तामाङ सोसाइटी अफ अमेरिकको अध्यक्षमा भिजिनरी व्यक्तित्व बुद्धि मान तामाङ निर्वाचितकराते महासंघको नेतृत्वमा लामादोस्रो श्री नाथेश्वर आइ एफ के राष्ट्रिय फुल कन्ट्याक्ट कराँते प्रतियोगिता २०७९ सम्पन्नउत्पीडितहरूले आफ्नो असली प्रतिनिधि चिन्नुपर्छ : प्रधानमन्त्रीगोरखा सेवा समाज कतारको १२औँ साधारणसभा सम्पन्नप्रधानमन्त्री दाहालद्वारा कराते महाधिवेसनको उद्घाटनआज चैत १२ गते आइतबारको दिन तपाईंको कस्तो छ ? हेर्नुस् राशिफलबालपोषणको अवस्था, चुनौती र सरोकारवालाको भुमिका तथा बालपोषणको अवस्था पुस्तिका सार्वजनिकटोखा नगरपालिकास्तरिय कस्यप गोत्रीय अधिकारी समाज गठनविभिन्न पार्टी परित्याग गरी नेता कार्यकर्ता विप्लव नेतृत्वको नेकपा प्रवेश

सरकारले ल्याएको बजेट बायुपंखी लक्ष्यले मात्रै भरिएको – पूर्व अर्थमन्त्री डा. महत

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७५ जेष्ठ २१, सोमबार ०६:१७

बुटवल –नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्व अर्थमन्त्री डा. रामशरण महतले सरकारले ल्याएको बजेट बायुपंखी लक्ष्यले मात्रै भरिएको टिप्पणी गरेका छन् ।उनले बजेटले निर्धारण गरेको लक्ष्य निर्धारणका लागी सरकार असफल भएको दाबी गरे ।रिपोर्टर्स क्लव नेपाल ५ नम्बर प्रदेशकार्यालय बुटवलले आयोजना गरेको साक्षात्कार कार्यक्रममा बोल्दै डा. महतले सरकारले सस्तो लोकप्रियताका लागी मिठा मिठा शब्द जाल भरेर बजेट बनाएको दाबी गरे । एक वर्षमा ५ लाखलाई रोजगारी दिने बजेटमाउल्लेख गरीएपनि त्यसका लागि कुनै तयारी र अध्ययन नदेखिएको उनको भनाई छ ।

उनले भने –‘रोजगारी सिर्जना भनिएको छ तर त्यो कसरी कुन तरीकाले गरीने हो त्यो उल्लेख छैन् , शब्दमा मात्रै रोजगारी लेखेर हुन्छ ?’सरकाले आर्थिक बृद्विदर ८ प्रतिशतको लक्ष्य लिएपनि पूजी लगानी बिना आर्थिक बृद्वि संभव नभएको भन्दै उनले सरकारले पूजी लगानीलाइृ कर थोपरोर लगानीकर्तालाई निरुत्साहीत गर्न खोजेको आरोप लगाए ।आर्थिक बृद्विदर हाँसील गर्नका लागी कति पूजी लागनी गर्नुपर्छ त्यसतर्फ सरकारले सोच्दै नसोचेको उनको भनाई छ । आर्थिक बृद्धिदर र पूजि लगानीमा ८० प्रतिशत नीजि क्षेत्र र २० प्रतिशतमात्रै सरकारी लागनी हुने गरेको उल्लेख गरेका छन् ।

उनले भने –‘ नेपालमा ट्याक्स बढि छ,यस्ले लगानी बृद्धिलाइ असर गर्छ,ट्याक्स कम भएपो लगानी भित्रिन्छ ।’१०० करोड भन्दा बढिलगानीलाइ पब्लिक लिमिटेड कम्पनीमा भनिएपनि यस्मा खास बैदेशीक लगानी आउदैन ।उनले भने ।सरकारको बजेटले प्राइभेट इन्भेष्टमेन्टलाइ डिस्करेज गर्न खोजेको उनको तर्क छ ।‘योजना ल्याउदा अध्ययन होस् तयारी होस् ,हावाका भरमा बजेट नबनाउनूस् ,प्रधानमन्त्रीलाइ जे लाग्यो त्यहि बजेटमा आउनु राम्रो होइन ।माननीयलाइ संसदीय बिकास क्षेत्रको पैसा ४ करोड दिन नहुने उनको भनाइ छ । ‘यो धेरै भो तैपनि सरकारले गलत ढंगले ल्याएको छ ,चोरबाटोबाट आएको छ यो ठीक होइन ।

’‘सरकारका कमी कमजोरी हेरिरहेका छौं तर भ्रम हटोस् हामी जिम्मेबारीमै छौं ’कांग्रेसका केन्द्रिय सदस्य समेत रहेका डा. महतले सत्तापक्षको मिठो मिठो कुरा सुनेर इन्नोसेन्ट भएर तालि बजाउने मात्रै काम भएको भन्दै प्रतिप्रक्षको भूमिका निभाउनु पर्ने बताए ।सरकारका कमी कमजोरी हेरिरहेका छौं तर भ्रम हटोस् हामी जिम्मेबारीमै छौं ।कांग्रेस संगठन बिस्तार अभियानमा रहेको भन्दै उनले कांग्रेस अब बलियो भएर अघि बढ्ने बताए । ‘कोठाकोठामा गुटबन्दी होला तर बाहिर छैन ,ब्यबस्थापकिय र संगठनात्मक कमजारी होलान् ,त्यो सुधार्र्छाै’ उनले भने ।क्लवका प्रदेश कार्यालय प्रमुख रामकुमार क्षेत्री अध्यक्षतामा भएको कार्यक्रमको संचालन कपिल ज्ञवालीले गरेका थिए ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु