• ३०० घरधुरी बिपन्न परिवारलाई एनआरएनए बाट राहत सामग्री हस्तान्तरणश्रममन्त्री श्रेष्ठ र युएईका मानव संशाधन मन्त्री अवारबीच भेटवार्ताखेलकुद मन्त्रीको स्वागतसुमनको सहयोगबाग्मती प्रदेशमा मुख्यमन्त्री पदमा दाबी पेस गर्न प्रदेश प्रमुखको कार्यालयले आह्वाननेप्से आज १८.०६ अंकले बढेर दुई हजार ७ सय ६९ दशमलब १३ विन्दुमापछिल्लो २४ घण्टामा ६७२ जनामा कोरोना भाइरस संक्रमण पुष्टिआपसी समझदारीमा नै न्यायालयको समस्या समाधान गर्नुपर्छ, भोलिसम्म सोलुसन निस्कियोस भन्ने शुभेच्छा छ’ : पूर्व न्यायाधीश पुरुषोत्तम भण्डारीPakistan Embassy helds talk Programme on Kashmir Disputeयस्तो छ आज देशभरिको मौसम पूर्वानुमान

    ताप्लेजुङमा स्काभेटर पुरिँदा चालकको मृत्यु

    न्यूजलाईन्स् मिडिया संवाददाता
    प्रकाशित मिति : २३ जेष्ठ २०७५, बुधबार ०४:२३

    ताप्लेजुङ-ताप्लेजुङको फक्तान्लुङ गाउँपालिका–२ खेजेनिनमा सडक खन्ने क्रममा माथिबाट पहिरो झरेर स्काभेटरसहित चालक र सहचालक पुरिँदा चालकको मृत्यु भएको छ भने सहचालक घाइते भएका छन् ।

    आज साँझ झरेको पहिरोले बा २ ग ५२६३ नं।को स्काभेटर पुर्दा चालक पाँचथरको हिलिहाङ गाउँपालिका–२ का चालक कृष्णप्रसाद कुटुवालको मृत्यु भएको स्थानीयवासी राजेन्द्र लिम्बूले जानकारी दिनुभयो । उक्त घटनामा सहचालक विष्णुकुमार श्रेष्ठ घाइते हुनुभएको छ ।

    उद्धारका लागि नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली घटनास्थलतर्फ गइसकेको प्रमुख जिल्ला अधिकारी मोहनबहादुर जिसीले जानकारी दिनुभयो ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु