संरक्षकको लागि संरक्षण दिवसको विषयमा पत्रकार सम्मेलन

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७५ जेष्ठ २३ गते, बुधबार ०३:१८

शर्मिला विश्वकर्मा/ललितपुर -मष्तिस्क पक्षघात स्वाललम्वन समुह नेपाल धापाखेल ललिपुरको आयोजना तथा कयर वर्ल्ड वाईड, सेलेब्रलपल्सि नेपाल र लोटरी फाउण्डेडको सहयोगमा संरक्षकको लागि संरक्षण दिवसका विषयमा एक पत्रकार सम्मेलनको आयोजना गरियो । उक्त पत्रकार सम्मेलनमा अपाङ्गता भएका बालबालिकाहरुको संरक्षकहरुको पनि संरक्षण हुनु पर्ने, अपाङ्गता भएका बालबालिकाहरुको लागि रात दिन खटिएका संरक्षहरु घर परिवार तथा समाजमा तिरस्कृत र ओझेलमा परेका हुनाले उनीहरुको तनाव दुर गर्नका लागि र मनोसामाजिक रुपमा तन्दुरुस्त रहन सकुन भन्ने उदेश्यले यो संरक्षकको लागि संरक्षण दिवस मनाउन लागिएको कुरा मष्तिस्क पक्षघात स्वाललम्वन समुह नेपाल धापाखेल सञ्चालन गरेको संरक्षकको लागि संरक्षण परियोजनाका कार्यक्रम अधिकृत लुनी शाक्यले बताउनु भयो ।

त्यसै गरी उक्त पत्रकार सम्मेलनमा आयोजक संस्था मष्तिस्क पक्षघात स्वाललम्वन समुह नेपाल धापाखेलका कार्यकारी प्रमुख विमललाल श्रेष्ठले सो पत्रकार सम्मेलनमा संरक्षकको लागि संरक्षण दिवसले अपाङ्गता भएका व्यक्तिहरुका संरक्षकहरुको लागि हुने चुनौतीहरुको सामाधानको लागि जनचेतना जाग्ने बताउनु भयो । त्यसै गरी मष्तिस्क पक्षघात अपाङ्गताकी अभिभावक शोभा विष्ट खड्काले विभिन्न प्रकारका अपाङ्गता भएका व्यक्तिहरुका संरक्षकहरुको हक हित र अधिकार तथा उनीहरुको मानसिक स्वास्थ्यको लागि सबैले ध्यान दिनु पर्ने बताउनु भयो ।

सो पत्रकार सम्मेलनमा संरक्षकको लागि संरक्षण दिवसका अवसरमा अपाङ्गता भएका व्यक्तिहरुको संरक्षकको लागि यही जेठ २४ गते काठमाण्डौंको प्रज्ञाभवनमा साँस्कृतिक कार्यक्रम, २५ गते काठमाण्डौंको अल्फा हाउसमा अपाङ्गताको क्षेत्रमा काम गर्ने विभिन्न संघ संस्थाहरुका प्रतिनिधिहरु र राज्यका निकायहरुको प्रतिनिधिहरु विचमा मतभेद विषयमा कार्यशाला र २६ गते काठमाण्डौंको टुडिखेलबाट सचेतना मूलक -यालीको आयोजना गर्ने समाज कल्याण परिषदमा गएर संरक्षकको लागि संरक्षण दिवसको विषयमा कार्यक्रम गर्ने कुराको जानकारी गराइएको थियो ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु