने बिषयमा केहि पुस्तक समेत लेखेका छन् । कुनै बेला योगी विकासानन्दको मुख्य सारथी रहेका अनन्तराम अहिले योगका अलावा अन्य सामाजीक कार्यमा समेत लागि परेका छन् ।न्यु माइन्स एकेडेमी संस्थाको आयोजनामा अनन्तरामले विश्व रेकर्ड राख्ने तयारीमा जुटेका हुन् । केसीका अनुसार गिनीजमा नाम लेखाउन २० लाख भन्दा बढी खर्च हुने छ । चौविसै घण्टा निरन्तर चल्ने उक्त कार्यक्रममा गिनीजका प्रतिनिधिहरु, प्राविधिक टोलीहरु, भोलेन्टीयर, सहभागीहरु, दर्शकहरु सहित न्युनतम एक हजारको उपस्थीति रहने छ ।

कार्यक्रमको स्पोर्ट भेरी फिकेसनको लागि मात्र ७ हजार पाउण्ड स्टेलिङ खर्च लाग्ने छ भने गिनीजका प्रतिनिधिलाई नेपाल बोलाउने टिकट, होटल खर्च, कार्यक्रममा भोलेन्टीयर्सहरुका लागि खाजा, खाना, यातायात, लागायतका लागि २० लाख बढी खर्च हुने छ । केहि व्यवसायीक संस्थाहरुसंग सहयोगका बारेमा कुराकानी भइरहेपनि कुनै ठोस परिणाम आउन नसकेको बताँउदै केसीले कार्यक्रमको निम्ती सहयोग गरिदिन प्रवासी नेपालीहरु, व्यपारीक प्रतिष्ठान लगात सबै नेपालीहरुलाई अपील गरेका छन् । केसीले गिनीजमा नाम लेखाउन आफनो तर्फबाट सबै तयारी भइरहको भएपनि आर्थिक अभाबका कारण अन्य प्राविधिक कुराहरु अगाडी बढन नसकेको बताए ।

केसीले भने मैले गिनीजका प्रतिनिधिहरुलाई नेपालमा बोलाउने बिषयमा गिनीजको अफिसमा इमेल समेत गरिसकेको छु उहाँहरुबाट स्वीकृति पाएपछि गिनीज रेकर्डको औपचारीक काम सुरु गर्नेछु ।केसीलाई यसपटक विश्व रेकड दिलाउनका निम्ती न्यु माइन्स एकेडेमीका अध्यक्ष एवं लायन्स ए वानका पुर्व डिस्टीक गर्भनर तथा मानव अधिकार तथा शान्ति समाजका पुर्व महासचिब कुमार राज सुवेदीको नेतृत्वमा समिति बनेको छ । उक्त समितिको हिजो शनिबार जोरपाटीमा भएको भेलामा विभिन्न क्षेत्रका व्यक्तिहरुले सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । भेलामा नुवाकोटको ककनी गाँउपालीका ५ का ह्यान्डीक्राफ्ट व्यवसायी पशुपती पाण्डेले रु १० हजार सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे । पाण्डेले केसीको सफलतासंगै नेपालको नाम समेत रहने भएकाले सबैले आ–आफनो क्षेत्रबाट सहयोग गर्नुपर्ने बताए ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु