अर्गली पाल्पाका युवा कलाकारमा आधारित रहेर “बंगलादेशि मिडियाले बनायो डकुमेन्ट्री ”

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७५ जेष्ठ २१ गते, सोमबार ११:३६

पाल्पा -पाल्पा जिल्लाको तानसेन अर्गलीमा बुबा विष्णु प्रसाद पाण्डे र आमा भुनादेवी पाण्डेको सन्तानका रुपमा जन्मेका दुर्गाराज पाण्डे नेपाली कलाकारिता क्षेत्रमा पछिल्लो समय चर्चामा छन् ।चलचित्र ‘फिक्का’मा नायकको भुमिकामा देखीएका पाण्डेको चर्चा यसकारण पनि भएको छ कि मार्सल आर्टका खेलाडी रहेका उनि सञ्चारकर्मी, मोडल र हाँस्य कलाकार समेत हुन् साथै कार्यक्रम प्रस्तोताका रुपमा नेपालका बिभिन्न जिल्लाका दर्शकको रोजाईमा पनि छन् ।

कान्तिपुर टेलिभिजनको लोकप्रिय कार्यक्रम ट्वाक्क टुक्क रिटन्र्समा डिसपी खत्रिको रुपमा परिचित पाण्डे रेडियो कान्तिपुरका आर जे समेत हुन् ।बर्षमात्र ईजिप्टमा आयोजित अन्तराष्ट्रिय कराते प्रतियोगीतामा नेपालका तर्फवाट सहभागिता जनाएर सिल्भर मेडल जितेपछि खेलकुद जगतमा पनि उनको खुविलाई ईज्जतका साथ लिईन्छ ।पोखराका स्रोतामाझ पनि गोर्खाली रेडियो र बिग एफएममा कार्यक्रम प्रस्तोता भएर श्रोताको मन जितिसकेका छन् ।

यतिबेला पाण्डेको एक बायोग्राफिक डकुमेन्ट्री बंगलादेशको एक युटुव च्यानलले प्रकाशन गरेको छ ।उक्त बायोग्राफिक डकुमेन्ट्रीक भिडियो सार्वजनिक भएसँगै पाण्डेले फेसवुक मार्फतआर्थिक प्रगति हुन सक्ने क्षेत्रलाई बलीदान दिएर लागीपरेकोले आफु सफल भएको बताएका छन् हेर्नुस पाण्डेको फेसबुक स्टाटस र बायोग्राफिक डकुमेन्ट्री ।-rurunetwork

भिडियो सहित :

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु