• बैंक तथा वित्तीय संस्थाले मनोमानी ढंगले ब्याजदर बढाउन थालेपछि नेपाल राष्ट्र बैंकले तीन बुँदे निर्देशनकेही दिनदेखि जारी वर्षा अझै केही दिन कायम रहनेचीनले नेपाललाई थप २० लाख मात्रा खोप अनुदान दिनेकोजाग्रत पूर्णिमा २०७८ को शुभकामनाआज मिति २०७८ कार्तिक ३ गते, बुधवारको राशिफलकोरोना महामारीको शान्ति र विश्व कल्याणको लागि पशुपतिमा कात्तिक ४ देखि १३ गतेसम्म ९ दिवसीय महायज्ञ हुनेसन्त पाख्रिन र रीता केसीको ‘पाइन्ट लाउने चाहिँ’ सार्वजनिक (भिडियो)पछिल्लो २४ घण्टामा १,०९६ जनामा कोरोना भाइरस संक्रमण पुष्टिपासाङको 'टारी खेत'मा पुष्प र एलिशा सार्वजनिक ( भिडियो )देशका अधिकांश भू-भागमा अबको तीन दिन वर्षाको सम्भावना

    साउदी अरबकी युवती भारतीय ड्राइभरको प्रेममा: देश छोडिन्, नेपाल हुँदै यसरी पुगिन् भारत

    न्यूजलाईन्स् मिडिया संवाददाता
    प्रकाशित मिति : २३ जेष्ठ २०७५, बुधबार ०९:००

    थुप्रै जोडीहरुले समय समयमा प्रेमको कुनै बन्धन हुँदैन भनी पुष्टि गर्छन् । पछिल्लो पटक साउदी अरबकी एक युवतीको कहानीले यस्तै कुरा वर्णन गर्छ ।आफ्नो बुवाका नीजि ड्राइभर जब आफ्नो घर भारत फर्किए तब साउदी अरबकी युवतीले बिछोड सहन सकिनन् ।त्यसकारण २७ वर्षे उनी आफ्नो देशबाट भागिन् । नेपाल आइन्, भारतमा अवैधानिक रुपमा प्रवेश गरिन् र विवाह पनि ।उनलाई उनको बुवाले फिल्मी तरिकाले पछ्याए, तर उनले प्रेमीलाई भेट्ने र विवाह गर्ने संकल्प छोडिनन् ।

    प्रेमी भारत फर्किएको तीन महिनापछि उनले देश छोडिन्ः

    भारतको तेलंगनाका ३० वर्षे युवकले ड्राइभिङ काम छोडेर गत फेब्रअरीमा आफ्नो गाउँ फर्किए ।तर लगत्तै उनकी प्रेमिकाले फोन गरेर बिछोड सहन नसकेको बताइन् । प्रेमीलाई चिन्ता नगर्न र चाँडै नै आफू भारत आउन लागेको जानकारी दिइन् ।गत महिना, हप्तौंको योजनापछि उनले आफ्नो घर र देश छोडिन् ।

    उनका प्रेमीले कुरिरहेका थिए तर बुवाले पछ्याइरहेका थिएः

    उनी नेपाल आइन् र अवैधानिक रुपमा भारत प्रवेश गरिन्, यो सबै एक्लै गरिन् । त्यसपछि उनले दिल्लीको यात्रा तय गरिन् जहाँ उनलाई उनका प्रेमीले कुरिरहेका थिए ।त्यहाँ पुगेपछि उनीहरुले समय बर्बाद नगरी तेलंगना पुगेर विवाह गरिहाले ।तर फिल्मको कथाजस्तै, उनको बुवाले छोरीको खोजी कार्य सुरु गरिसकेका थिए । लगत्तै उनका बुवा साउदी अरब दूताबासका अधिकारीसहित हैदराबाद पुगे ।

    अपहरणको मुद्दा दर्ता गरियोः

    यी दुईको विवाहबारे अनभिज्ञ उनका बुवाले आफ्ना पूर्व ड्राइभरविरुद्ध अपहरणको मुद्दा दता गरे ।अनुसन्धानकर्ताले उनलाई निजाम्बाबादसम्म पछ्याए । तर युवतीले पुलिसलाई आफूले विवाह गरिरहेको र भारतमा नै बस्न चाहेको बताइन् ।यद्यपी, उनले अब भारतको नागरिकता लिनु पर्नेछ । यसका लागि उनले भारत सरकारसँग सम्पर्क गरिसकेको बताइन् । अपहरणको मुद्दा खारेज गरिएको बताइएको छ ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु