चैत १९,आइतबार :तपाईंको आजको दिन कस्तो छ ? हेर्नुस् राशिफलरास्वपाले १० वैशाखमा उपचुनाव हुने ३ वटा निर्वाचन क्षेत्रमा उम्मेदवार घोषणारसुवागढी नाका आजदेखि पूर्णरुपमा दुईतर्फी सञ्चालनमाकांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्नेखेलकुद सामान्य क्षेत्र होइन– प्रधानमन्त्री दाहालचैत, १८ गते शनिबार : यस्तो छ तपाईंको आजको राशिफलतारकेश्वरमा शाखा राख्न शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रको प्रस्ताव, साङलामा डायलसीसका लागि प्राविधि सहयोग गर्नेसरकारले पूर्णता पायो, अब देशमा विकासले गति लिन्छ : प्रधानमन्त्री दाहालहेरेको तिमीलाई'मा सिम्पल र कुन्साङको रोमान्स ( भिडियोआजबाट एसइई परिक्षा सुरु, ५ लाख १६ हजार परीक्षार्थी सहभागी हुँदै

एसइइ मोडल हन्टमा ५० जना प्रतिस्पर्धी ग्राण्ड फिनालीमा भिड्ने

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७५ जेष्ठ २३, बुधबार ११:४१

काठमाडौं- फेशन र मोडलिङलाई आफ्नो सोख र करियर बनाउन इच्छुक एसइइ परीक्षा दिएर बसेका विद्धार्थीलाई लक्षित गरि सञ्चालित एसइइ मोडल हन्टको पहिलो संस्करणमा ५० जना प्रतिस्पर्धी ग्राण्ड फिनालीमा भिड्ने भएका छन् ।

डि.एम. इन्टरटेन्मेन्टको आयोजना तथा थ्रिडी नेपालको ब्यवस्थापनमा गरिएको एसइइ मोडल हन्ट २०१८ को ग्राण्ड फिनाली आगामी शुक्रबार काठमाडौंको जमलस्थित राष्ट्रिय नाँचघरमा हुदैछ । विभिन्न छनौट चरण, तालिम, ट्यालेन्ट राउन्ड पार गर्दै अन्तिम चरणमा पुगेका ५० प्रतिस्पर्धीले ग्राण्ड फिनालीमा सहभागि हुने आयोजकले जनाएको छ । छनौट भएका प्रतियोगीलाई ४० दिनसम्म विभिन्न विषयमा तालिम तथा प्रशिक्षणहरु पश्चात् फिनालीको लागि तयार गरिएको आयोजक डि।एम। इन्टरटेन्मेन्टका प्रबन्ध निर्देशक डेनी मगरले जानकारी दिनुभयो ।

देशका विभिन्न ठाउँ र स्कुललाई प्रतिनिधित्व गर्दै प्रतियोगीतामा सहभागि भएका प्रतिस्पर्धीहरु उपाधि जित्न अहिले विभिन्न प्रशिक्षण लिईरहेका छन् । उनीहरुलाई म्यानहन्ट नेपाल इन्टरनेशनल विजेता सनिश शाक्य र इन्डियाज नेक्स्ट टप मोडलकी फ्रष्ट रनर अप सबिता कार्कीको कोरियोग्राफी गरिरहनुभएको छ ।

इभेन्ट म्यानेजमेन्ट थ्रिडी नेपालले करिब १ हजार दर्शक, विशेष अतिथि, निर्णायक मण्डल र विभिन्न कलाकारहरुको प्रस्तुतीको साथमा ग्रान्ड फिनाली गरिने बताएको छ । इभेन्ट म्यानेजर रिदम कार्कीले प्रतियोगिताको तयारी सम्पूर्ण रुपमा पूरा भइसकेको जानकारी दिदै आफूहरु सबै प्रतियोगीलाई स्टेजमा उतार्न आतुर रहेको बताउनुभयो ।

एसइइ मोडल हन्टका बिजेता तथा उप विजेताले क्राउन सहित नगद पुरस्कार साथै कक्षा ११ र १२ अध्ययनको लागि पूर्ण छात्रावृत्ति, विभिन्न गिफ्टहरु र प्रमाणपत्र प्राप्त गर्नेछन् ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु