चैत १९,आइतबार :तपाईंको आजको दिन कस्तो छ ? हेर्नुस् राशिफलरास्वपाले १० वैशाखमा उपचुनाव हुने ३ वटा निर्वाचन क्षेत्रमा उम्मेदवार घोषणारसुवागढी नाका आजदेखि पूर्णरुपमा दुईतर्फी सञ्चालनमाकांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्नेखेलकुद सामान्य क्षेत्र होइन– प्रधानमन्त्री दाहालचैत, १८ गते शनिबार : यस्तो छ तपाईंको आजको राशिफलतारकेश्वरमा शाखा राख्न शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रको प्रस्ताव, साङलामा डायलसीसका लागि प्राविधि सहयोग गर्नेसरकारले पूर्णता पायो, अब देशमा विकासले गति लिन्छ : प्रधानमन्त्री दाहालहेरेको तिमीलाई'मा सिम्पल र कुन्साङको रोमान्स ( भिडियोआजबाट एसइई परिक्षा सुरु, ५ लाख १६ हजार परीक्षार्थी सहभागी हुँदै

रुपन्देहीको तिलोत्तमामा सात करोड लगानीमा नाटकघर बनाइदै

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७५ जेष्ठ २३, बुधबार ०८:०८

रुपन्देही-रुपन्देहीको तिलोत्तमा नगरपालिकामा काठमाण्डौ बाहिर पहिलो पटक नाटक घर बन्ने भएको छ ।तिलोत्तमा नगरपालिका वडा न २ मा रहेको शंकरनगर सामुदायिक बनको १२ कठ्ठा क्षेत्रफलमा करिब  ७ कराेडकाे लगानीमा नाटकघर बन्नेछ ।निर्माणकार्यको अन्तिम तयारी भएको नाटकघर २०७६ मा संचालन गरिने समेत जनाइएको छ ।

सो नाटकघर भित्र लोपोन्मुख लोकबाजा,पोशाक,गेष्टरुम,पराम्परागत शैलिको संरचनाहरु,आबासहरु समेत निर्माण गरिने छ ।पब्लिक प्राइभेट पार्टनरसिप अन्तर्गत साधना सांस्कृतिक कला केन्द्रले नाटकघर बनाउन लागेको संस्थाका संचालक तथा नृत्यकर्मि संघ नेपाल रुपन्देही अध्यक्ष अनु रजकले बताए ।‘हामीले बनाउने नाटकघरमा स्थानीय कलाकारले पनि चान्स पाउनुहुनेछ,यस्ले लोकसंस्कृती र नेपाली पहिचानको रक्षा जगेर्ना गर्नेछ ।

उनले बुटवलमा आयोजित पत्रकार सम्मेलनमा भने ।संग्रालयमा अडियो ,भिडियो पुराना सबै प्रकारका बाजाहरु समेत राखिने छ ।निर्माण पश्चात प्रदेश सरकारलाई नै हस्तान्तरण गर्ने र कलाकारहरुलाई सरकारी जागीरको ब्यवस्था समेत हुनेछ ।प्रदेशको नाचघरको रुपमा स्थापना गर्न तिलोत्तमा नगरपालिकासंग सम्झौता भईसकेको जनाइएको छ ।पत्रकार सम्मेलनमा नृत्यकर्मि संघ नेपाल रुपन्देहीका सचिब सुन्दर गुरुङ,माइकल दर्लामी लगायतले बोलेका थिए ।

-nagarikaawaj.com

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु