एसियाली ट्रायल रेसका पदक विजेता पुरस्कृतउर्जामन्त्री खड्काको सक्रियतामा मन्त्रालयको फोहोर व्यवस्थापनबिजया दशमीको आज तेस्रो दिन,चन्द्रघण्टा भगवतीको विशेष पूजा गरिदैआज शनिवार, राशिफल हेरेर जान्नुहोस् कस्तो रहला तपाईको आजको दिन ?लोकप्रिय गायक तथा सर्जक ढकाल सम्मानितस्याटको आयोजनामा शुभकामना आदान प्रदान, पदक तथा ट्रफी वितरण एवम् सम्मान कार्यक्रम सम्पन्नथरिथरिका परिकार पस्कँदै अर्गानिक फेमिली सेकुवा घर” सञ्चालनमाआज दशैंको दोस्रो दिन, ब्रह्मचारिणी देवीको पूजा गरिँदैविश्व पशु दिवसका अवसरमा सञ्चारकर्मीहरूसँग छलफलत्रिपक्षीय सम्झौता नेपालको उर्जा क्षेत्रका लागि कोशेढुङ्गा : उर्जामन्त्री खड्का

सञ्चारकर्मी यादवको अध्यक्षतामा पत्रकार समाजको प्रादेशिक समिति गठन

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७५ जेष्ठ २७ गते, आईतवार ०७:०३

काठमाडौं-अधिकारका लागि पत्रकारिता भन्ने मूल नाराका साथ मधेशका सञ्चारकर्मीहरुको प्रादेशिक भेला काठमाडौंमा सम्पन्न भएको छ । प्रदेश ३ लाई आधार बनाई पत्रकारिता गर्दै आएका सञ्चारकर्मीहरुको भेला मधेश मिडिया हाउसमा सम्पन्न भएको हो ।संघीय संरचना अनुसार प्रदेश नं. ३ केन्द्रित पत्रकारिता गर्ने पत्रकारहरुको प्रादेशिक भेलाबाट मधेशी पत्रकार समाज नेपालको नयाँ कार्यसमिति चयन भएको छ ।रेडियो नेपालमा कार्यरत सञ्चारकर्मी विजय यादवको अध्यक्षतामा १५ सदस्यीय कार्यसमिति गठन भएको हो ।

जसको उपाध्यक्षहरुमा निवेश कुमार, संदिप कुमार वैश्य र अर्चना झा, महासचिवमा सर्फूल्लाह अंसारी, सचिवद्वय विजेता चौधरी र सन्ध्या विडारी, कोषाध्यक्षमा आशा साह चयन भएका छन् ।यसैगरी, सदस्यहरुमा सुष्मा कर्ण, लिलानाथ गौतम, संजय कुमार प्रजापति, कृष्णमुरारी मिश्र र जितेन्द्र देव रहेका छन् । यस्तै, सल्लाहकारद्वय मोल्लिम अंसारी र प्रकाश तिमिल्सिना रहेका छन् ।मधेशी पत्रकार समाज नेपालको आयोजना भएको प्रादेशिक भेलामा विभिन्न मिडियामा आबद्ध रही मधेशको मुद्दामा कलम चलाउँदै आएका सञ्चारकर्मी तथा कलाकर्मीहरुलाई सम्मनसमेत गरिएको छ ।

कार्यक्रमको प्रमुख अतिथि प्रधानमन्त्रीका प्रेस सल्लाहकार डा.कुन्दन अर्याल, अतिथिहरु मधेश मिडिया हाउसका अध्यक्ष डा.राजेश अहिराज, नेपाल पत्रकार महासंघका पूर्वसचिव धर्मेन्द्र कर्ण, प्रेस काउन्सिल नेपालका सदस्य गोविन्द चौलागाईँ, अधिवक्ता सुनिलरञ्जन सिंह, सामुदायिक रेडियो प्रसारक संघका उपाध्यक्ष निमेष कर्ण, नेपाल पत्रकार महासंघका पूर्वकोषाध्यक्ष राजेश मिश्र लगायतलाई सम्मान गरिएको थियो ।यस्तै, स्वेता सिन्हा, सिर्जन झा, प्रवीण चौधरी, कोमल भगत, रुवी रौनियार, प्रकाश तिमिल्सिना, दुर्गा फुँयाल, पुर्णेन्दु झा, विजय यादव निर्विज, सरिता साह, सेलिना कुँवरलगायतका सञ्चारकर्मी तथा कलाकर्मीहरुलाईसमेत सम्मान गरिएको थियो ।पत्रकारिता तथा कलाकारिता क्षेत्रमार्फत मधेशको मुद्दामा सक्रिय सहभागिता जनाउँदै आएकाहरुको कार्यको मूल्यांकन गर्दै भेलामा सम्मान गरिएको समाजका अध्यक्ष मोहन सिंहले जनाएका छन् ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु