सामान्यतय हिन्दु धर्म अनुसार ब्राह्मण जातिले टुप्पी राख्ने चलन छ। कपाल काट्दा टाउकोको बीच अथवा केन्द्र भागमा रहेको रौंलाई राख्ने गरिन्छ, त्यसलाई नै टुप्पी भनिन्छ । टुप्पीलाई शिखा पनि भन्ने गरिन्छ । धर्म शास्त्रहरुमा टुप्पी राख्नुको विशेष महत्व रहेको हुन्छ ।
शास्त्रहरुमा त्यसको साथसाथै टुप्पी काट्न नहुने कुरा उल्लेख भएको पाईछ । कुनै धर्मशास्त्रले त टुप्पी काट्नुलाइ शिर काट्नु बराबर नै मानिने गरिएको हुन्छ , यसबाट पनि थाहा हन्छ की धर्म शास्त्रले टुप्पी पाल्नु वा राख्नुको महत्व कति छ भनेर । आजकाल टुप्पीलाइ फेशनका रुपमा राख्ने चलन छ तर शास्त्रमा टुप्पीलाई गाँठो पारेर राख्नु पर्ने कुरा र बिहान स्नान गर्दा टुप्पी छोएर मन्त्र पढ्नु पर्ने पनि उल्लेख छ ।
टुप्पी पल्नुका फाइदा यस्ता छन् – १. टुप्पी पाल्दा स्मरण शक्तिमा वृद्धी हुने धर्मशास्त्रमा लेखियको छ । चाणक्य शास्त्र आनुसार टुप्पी नबाँधीकन कुनै सपथ लिनु हुँदैन। शिखाको सम्बन्ध शरीर सञ्चालन गर्ने मुख्य अंग मस्तिष्कसँग हुने कुरा बैज्ञानिक रुपले समेत प्रमाणित भएको छ ।