चलचित्र ‘रोजी’लाई छायांकनको सुरुवातमै चोरीको आरोप

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७५ जेष्ठ २१ गते, सोमबार ०२:३३

काठमाडौं – नायक प्रदिप खड्का अभिनित चलचित्र ‘रोजी’लाई छायांकनको सुरुवातमै चोरीको आरोप लागेको छ । चलचित्रमा प्रदिप फरक लुक्समा देखिएका छन् ।‘रोजी’लाई कथावस्तु चोरेको आरोप लागेको हो । चलचित्र रोजीको मुहुर्तमा प्रदिप खड्का आफ्नी प्रेमिका मारेको आरोपमा अदालतमा उपस्थित भएको दृश्य खिचिएको थियो ।

यसैले, यो चलचित्र रोजी महर्जनको हत्याकाण्डमाथि आधारित रहेको अनुमान गर्न सकिन्छ ।निर्देशक तथा लेखक शिवम् अधिकारीले पहिल्यै नै रोजी महर्जन हत्याकाण्डमाथि आधारित रहेर चलचित्रको कथा लेखेका थिए । उनले यो कथा रोजीका निर्देशक निरक पौडेललाई समेत सुनाएका थिए ।त्यसैले आफ्नै कथा चोरेर निरकले ‘रोजी’ बनाइरहेको शिवम्ले आशंका गरेका छन् ।

शिवम् अहिले नै यो बिषयमा केही बोल्न चाहदैनन् । तर, चलचित्र चलेकै दिनमा हेरेर कथावस्तु मिलेको खण्डमा कपिराइटको मुद्दा दर्ता गर्ने उनको तयारी छ ।निर्देशक निरक पौडेलले भने शिवम्को कथा आफूले सुने पनि त्योभन्दा फरक कथामा चलचित्र बनाएको दाबी गरेका छन् ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु