प्रहरी महानिरीक्षकमा बसन्त कुँवर नियुक्तनेपाल फाईभ पी अन्तर्राष्ट्रिय प्रदर्शनी सुरुराष्ट्रिय जनगणना २०७८ को प्रतिवेदन सार्वजनिकस्पाइनल इन्जरी भएका व्यक्तिहरूको अधिकार तथा क्षमता अभिवृद्धि” सम्बन्धी ३ दिने सो गोष्ठीयस्तो छ तपाईंको आजको राशिफलग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालले पायो ‘एनएबीएच’ मान्यताबुढीगण्डकी ‘क’ र ‘ख’ जलविद्युत आयोजना निर्माण हुने काठमाडौंमा गरियो सार्वजनिक सुनुवाईठेक्का सम्झौताको २७ वर्षसम्म पाएनन् व्यवसायीले भुत्तानी, सर्वोच्चको फैसलासमेत कार्यन्वयन नभएको भुजेलको गुनासोदुबईमा बेचिएकी नेपाली चेलीको उद्दारस्थायी प्रवृत्तिको पत्रकारिता विकास कोष स्थापना गर्ने प्रधानमन्त्रीको घोषणा

दृष्टिविहीनहरुले प्रधानमन्त्रीलाई भने: कीबाँच्ने आधार देउ कीमारिदेउ

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७५ जेष्ठ २७, आईतवार ०६:५५

काठमाडौं-नेपाल दृष्टिविहीन अपाङ्ग जागरण संघर्ष समितिले सरकारले आफूहरुलाई उपेक्षा गरेको भन्दै तत्कालशिक्षा, स्वास्थ्य र रोजगारीको व्यवस्थागर्न माँग गरेको छ । प्रधानमन्त्री केपीशर्मा ओलीले आफूहरुलाई ढाँटेको उनीहरुको आरोप छ ।सरकारले आफूहरुलाई रोजगारीको व्यवस्थानगरे जीवननिर्वाह भक्ताको व्यवस्थागर्नपनिउनीहरुले माँग गरेका छन् । यदि सरकारले आफूहरुकोलागि केहीपनिगर्न नसक्ने हो भने मारिदिए हुन्छ भन्ने उनीहरुको आक्रोश थियो ।
आफ्नो योग्यता र क्षमताको आधारमाजीवनजिउनखोज्दापनित्यसमा राज्यले कत्तिपनि सहयोग नगरेको भन्दै नेपाल दृष्टि विहिनअपाङ्ग जागरण संघर्ष समितीका सदस्यहरुले गुनासो पोखेका छन् ।

समितिले शुक्रबार रिपोटर्स क्लब नेपालमापत्रकार सम्मेलनगर्दै यस्तो गुनासो र माँगहरु तेर्साएको हो । संघर्ष समितीकाअध्यक्ष सुदिपवलीले अशक्त, अपाङ्ग, दृष्टिविहीनलाई राज्यले उचितन्यायदिनुपर्ने बताए ।
उनले भने,‘राज्यले हामीलाई न्यायदिनुप¥यो । पढेकालाई जागिर र नपढेकालाई भत्ताको ब्यवस्थाहुनुप¥यो । हामीमाँग्ने होइनौँ । हामीले आफ्नो कला र गला बेचेर गुजारा गरेका छौँ । यदिहामीमाँग्ने भए देशका सबै गायकतथागायिकामाग्ने हुन, सबै नेतामाँग्ने हुन् । हामीले अपराध गरेका छैनौँ । सजायदिनेभएती भ्रष्टाचारीहरु, दलालीहरुलाई दिनुहोस हामीलाई होईन ।’कार्यक्रमकाप्रमुखअतिथि राष्ट्रिय अपांगपत्रकार संघ नेपालकाअध्यक्ष रबिन थपलियाले सरकारले अपांगताभएकाव्यक्तिहरुलाई उपेक्षा गरेको भन्दै कडा आपत्तिजनाएका छन् ।

हालै आएको आर्थिक वर्ष २०७५/०७६ को बजेटमा समेत अपांगताभएकाव्यक्तिहरुको बारेमाकुनै सम्बोधननगरेकोमापनिउनको आक्रोश थियो ।थपलियाले भने,‘बजेट आउँदापानापाना पल्टाई हेरेको तर अपांगताभएकाव्यक्तिहरुको बारेमाकुनै कार्यक्रम देखिएन, यो हामीहरुप्रतिको ठूलो अपमानहो, हामीलाई यसले चित्तदुखाएको छ।’ त्यस्तै उनले दृष्टिविहीनहरुलाई राज्यले गाँस, बासको व्यवस्थागर्नुपर्ने माँग गरे । उनले थपे,‘यदि राज्यले दृष्टिविहीनहरुलाई सेवातथा सुविधादिन सक्दैन भने उहाँहरुले आफ्नो कामगर्दा कुनै अवरोध गर्नुहुँदैन्।’

त्यसैगरि संघर्ष समितीकाउपाध्यक्षदिपराज परियारले राज्यले अपाङ्गताभएकाव्यक्तिहरुलाईअपहेलना गरेको भन्दै आफूले भोगेको पीडा सुनाए ।आफूहरुले पशुपतिनाथमन्दिर परिसरमाकला र गला प्रस्तुतगर्दै आएको तर पशुपतिविकाषकोष र महानगरीय प्रहरी मिलेर बाद्यबाधनको सामाग्रीखोसिएकोमाआक्रोश पोखे । उनले भने,‘हामीले बाँच्ने आधार बनाउनआफ्नो कला बेच्नपनिपाएनौँ । हाम्रा सामान लुटियो,हामीलाई जबरजस्तीहातपातगरि लखेटियो।’
त्यसैगरि संघर्ष समितिका सदस्य नेत्रप्रसादकोइरालाले पनि राज्यले अपाङ्ताभएको व्यक्तिलाई हेर्ने अंगनभएकोजानकारी गराए । उनले भने,‘राज्यले कहिल्यैपनिहाम्रोमाग सूनिदिएन ।

हामीले गाँस, बास, कपास, स्वास्थ्य, शिक्षा र रोजगारी मागेकाहौँ । तर राज्यले हाम्रो वास्ता गरेन । हामी राज्यको कुनअंगहो ?हामी राज्यको नागरिक हो किहोइनौं? सडक चोक, मन्दिरमागाएर पेट पाल्दापनिलखेटियौँ ।’
सरकारले अपाङ्गताभएको व्यक्तिलाई उचितव्यवस्थानगरेकोभन्दै समितीका सदस्यनम्रता ठकुरीलेले राज्यकोयसको बारेमाविशेष ध्यानाकर्षण हुनुपर्ने बताईन् ।त्यस्तै संघर्ष समितिकिा सदस्यटंक आचार्य रोजगारीको व्यवस्थागर्न माँगगर्दै काठमाडौंकोबौद्धमा आफूहरुलई निर्वाध रुपमागाउनदिनुपर्ने बताए । उनले थपे,‘यदिहोईन भने हाम्रो लागिविकल्पखोजिदिनुपर्यो ।’कार्यक्रममान्यूजलाईन्स नेपालकाअध्यक्ष राजु भट्ट, अपांगमैत्री नेपालकाअध्यक्षकाजीलालश्रेष्ठ लगायतले अपांगताभएकाव्यक्तिकाविषयमा राज्यगम्भिर बन्नुपर्ने धारणा राखेकाथिए ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु