दोस्रो श्री नाथेश्वर आइ एफ के राष्ट्रिय फुल कन्ट्याक्ट कराँते प्रतियोगिता २०७९ सम्पन्नउत्पीडितहरूले आफ्नो असली प्रतिनिधि चिन्नुपर्छ : प्रधानमन्त्रीगोरखा सेवा समाज कतारको १२औँ साधारणसभा सम्पन्नप्रधानमन्त्री दाहालद्वारा कराते महाधिवेसनको उद्घाटनआज चैत १२ गते आइतबारको दिन तपाईंको कस्तो छ ? हेर्नुस् राशिफलबालपोषणको अवस्था, चुनौती र सरोकारवालाको भुमिका तथा बालपोषणको अवस्था पुस्तिका सार्वजनिकटोखा नगरपालिकास्तरिय कस्यप गोत्रीय अधिकारी समाज गठनविभिन्न पार्टी परित्याग गरी नेता कार्यकर्ता विप्लव नेतृत्वको नेकपा प्रवेशएलडीबीए बास्केटबल भोलिदेखिसातौं भक्तपुर औद्योगिक, साँस्कृतिक तथा पर्यटन महोत्सव हुने

कृषिमन्त्री बलदेबको खुलासा : नेपालको जग्गाजति दलालको कब्जामा

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७५ जेष्ठ २३, बुधबार १०:२६

बुटवल -संघीय सरकारका कृषि मन्त्री चक्रपाणी खनाल बलदेबले नेपालको जग्गाजति दलालको हातमा रहको दावी गरेका छन् ।देशभरका जग्गाहरु न ब्यक्ति न त सरकारको भन्दै उनले दलालको मनपरिले जमिन ध्वस्त भएको दावी गरे ।

मालपोत, नापी, वकिलदेखि अदालतसम्म दलाल गिरोहको संजाल

रिपोर्टर्स क्लव नेपाल ५ नम्बर प्रदेशले बुटवलमा आयोजना गरेको साक्षात्कार कार्यक्रममा बोल्दै उनले सरकारले कृषियोग्य जमिन बचाउन नया कार्ययोजना र नीति बनाउन लागेको उल्लेख गरे ।भुमिसम्बन्धि नीति, ऐन भुउपयोग नीती लगायतका नीतिहरु बनाएर कृषियोग्य भूमि बचाउन ठोस कदम चालिने उनले बताए ।

मैले जग्गाको २५ प्रकारको बर्गिकरण गरेको छु , नीति बाहिरको अंशबण्डा रोक्ने मेरो पहल छ उनले सुनाए । कृषिको लागी हरियो लालपूर्जा बनेको बताउँदै कृषिको लालपूर्जाले शिक्षा, स्वास्थ्य लगायतका क्षेत्रको लागी समेत सहुलियतको ब्यवस्था गरिने उल्लेख गरे ।

नीति बाहिरको अंशबण्डा रोक्नको लागी पहल गर्ने

अंशबण्डाको नाममा कित्ताकाट रोक्ने बताउँदै मन्त्री खनालले नीति बाहिरको अंशबण्डा रोक्नको लागी पहल गर्ने बताए ।
नेपालमा १ लाख २१ हजारको संख्यामा मोहीहरु रहेको बताउदै उनले देशमा रहेका मोहीहरु हटाउने दाबि गरे । कार्यक्रममा बोल्दै मन्त्री खनालले अहिलेको सराकारबाट जनताको अपेक्षा अनुसारको गति नआएको बताउँदै केही योजनाहरु बन्दै गरेको बताए ।नेपालमा हरेक स्थानमा सिण्डीकेट रहेको बताउँदै त्यसको अन्त्यको लागी सरकार लागी पर्ने बताए । कृषिमा पनि रहेको सिण्डिकेट हटाउने उनले दाबि गरे ।

कृषिको लागी आवश्यक मल, किटनासक बिसादी लगायतका कुराहरु सिण्डीकेटकै सञ्जालभित्र रहेको बताए । उनले भने –‘मालपोत, नापी, वकिल देखि अदालतसम्म जोडिएको दलालको गिरोहको संजाल छ । ’रुपन्देहीमा आगामी १० बर्षमा सबै बस्तुहरु किनेर खानुपर्ने अबस्था आउछ,केहि उत्पादन हुदैन जग्गा दलालको गिरोहले गर्दा रुपन्देहीमा यहि दरमा जग्गाको कारोबार गरेमा अबको १० भित्र सबै बस्तुहरु किनेर खानुपर्ने बताए ।

यो समस्या रुपन्देही, कपिलबस्तु, नवलपरासी लगायतका क्षेत्रहरुमा समस्याले ठुलो रुप लिएको बताए । ‘यसअघि पनि हजारौं पटक अनुगमन भए,तर यस्को कुनै अर्थ देखिएन, उनले भने आबश्यक नीति बनाएर अघि बढ्न जरुरी छ । ’

बहुमतको सरकार चल्ने तरिकाअझै शुरु भएन,९ महिने जस्तो भो

बहुमतको सरकार चल्ने तरिका अझै शुरु नभएको बताउँदै सरकार अझै कठोर भएर अगाडि बढ्ने बताए । उनले प्रत्यक्ष कार्यकारी राष्टपतिको एजेन्डा अगाडि बढाउने बताए ।‘हामीले हिजो उठाउदै आएको प्रत्यक्ष कार्यकारी राष्टपतिको एजेन्डा अगाडि बढाउने बढाउछौं,यो आबश्यक छ देशले खोजिरहेको छ ’ उनले भने ।कार्यक्रम प्रदेश कार्यालय प्रमुख रामकुमार क्षेत्रीको अध्यक्षता तथा कपिल ज्ञवालीको संचालनमा भएको थियो ।

कृषि पत्रकार समाज नेपाल रुपन्देहीकाे क्यालेण्डर हस्तान्तरण

साेहि अबसरमा कृषि पत्रकार समाज रुपन्देहीले क्यालेण्डर हस्तान्तरण गरेकाे छ ।संमाजका जिल्ला अध्यक्ष कृष्ण खनालकाे नेतृत्वकाे टाेलीले कृषि मन्त्री चक्रपाणी खनाल बलदेबलाई खादा र क्यालेन्डर हस्तान्तरण गरेकाे हाे ।

-nagarikaawaj.com बाट

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु