रास्वपाले १० वैशाखमा उपचुनाव हुने ३ वटा निर्वाचन क्षेत्रमा उम्मेदवार घोषणारसुवागढी नाका आजदेखि पूर्णरुपमा दुईतर्फी सञ्चालनमाकांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्नेखेलकुद सामान्य क्षेत्र होइन– प्रधानमन्त्री दाहालचैत, १८ गते शनिबार : यस्तो छ तपाईंको आजको राशिफलतारकेश्वरमा शाखा राख्न शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रको प्रस्ताव, साङलामा डायलसीसका लागि प्राविधि सहयोग गर्नेसरकारले पूर्णता पायो, अब देशमा विकासले गति लिन्छ : प्रधानमन्त्री दाहालहेरेको तिमीलाई'मा सिम्पल र कुन्साङको रोमान्स ( भिडियोआजबाट एसइई परिक्षा सुरु, ५ लाख १६ हजार परीक्षार्थी सहभागी हुँदैआज नयाँ मन्त्री नियुक्त गर्ने तयारी

शिक्षकले आफ्नै विद्यालयमा पढ्ने १४ वर्षीय छात्रालार्इ बलात्कार

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७५ जेष्ठ २३, बुधबार ०८:२३

स्याङ्जा- जिल्लाको चापाकोट नगरपालिका – ७ गंगालाल माध्यामिक विद्यालयका शिक्षकले आफ्नै विद्यालयमा पढ्ने छात्रालार्इ बलात्कार गरेको प्रदाफास भएको छ। कक्षा ७ मा पढ्दै आएकी १४ वर्षीय सिमा नेपालीलाई शिक्षक रामभक्त आचार्यले जर्बजस्ती गरेको आरोप पीडित नेपालीको रहेको छ ।गत चैत २ गते भएको कक्षा ७ को परीक्षाको समयमा विद्यालय नजिकै शितलटार जंगलमा लगी ललाई-फकाई जर्बजस्ती करणी गरेको उनले बताएकी छन् ।

शिक्षक रामभत्त आचार्यले टिसर्ट ,मोबाईल , १० हजार रुपैंया पैसा दिन्छु भन्दै करणी गरेको र कसैलाई भने चरम यातना दिने धम्किका कारण २ महिना अगिको घटना अहिले बाहिर आएको पिडीत सिमा नेपालीको आमाले बताइन् । शिक्षक आचार्यले पुनः बैशाख ३० गते पनि जबरजस्ती करणी गरेको सिमाको दाबी छ ।आरोपित शिक्षक आचार्य भने अहिले फरार रहेको प्रहरीले जनाएको छ ।

पीडित परिवार न्याय माग्दै चापाकोट नगरपालिका , प्रहरी चौकी चापाकोट हुँदै मुद्धा दर्ता गर्न वडा प्रहरी कार्यालय आएका छन् । चैत र बैशाखमा भएको पटक पटकको घटना पनि घर परिवारबाटै लुकाइएको कारण भने बाहिर आएको थिएन ।शिक्षक आचार्य घटना बाहिर आउने वित्तिकै फरार रहेका छन् । आचार्यको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ । कानुन अनुसार १० बर्ष देखी १४ वर्ष सम्मको बालिका बलात्कार गरेको घटना पुष्टि भएमा ८ देखी १२ वर्षसम्म जेल सजाए हुने कानुनी व्यवस्था रहेको छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु