प्रहरी महानिरीक्षकमा बसन्त कुँवर नियुक्तनेपाल फाईभ पी अन्तर्राष्ट्रिय प्रदर्शनी सुरुराष्ट्रिय जनगणना २०७८ को प्रतिवेदन सार्वजनिकस्पाइनल इन्जरी भएका व्यक्तिहरूको अधिकार तथा क्षमता अभिवृद्धि” सम्बन्धी ३ दिने सो गोष्ठीयस्तो छ तपाईंको आजको राशिफलग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालले पायो ‘एनएबीएच’ मान्यताबुढीगण्डकी ‘क’ र ‘ख’ जलविद्युत आयोजना निर्माण हुने काठमाडौंमा गरियो सार्वजनिक सुनुवाईठेक्का सम्झौताको २७ वर्षसम्म पाएनन् व्यवसायीले भुत्तानी, सर्वोच्चको फैसलासमेत कार्यन्वयन नभएको भुजेलको गुनासोदुबईमा बेचिएकी नेपाली चेलीको उद्दारस्थायी प्रवृत्तिको पत्रकारिता विकास कोष स्थापना गर्ने प्रधानमन्त्रीको घोषणा

प्रदेश ५ को गुरुयोजनामा ‘जितगढी किल्ला’

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७५ जेष्ठ २३, बुधबार ०५:००

बुटवल -प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले बुटवलको जितगढी किल्लालाई राष्ट्रिय स्वाभिमान र वीरताको सम्पदाको रुपमा संरक्षण गर्ने गरी गुरुयोजना बनाउन निर्देशन दिएका छन् ।उद्योग, वन, पर्यटन र वातावरण मन्त्रालयले विश्व वातावरण दिवसको अवसरमा गरेको योजना तर्जुमा तथा सुझाव संकलन कार्यक्रममा उनले बुटवल उपमहानगरपालिकालाई यस्तो निर्देशन दिएका हुन् ।

मुख्यमन्त्री पोखरेलले जितगढी सम्पदा प्रदेशको मात्र नभई मुलुककै शानका रुपमा रहेकाले यसको संरक्षण जरुरी रहेको बताए । उनले त्यस क्षेत्रमा निर्माण भएका र किल्लाको संरचनामा परेका अन्य सबै संरचनाहरु हटाउन पनि निर्देशन दिएका छन् ।मुआब्जा दिएर त्यहाँका घरहरु अधिग्रहण गरेरै पनि जितगढी सम्पदालाई बचाएर मुलुकको वीरताको शानका रुपमा विकास गर्नुपर्ने मुख्यमन्त्री पोखरेलको भनाइ छ ।

बुटवल उपमहानगरपालिका प्रमुख शिवराज सुवेदीले जितगढी सम्पदाको संरक्षणका लागि गुरुयोजना बनाएर अगाडि बढ्ने काम भइरहेको बताए । नेपाललाई अधिनमा पार्न भन्दै आएको तत्कालीन अंग्रेज सेनालाई नेपाली फौजले वि.सं.१८७१ मा जितगढी किल्लामा पराजित गरेको थियो ।त्यतिबेलाको गढी अर्थात् किल्लाको संरचना अहिले पनि तिनाउ नदी किनारमा रहेको छ । तर, यो अतिक्रमणमा परेको छ ।

नदीले कटान गर्ने र अतिक्रमण भएर स्वरुप नै कुरुप बन्दै गएको छ ।जितगढी सम्पदालाई बचाउनका लागि भन्दै बुटवल उप-महानगरपालिकाले पहिलो पटक यस सम्पदामा विजय उत्सव दिवस समेत मनाएको थियो । त्यति बेलादेखि नै मुख्यमन्त्रीले यसको संरक्षणमा चासो दिंदै आएका छन् ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु