तामाङ सोसाइटी अफ अमेरिकको अध्यक्षमा भिजिनरी व्यक्तित्व बुद्धि मान तामाङ निर्वाचितकराते महासंघको नेतृत्वमा लामादोस्रो श्री नाथेश्वर आइ एफ के राष्ट्रिय फुल कन्ट्याक्ट कराँते प्रतियोगिता २०७९ सम्पन्नउत्पीडितहरूले आफ्नो असली प्रतिनिधि चिन्नुपर्छ : प्रधानमन्त्रीगोरखा सेवा समाज कतारको १२औँ साधारणसभा सम्पन्नप्रधानमन्त्री दाहालद्वारा कराते महाधिवेसनको उद्घाटनआज चैत १२ गते आइतबारको दिन तपाईंको कस्तो छ ? हेर्नुस् राशिफलबालपोषणको अवस्था, चुनौती र सरोकारवालाको भुमिका तथा बालपोषणको अवस्था पुस्तिका सार्वजनिकटोखा नगरपालिकास्तरिय कस्यप गोत्रीय अधिकारी समाज गठनविभिन्न पार्टी परित्याग गरी नेता कार्यकर्ता विप्लव नेतृत्वको नेकपा प्रवेश

शनिबार हुँदैछ काठमाडौं अडिसन:’मेची महाकाली ट्यालेन्ट’

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७५ जेष्ठ २४, बिहीबार ०६:२२

काठमाडौं-काठमाडौं बाहिर विभिन्न ६ शहरमा सफलताका साथ अडिसन सकिए पस्चात ‘मेची महाकाली ट्यालेन्ट’को काठमाडौं अडिसन यही शनिबार हुने भएको छ । यसअघि यो रियालिटी शोको अडिसन बिर्तामोड, बुटवल, हेटौंडा, नारायणगढ, पोखरा लगायतका स्थानमा भइसकेको छ । काठमाडौं अडिसन भने मिनभवन स्थित एभ्रेस्ट फिल्म एकेडेमीमा बिहान १० बजे बाट सुरु हुने आयोजक ले जनाएको छ ।

बुधबार एक कार्यक्रमको आयोजना गरी आयोजकले काठमाडौं अडिसनका लागी निकै उत्साहित रहेको बताएका छन् । विभिन्न फरक प्रतिभाहरुलाई एउटै मञ्चबाट उजागर गर्ने उद्देश्यले हुन लागेको ‘मेची महाकाली ट्यालेन्ट’मा प्रतियोगीले कुनै पनि शुल्क तिर्नु नपर्ने आयोजकको तर्फबाट देब मगरले बाताए ।

ग्रेड वान मिडिया प्राइभेट लिमिटेडले आयोजना गरेको रियालिटी शोमा विजेताले २१ लाख नगद उपहार पाउनेछन् । प्रतियोगितामा गायन, अभिनय, नृत्य र अन्य विधाहरुमा प्रतिस्पर्धा हुने बताइएको छ । यो रियालिटी शोमा जजको रुपमा सुनिल थापा, गौरी मल्ल, त्रिलोक राना र गम्भीर बिस्ट रहेका छन् । यस रियालिटी शोमा सबै उमेर र जुनसुकै प्रतिभा भएका व्याक्तिले भाग लिन पाउने छन् ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु