चैत १९,आइतबार :तपाईंको आजको दिन कस्तो छ ? हेर्नुस् राशिफलरास्वपाले १० वैशाखमा उपचुनाव हुने ३ वटा निर्वाचन क्षेत्रमा उम्मेदवार घोषणारसुवागढी नाका आजदेखि पूर्णरुपमा दुईतर्फी सञ्चालनमाकांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्नेखेलकुद सामान्य क्षेत्र होइन– प्रधानमन्त्री दाहालचैत, १८ गते शनिबार : यस्तो छ तपाईंको आजको राशिफलतारकेश्वरमा शाखा राख्न शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रको प्रस्ताव, साङलामा डायलसीसका लागि प्राविधि सहयोग गर्नेसरकारले पूर्णता पायो, अब देशमा विकासले गति लिन्छ : प्रधानमन्त्री दाहालहेरेको तिमीलाई'मा सिम्पल र कुन्साङको रोमान्स ( भिडियोआजबाट एसइई परिक्षा सुरु, ५ लाख १६ हजार परीक्षार्थी सहभागी हुँदै

यी १० नेपाली राजदूतको जाने भयो जागिर, कुन-कुन देशका छन् ?

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७५ जेष्ठ २३, बुधबार ०८:४९

काठमाडौँ -सरकारले झण्डै एक दर्जन राजदूतहरुलाई फिर्ता बोलाउने भएको छ ।कार्यदक्षतामा समस्या देखिएको भन्दै सरकारले १० वटा देशबाट राजदूत फिर्ता लिन लागेको हो । फिर्ता गर्न लागिएकोमा अधिकांश काँग्रेस, राप्रपा र तत्कालिन फोरम लोकतान्त्रिकबाट राजदूत भएकाहरु छन् ।राजदूत फिर्ता बोलाउन लागिएकोमा कांग्रेसबाट राजदूत बनेका ६ जना छन् । जसमध्ये दक्षिण कोरियाका अर्जुनजंगबहादुर सिंह , म्यानमारका भीम उदास, बंगलादेश चोपलाल भुसाल, श्रीलंकाका विश्वम्भर प्याकुरेल, कतारका रमेशप्रसाद कोइराला कतार र यूएईकी आशा लामा रहेकी छिन् ।

यसैगरी, राप्रपाको कोटामा राजदूत बनेकी जापानकी राजदूत प्रतिभा राणा, स्पेनका भरत रायमाझी र इजरायलका निरन्जन थापालाई पनि फिर्ता बोलाइने भएको छ । राणा काँग्रेस सभापति शेरबहादुर देउवाकी सासु हुन् । रायमाझी नेपाली सेनाका पूर्व सहायक रथी हुन् भने थापा पूर्व गृहराज्यमन्त्री हुन् ।यस्तै, तत्कालिन फोरम लोकतान्त्रिकको कोटामा राजदूत बनेकी ओमानकी राजदूत शर्मिला पराजुलीलाई पनि फिर्ता बोलाइने भएको छ । फोरम लोकतान्त्रिक अहिले काँग्रेसमा विलय भइसकेको छ ।

तत्कालिन माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री भएका बेला काँग्रेस र राप्रपाबाट नियुक्त भएकाहरुलाई तत्कालै फिर्ता बोलाउन लागिएको स्रोतले बतायो । उनीहरुलाई फिर्ता बोलाएर योग्य व्यक्तिहरुलाई राजदूतमा नियुक्ति गर्ने तयारी गरकेो सरकारको दाबी छ । परराष्ट्र मन्त्रालयले राजदूत नियुक्तिका लागि डेढ महिनादेखि नयाँ मापदण्डको गृहकार्य गरिरहेको छ ।

भारत, मलेसिया र संयुक्त अरब इमिरेट्स (यूएई) मा अहिले राजदूत रिक्त छ । न्यूयोर्कस्थित संयुक्त राष्ट्र संघका लागि नेपालको स्थायी नियोगमा स्थायी प्रतिनिधिको अवधि पूरा भइसकेको छ। रिक्त स्थानमा पनि आगामी केही सातामै राजदूत नियुक्त हुनेछन् ।यसैगरी, सरकारले विदेशमा रहेका नेपाली नियोगहरु हेरफेर गर्ने भएको छ । नेपालीहरुको बसोबास भएको इटाली जस्ता देशहरुमा नियोग नभएको र अनावश्यक ठाउँमा भएकाले सरकारले नियोगहरुको थपघट गर्न लागेको छ । यस कार्यक्रमलाई सरकारले बजेटमै समावेश गरिसकेको छ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु