दोस्रो श्री नाथेश्वर आइ एफ के राष्ट्रिय फुल कन्ट्याक्ट कराँते प्रतियोगिता २०७९ सम्पन्नउत्पीडितहरूले आफ्नो असली प्रतिनिधि चिन्नुपर्छ : प्रधानमन्त्रीगोरखा सेवा समाज कतारको १२औँ साधारणसभा सम्पन्नप्रधानमन्त्री दाहालद्वारा कराते महाधिवेसनको उद्घाटनआज चैत १२ गते आइतबारको दिन तपाईंको कस्तो छ ? हेर्नुस् राशिफलबालपोषणको अवस्था, चुनौती र सरोकारवालाको भुमिका तथा बालपोषणको अवस्था पुस्तिका सार्वजनिकटोखा नगरपालिकास्तरिय कस्यप गोत्रीय अधिकारी समाज गठनविभिन्न पार्टी परित्याग गरी नेता कार्यकर्ता विप्लव नेतृत्वको नेकपा प्रवेशएलडीबीए बास्केटबल भोलिदेखिसातौं भक्तपुर औद्योगिक, साँस्कृतिक तथा पर्यटन महोत्सव हुने

शैक्षिक हड्तालका कारण आज शिक्षण संस्था बन्द

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७५ जेष्ठ २१, सोमबार ०४:३९

काठमाडौं-अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी क्रान्तिकारीसहित ८ विद्यार्थी संगठनले शैक्षिक हड्ताल घोषणा गरेका कारण आज मुलुकभरका सवै शिक्षण संस्था बन्द भएका छन् । शिक्षण संस्था बन्द भएपछि पढाइ प्रभावित भएको हो । नीजि विद्यालय संचालकलाई वृद्धि शुल्क फिर्ता र शिक्षा मन्त्रालयसहित नीजि विद्यालय र विद्यार्थी संगठनबीच सहमति भएको शुल्क लागू नगरेको भन्दै संगठनले हड्तालको घोषणा गरेका हुन् । संविधानले मौलिक अधिकारको रुपमा स्वीकार गरेको निःशुल्क शिक्षा नीति लागू गर्न सरकारसँग माग गरेका छन् ।

संयुक्त ८ विद्यार्थी संगठनले जेठ १३ गते बैठक बसेर २१ गतेको आम शैक्षिक हड्ताललगायत आन्दोलनका कार्यक्रम सार्वजनिक गरिएका थिए । शैक्षिक मागसँगै सरकारले बढाएको पेट्रोलिय पदार्थको मूल्य वृद्धिको पनि विद्यार्थीले विरोध गरेका छन् । यसैबीच ८ विद्यार्थी संगठनले गरेको आम हड्तालका कारण यस क्षेत्रका शैक्षिक संस्थाहरु पनि प्रभावित भएका छन् ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु