आज मंसिर १३ गते बुधबार यस्तो छ तपाईंको राशिफलकाभ्रे हेभी इक्युपमेन्ट ब्यवसायी संघको जिल्ला अधिबेशन तथा बार्षिक साधारण सभा सम्पन्नस्वर्णिम क्वाटरफाइनलमाएनआरएनएको अनलाइन निर्वाचनमा गम्भीर ७ त्रुटि, कारबाहीको माग गर्दै अध्यक्ष शर्माद्वारा पत्रकार सम्मेलनगायक दिपक भुजेलको 'तिमी आईदेउ' सार्वजनिक ( भिडियो )यस्ताे छ आजको विदेशी मुद्राको विनिमय दरराजेन्द्र कुमार कार्कीको 'बुट्टा भरेर' बोलको नयाँ गित सार्वजनिकगायक तथा मोडल मुन थकालीको 'कदम कदम' बोलको नयाँ गित सार्वजनिकप्रमोद खरेलको अर्कैको सिन्दूर लायौ’ बोलको नयाँ गीत सार्वजनिकसर्ट फिल्म 'उडान' को टिजर सार्वजनिक

बलात्कारपछि छोरीको हत्या गरिएको भन्दै न्याय माग्न आमा काठमाडौंमा

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७५ जेष्ठ २२ गते, मंगलवार ०६:१३

काठमाडौं- अर्घाखाँचीको भूमिस्थान नगरपालिका वडा नम्बर ९ स्थित कालिका मन्दिरमा मृत भेटिएकी १५ वर्षिया समिता नेपालीका आफन्तले जिल्लामा न्याय नपाएको गुनासो पोखेका छन् ।रिपोर्टर्स क्लब नेपालमा मृतक नेपालीका आमाले पत्रकार सम्मेलन गरेर गत वर्ष पुस ९ गते कालिका मन्दिरमा मृत भेटिएकी समिताको आत्महत्या नभई हत्या नै भएको दाबी गरेका छन् ।मृतक नेपालीकी आमा लिला नेपालीले अर्घाखाँचीको प्रशासनले न्याय नदिएको बताउँदै बाध्य भएर आफू न्यायको लागि काठमाडौं आईपुगेको बताईन् ।

उनले भनिन्,‘मेरो छोरीको हत्या हुनपूर्व २०७३ साल माघ ७ गते बलात्कार हुनु र त्यसको करिब एकवर्ष पछि हत्या हुनु सामान्य रहस्य होईन, मेरी छोरीको बलात्कारपछि हत्या नै गरिएको हो, जिल्ला प्रशासन कार्यालयमा मैले न्यायको लागि धेरै आग्रह गरें तर राज्यले बलात्कारी राजु अधिकारीलाई समात्नपनि सकेन, त्यसपछि नाटकीय रुपमा छोरीलाई मृत्युको मुखमा पु¥यायो ।’छोरीको बलात्कारपछि हत्या भएपछि जिल्लामा आफूले न्यायको लागि धेरै पैतला खियाएको उल्लेख गर्दै उनले भनिन्,‘ जुत्ता फाटे तर मैले न्याय पाईंन, त्यसैले म पत्रकारहरुको सरणमा आएकी हुँ, दोषीलाई तत्काल समातेर कारबाही गरियोस्, छोरीको हत्यारालाई समातियोस्, गत वर्ष पुस ६ गते बिहान काठमाडौं कोठाबाट स्कुल गएकी छोरी ११ बजेसम्म घर नफर्केपछि खबर गरियो|

खबर गर्दाखेरी मैले मेरै जातको केटासँग बिहे गरेर हिँडेको खबर आयो त्यसको तीन दिनपछि मृत भेटिएको खबर भूमिकास्थान नगरपालिकाकै झबिन नेपालीले दिएको र मोबाईलमा उसैको धम्किपूर्ण एसएमएस भेटिएको थियो, त्यति प्रमाण हुँदापनि प्रहरीले उनलाई केही समयसम्म निगरानीमा राखेपनि अहिले खुल्लम खुल्ला हिँडिरहेको छ ।’त्यस्तै कार्यक्रममा मानव अधिकार परिषद नेपालका अध्यक्ष तुलसी थापाले बलात्कारीलाई फाँसीको सजाय दिनुपर्ने व्यवस्था गर्न सरकारसँग माग गरेका छन् ।

उनले भने,‘भारत, अमेरिका, बेलायतलगायत अन्य देशमा बलात्कारीलाई फाँसिको सजाय दिने कानून छ, हाम्रो देशमा किन नहुने ? २०७१/०७२ को तथ्याङ्कलाई हेर्ने हो भने पछिल्ला वर्षमा ३० प्रतिशतले बलात्कारका घट्नाहरु बढेका छन् ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु