एनआरएनए उच्चस्तरीय समितिद्वारा राष्ट्रिय समन्वय परिषद्सँग बैठक आह्वानप्रेरणाका पात्र : मार्बल बोन डिजिज सर्भाइभर अनिल कुमार महर्जनझापा एफसीमा अल्हाजी गेरोको आगमन!नेसनल स्पोर्ट क्लाइम्बिङ च्याम्पियनसिपको तयारी पूरामहिला लघुवित्तको सातौं बार्षिक साधारणसभा सम्पन्नराष्ट्रिय जनपक्षीय चलचित्रकर्मी संघको अध्यक्षमा वरिष्ठ सञ्चारकर्मी एवं कलाकार वसन्तराज रिजालउद्योगमा लोडसेडिङ भए पनि घरायसी उपभोक्तालाई नियमित विद्युत आपूर्ति हुने : ऊर्जामन्त्रीएसइई परीक्षा आजदेखि देशभर सुरु, ५ लाखभन्दा बढी विद्यार्थी सहभागीFonepay द्वारा "Digi-Smart Nepal" अभियानSparrow SMS Celebrates 15 Years of Transforming Enterprise Messaging in Nepal

नेपाल ट्रेड यूनियन कांग्रेसको अध्यक्षमा आचार्यको उम्मेद्धवारी

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७५ जेष्ठ २२ गते, मंगलवार ०६:३१

काठमाडौं-नेपाल ट्रेड यूनियन कांग्रेसको छैटौं महाधिवेशनको लागि पुष्कर आचार्यले अध्यक्ष पदको लागि उम्मेदारी घोषणा गरेका छन् ।
सोमबार रिपोर्टर्स क्लब नेपालमा ट्रेड यूनियन कांग्रेसले पत्रकार सम्मेलन गरेर आचार्यलाई अध्यक्षको उम्मेदवारीको रुपमा अघि सारेको हो । ‘दिगो विकासको लागि मर्यादित रोजगारी–सुदृढ लोकतन्त्र र आर्थिक समृद्धि हाम्रो जिम्मेवारी’ भन्ने मुल नाराका साथ उक्त महाधिवेशन सम्पन्न हुने आयोजकले जनाएको छ ।अध्यक्षका उम्मेदवार आचार्यले आफूले सबैलाई मिलाएर श्रमिकहरुका मागहरुलाई सम्बोधन गर्न र ट्रेड युनियनको साख जोगाउनको लागि अध्यक्षको उम्मेद्वारी दिएको स्पष्ट पारेका छन् ।

कार्यक्रमका सभापति समेत रहेका श्रमिक नेता लक्ष्मण बस्नेतले कांग्रेसले चुनाव हार्नुको कारण टिकट वितरणमा ‘मनि र मसल’को प्रयोग भएको बताएका छन् ।उनले भने,‘कांग्रेस विभिन्न गुटमा विभाजित भएको सत्य हो, आजको दिनमा पुष्कर आचार्यको टिमलाई कुन पक्षको हो भन्नु होला, यो कांग्रेसको हो, सबै साथीहरुको बीचमा सहमति भएरै उहाँलाई अघि सारेका छौं, मिलेर संगठन र हक अधिकारको लागि उहाँलाई साथ र सहयोग गर्न आग्रह गर्दछु ।’त्यस्तै कार्यक्रममा ट्रेड युनियन कांग्रेसका महासचिव महेन्द्र यादवले संविधान समाजवाद उन्मुख भएपनि मनोदशा निश्चित् घेरामा बाँधिएको बताएका छन् ।

उनले भने,‘संविधान समाजवादउन्मुख छ, यसमा दुईमत छैन्, तर संविधान कार्यान्वयनमा त्यस्तो देखिएन, सरकारले यूवाहरुलाई रोजगार दिनसक्ने स्थिति छैन्, नारामा मात्रै परिवर्तन भयो भन्नुको कुनै अर्थ हुँदैन, ४० लाख श्रमिकहरुले खाँडीमा रगत र पसिनासँग साटेको रिमिट्यान्सले मुलुक धानेको छ, यता सरकारले ठूला कुरामात्रै गर्छ तर काम केही गर्दैन, ।’उनले ट्रेड युनियन कांग्रेसले श्रमिकका आवाजहरुलाई जोडतोडका साथ उठाउने बताउँदै भने,‘श्रम नै आर्थिक समृद्धिको मुल पक्ष हो, श्रमलाई सम्मान र उचित किसिमको उपभोग गर्नु आजको आवश्यकता हो ।’

कार्यक्रममा पूर्व सांसद अच्युतराज पाण्डे, रामजी कुँवर, गणेश निरौला, लगायतले आफ्ना धाराणा राखेका थिए ।
यही जेठ २९ देखि ३१ गतेसम्म काठमाडौंमा हुने राष्ट्रिय महाधिवेशनमा १६ सय बढि प्रतिनिधिहरुको उपस्थिति रहने र कार्यक्रमको उद्घाटन कांग्रेस सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले गर्ने आयोजकले जनाएको छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु