भू-उपग्रह प्रविधिको प्रयोगमार्फत नेपालको कृषि क्षेत्रको पहिचान गर्न सम्झौतागरिमा र रञ्जनको रोमान्सले भरिएको 'के गरौं भन तिम्रो हुनलाई' सार्वजनिक ( भिडियो )कफी क्लब च्यारिटी फुटसल शनिबारUnmissable' Pre-Budget Offer in Deepal EVs with Unmatched Style, Unrivalled Featuresव्यवहार परिवर्तनका लागि महिलाहरुलाई ‘हेफर आधारशिला’ तालिमउत्पादन बढाउन आधुनिक खोर निर्माणमा जोड दिँदै वालिङ ।कहिँ कतै हराएँ भने भेट्न आउनु सपनीमा आभास हुन्छ घरि घरि, छौँ एकै सिरानीमाकाठमाडौँ जेसीजद्वारा पात्रो विमोचन तथा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्नतेक्वान्दो टोली जापान जाँदैसमृद्ध मुलुक निर्माणमा इन्जिनीयरको महत्वपूर्ण भूमिका : उर्जामन्त्री खड्का

हङकङ लैजाने भन्दै डेढ करोड ठग्नेलाई कारबाही गर्न पीडितहरुको विलौना

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७५ जेष्ठ २७ गते, आईतवार ०६:२५

काठमाडौं-एक करोड ४९ लाख ५० हजार रुपैयाँ ठगीको आरोपमा फरार रहेका गोरखाका जीवन गुरुङ र लमजुङकी सञ्चिता गुरुङलाई पक्राउ गरि तत्काल कारबाही गर्न सरकारसँग पीडितहरुले माग गरेका छन् ।रिपोर्टर्स क्लब नेपालमा पीडितहरु यमबहादुर गुरुङ, मिलन गुरुङ, लक्ष्य गुरुङ लगायतले बिहीबार पत्रकार सम्मेलन गरेर आफूहरुलाई हङ्कङ लैजाने भनेर ठगिएको भन्दै यस्तो माग गरेका हुन ।२०७२ सालमा यमबहादुर गुरुङसहित २७ जनासँग ७ लाख, ८ लाख र १० लाख दरले मोटो रकम उठाएर फरार भएको बताउँदै पीडितहरुले राज्यले आफ्नो समस्यालाई खासै चासो नदिएको गुनासो समेत गरे ।

पीडित मध्येका यमबहादुर गुरुङले भने,‘लम्जुङ जिल्ला दोर्दी गाउँपालिका वडा नम्बर ९ घर भएकी सञ्चिता गुरुङले हामीलाई हङ्कङ लैजान्छु भनेर मोटो रकम उठाईन, त्यसपछि हामीलाई भारतको दिल्लीमा लगे र त्यहाँ गोरखा घर भएका जीवन गुरुङ हामीलाई पिकअप गर्न आए, हामीलाई होटेलमा राखियो, मैले आफ्नो बारेमा बुझ्न खोज्दा धम्किपूर्ण कुराहरु आयो र हामीले प्राप्त गरेका कागजहरु हेर्दा शंका लागेर मैले आवाज उठाए तर अरु केही साथीहरुले जीवन गुरुङकै कुरा सुने, आखिर पछि हामी २७ जना नै विचलित हुनबाट जोगिएर नेपाल फर्कियौं, सञ्चिता र सुमन रनपाल झापाबाट फरार भए, जीवन गुरुङ दिल्लीबाटै फरार भए ।’

उनले अघि थपे,‘हामी २७ जना मध्ये एकजना हरि बहआदुर राना मगरका बाबाले रण बहादुर रानाले चितवनमा रहेको जग्गा धितो राखेर १० लाख पैसा बुझाउनु भएको थियो, आजको दिनमा त्यो जग्गा बैंकले लिलाम हान्ने तयारी गरिरहेको छ, यस्तो स्थितिमा पनि हामी पीडितहरुले न्याय पाउन सकेका छैनौं, त्यस्तै लक्ष्य गुरुङ, सुमन गुरुङ, खुहिमान गुरुङ र मिलन गुरुङले सञ्चिता गुरुङको नाममा पोखरा लेखनाथ नगरपालिका वडा नम्बर २९ मा रहेको पाँच आना जग्गा जुन अहिले ९० लाख बराबरको मूल्य रहेको जग्गा लिलाम हान्ने अवस्था छ, यसै पत्रकार सम्मेलन मार्फत यि जग्गाहरु लिलाम प्रक्रिया रोक्का गरि हाम्रो बारेमा संवेदनशिल हुन सरकारलाई जोडदार माग गर्दछौं ।’

पीडितका तर्फबाट जारि गरिएको विज्ञप्ती
मिति: २०७५-०२-२४ गते
आदरणीय पत्रकार मित्रहरु,
बिषय : पत्रकार सम्मेलन
प्रस्तुत विषयको सम्बन्धमा मिति २०७२ सालको पुस/माघ महिनामा लमजुङ जिल्ला दोर्दी गाउँपालिका वडा नं.९, हिलेटक्सार, लमजुङ हाल कास्की जिल्ला पोखरा निवासी धनप्रसाद गुरुङको छोरी संचिता गुरुङले २०७२ सालको विनासकारी भू–कम्प पछि हङकङबाट नेपालीलाई कामदारको माग भई आएको शुरुमा रिफुजी भएर बस्ने र ५, ६ महिना पछि टि.आर. बनाए पछि पाउने भनि सबैलाई आफनो कुरामा सहमत गराई हामी म लगायत अरु २६ जना नेपाली यूवा÷यूवतीको कागजपत्र पासपोर्ट(राहदानी) र फोटो जम्मा गरी भिषा लगाउने भनि २÷२ लाख नगर रकम जम्मा गरिएको थियो । पासपोर्ट र नगद २ लाख बुझाँए पछि करिब साढे १ महिना पछि सबैको भिसा लाग्यो काठमाण्डौ आउनु होस भने पछि हामी सबै आयौं ।

यहाँ काठमाण्डौ फाल्गुनको २७,२८ तिर बोलाई सबै जना काठमाण्डौ आए पछि संचिता गुरुङले आ–आफनो पैसा बुझाउनु काम भई सकेको छ भनि म भन्दा माथिको दाई हो भनि जीवन गुरुङ भन्ने गोरखा जिल्ला घर भई सिद्धि दल गण खैरेनीबाट नेपाली सेनाबाट रिटार्यड आर्मीलाई भेटायो र सबै काम मैले गर्ने हो भने पछि हामीले कागजपत्र पासपोर्ट भिषा ट्राभल कार्ड माग्दा सबै भई सक्यो भनी त्यसको भोलीका दिनमा जीवन गुरुङ दिल्ली गएको खबर पाईयो र दिल्लीबाट ईमोबाट सबैको भिषाको कागजपत्र पठायो र काम दिल्लीबाट हुन्छ भनी आउनुस भनी सबै जनाको पैसा फसि सकेकोको हुनाले हामी सबै जना २०७२ चैत्र १७ र १८ गते पैसा हुने मान्छे त्रिभुवन अन्र्तराष्ट्रिय विमानस्थलबाट गयौ र दिल्लीको पहाडगञ्ज चुणामण्डिमा रहेको लबकुस होटलमा हामीलाई करिब २ महिना जति खाना र बस्न र स्वास्थ्यमा खराबी हुने तरिकाबाट बस्न बाध्य भयौं । त्यो बेलामा जीवन गुरुङले मेरो साथी र वहाँहरुले यसमा सहयोग गरेको छ भनी मनबहादुर गुरुङ र शेरचन भन्ने व्यक्तिलाई भेटायो र हामी कागजपत्र माग गर्दा सबै झुटा कागज भएको थाहा पायो जसको केही भिषाको फोटोकपि यही पेश गरिएको छ ।

पत्रकार मित्रहरु जब हामी दिल्लीमा बिचल्ली परे पछि जीवन गुरुङले एउटा रणनिती अपनायो र हामी २७ जनालाई फाटो ल्याउने काम गर्यो धेरै भाईहरु कच्चा उमेरको भएको कुरा नबुझेको डराएको र जीवनले केही धम्की दिने भए पछि हामीले आफनो सुरक्षा गर्दै केही टोली नेपाल फरक्यो र जीबन गुरुङसँग पैसाको कुरा गर्दा संचित गुरुङलाई दिएको उनीसँगै मागा भने पछि म यम बहादुर गुरुङ आफनो ज्यानको सुरक्षा गर्दै संचिता गुरुङसँग पैसा माग्दै पछ्याउने क्रममा म चेन्नई, मुम्बई र सिलगुढी हुदै मैले फकाउँदै काकडभित्तासम्म ल्याए तर काकडभित्ता आएपछि संचिता गुरुङलाई सहयोग गर्ने बुटवल राधा कृष्ण टोल निवासी टोप बहादुर रनपालको छोरा पूर्व नेपाल प्रहरी हो भनी परिचय दिने सुमन रनपालले अब नेपाल आई पुग्यौ रिचार्ज लिएर आउँछु तिमी बस भने पछि विश्वास लागयो तर त्यसलाई लिएर फरार भयो म काकडभित्ताको होटलमा पैसा नभए पछि दिदी भेनालाई भनेपछि पोखराबाट भेना आएर मैले बसेको होटल नमस्ते होटल एण्ड लजमा पैसा बुझाएर मैले त्यही होटलमा रहेको संचिता गुरुङ र सुमन रनपालको सबै कपडाहरु लिएर म सिधै पोखरा गएर कास्की जिल्ला पोखराको रामबजार टोलमा रहेको ईलाका प्रहरी कार्यलयमा २०७३ सालको अषाढ तिर म लगायत हामी सबै यसरी ठगीएको र संचिता गुरुङ,सुमन रनपाल यसरी फरार भएको भने पछि समान प्रहरीले बुझिलिई दलाली संचिता गुरुङको पोखरा निवासी दिदीलाई बुझायो ।

हामी म लगायत सबैले धेरै ठाउँहरु श्रममन्त्रालय,जिल्ला प्रहरी कार्यलय कास्की ,जिल्ला अदालत कास्कीमा जाँदा सबैले कारोबारको कागज रहेछ तपाईहरु आफै आपसी छलफल गरी मिलाउनुस भन्यो । यसरी हामी २७ जना मध्ये ४ जनाको पैसा छैन भन्दा संचिता गुरुङले हाल ९० लाख मुल्य भएको ४ जनाको ११ लाखको दरले ४४ लाख मुल्य गरी तत्काल हाल पोखरा लेखनाथ नगरपालिका वडा नं.२९ मा रहेको ५ आनाको घरेडी संचिता गुरुङको नाममा नामसारी गरी छोराहरु लैजाने र पछि छोराहरुले कमाउँदै व्याज सहित तिरे पछि त्यो जग्गा फिर्ता गर्ने भनी आपसी सल्लाहमा कागज गरिएको जुन यही पेश गरिएको छ । यो जग्गा हाल हङकङ जाने भनी ठगीएको ८ जनाले जिल्ला अदालतमा मुद्धा दर्ता गराई संचिता गुरुङको नाममा पास गरीएको यो जग्गा लिलामी प्रक्रियमा अगाडी गई सकेको छ ।

माथि उल्लेखित ४ जनाको अभिभावकको तर्फबाट पिडीत लक्ष्य गुरुङको बुबा मन बहादुर गुरुङले अहिले यो लिलामी प्रक्रिय रोक्का गरी पाम र मेरो आफनो जग्गा फिर्ता पाम भनि साढे १ साल देखि मुद्धा धाई रहेको तर यस बिचमा संचिता गुरुङ बिना कसरी यो लिलामी प्रक्रिय अगाडी बढ्यो भनी सोध पुछ गर्दा जिल्ला अदालतबाट उल्टो धम्की स्वरुप बेहेबार गरेको संचिता गुरुङको पक्षबाट मुद्धा जाहेरी गर्ने कास्की जिल्ला पोखरा मुस्तानचोकमा रहेको सहारा कानुनी सेवाका संचालक रुद्र कुवँर र वारेसी लिने लुन चन्द्र रेग्मीले उल्टो धम्की दिएको हुनाले यि व्यक्ति प्रति पनि पूर्णरुपमा छान बिन गरेमा संचिता गुरुङको बर्तमान समयको सही अवस्था जानकारी हुने अवगत गराउँदै यि दुवै जनाको सम्पर्क नम्बर यही समाबेश गरिएको छ ।

यसरी संचिता गुरुङ र जीवन गुरुङले सबैसँग गरी तत्काल करिब १ करोड ४५ लाख जति रकम जम्मा गरेको जानकारी गराउँन चाहन्छौ । जुन यसै पत्र यसै कागजका साथ पेश गरेका छौ । नेपालमा बस्दा संचिता गुरुङ र जीवन गुरुङले प्रयोग गरेको मोबाईल फोन नम्बरहरु यिनीहरुलाई सहयोग गरिएको सहयोगीहरुको नम्बरहरु । हाल संचिता गुरुङ र जीवन गुरुङ फरार रहेको र ति फरार व्यक्तिहरु खोजी गरी हामी पिडीतहरुको पिडा सम्पूर्ण सञ्चार माध्यमहरुबाट प्रसारण गरी सम्बन्धित निकायहरु सम्म पुगी हामीलाई न्याय दिलाई दिनु हुन पत्रकार मित्रहरु प्रति हार्दिक अनुरोध गर्दछौं ।
पिडितहरु :

१) यम बहादुर गुरुङ,लमजुङ
२) लक्ष्य गुरुङ,पोखराको अभिभावक आमा गिता गुरुङ
३) मिलन गुरुङ,पोखराको अभिभावक आमा सरस्वती गुरुङ
४) सुमन गुरुङ,पोखरा हाल दुबई कार्यरतको अभिभावक आमा चेली माया गुरुङ
५) हरि बहादुर राना,चिृतुवन हाल मलेसिया कार्यरतको अभिभावक बुबा रण बहादुर राना
६) खुसीमान गुरुङ,चितुवन हाल दुबई कार्यरतको अभिभावक सासु सरस्वती गुरुङ
७) हरि प्रसाद घले,लमजुङ

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु