प्रहरी महानिरीक्षकमा बसन्त कुँवर नियुक्तनेपाल फाईभ पी अन्तर्राष्ट्रिय प्रदर्शनी सुरुराष्ट्रिय जनगणना २०७८ को प्रतिवेदन सार्वजनिकस्पाइनल इन्जरी भएका व्यक्तिहरूको अधिकार तथा क्षमता अभिवृद्धि” सम्बन्धी ३ दिने सो गोष्ठीयस्तो छ तपाईंको आजको राशिफलग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालले पायो ‘एनएबीएच’ मान्यताबुढीगण्डकी ‘क’ र ‘ख’ जलविद्युत आयोजना निर्माण हुने काठमाडौंमा गरियो सार्वजनिक सुनुवाईठेक्का सम्झौताको २७ वर्षसम्म पाएनन् व्यवसायीले भुत्तानी, सर्वोच्चको फैसलासमेत कार्यन्वयन नभएको भुजेलको गुनासोदुबईमा बेचिएकी नेपाली चेलीको उद्दारस्थायी प्रवृत्तिको पत्रकारिता विकास कोष स्थापना गर्ने प्रधानमन्त्रीको घोषणा

किन भाइरल भइरहेको छ यो भिजिटिङ कार्ड ?

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७५ जेष्ठ २७, आईतवार ०७:१३

सोसल मिडियाको यो जमानामा कहिले के भाइरल हुन्छ ? भन्ने कुराको अनुमान लगाउन गाह्रो पर्दछ । पछिल्लो समय सोसल मिडियामा एउटा भिजिटिङ कार्ड चर्चाको विषय बनिरहेको छ ।भारतका एक अवकाशप्राप्त कर्मचारीको भिजिटिङ कार्डले ट्वीटरमा राम्रै चर्चा कमाइरहेको छ ।

@PedestrianPoet नामक ट्विटर ह्याण्डिलबाट एक अनौठो भिजिटिङ कार्डको तस्वीर शेयर गरियो ।सामान्यतः भिजिटिङ कार्डमा व्यक्तिको नाम, काम गर्ने कम्पनी, पद, सम्पर्क नम्बर आदि उल्लेख हुन्छन् । तर यो कार्डमा त्योभन्दा फरक तथ्य छ ।कार्डको सबैभन्दा माथिल्लो भागमा लेखिएको छ, नो अफिस, नो बिजनेस, नो जब, नो ओरिज ।

नाम जी सुनिल सचदेव र परिचयको रुपमा भारतीय आयल कर्पोरेसनको मुख्य व्यवस्थापकबाट अवकासप्राप्त लेखिएको छ ।त्यसको तलपट्टि रोचक जानकारी छ । जसमा जमघट, हल्का संगीत, घुमफिर, राजनीतिक बहस, नजिकका मान्छेसँग तास खेल्न, लञ्च तथा डिनरका लागि आफू उपलब्ध रहेको उल्लेख छ ।यो बिजनेस कार्डका सम्बन्धमा ट्वीटरमा राम्रै बहस भएको छ । एकजना ट्वीटर प्रयोगकर्ताले ती कार्डवाला काकाको ६ महिनाअघि नै मृत्यु भइसकेको आफूले थाहा पाएको भन्दै काकाले जीवनमा राम्रै मस्ती गरेको उल्लेख गरेका छन् ।

एजेन्सी

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु