दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

गीत चोरी मौलाउँदै सम्वन्धित पक्ष मौन

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७५ जेष्ठ २८ गते, सोमबार १७:३८

काठमाण्डौं/सन्तोष बजगाई-पछिल्लो समयमा गीत चोरीको घटना व्यापक भईरहेको छ । एक पछि अर्को गर्दै कहिले लोक गीत त कहिले आधुनिक त कहिले चलचित्रका गीतहरु एकाएक चोरी भईरहेका छन् ।यद्यपी यस्ता चोरीको घटना यसभन्दा अगाडीपनि नआएका भने होईनन् । बेला बखत चोरी हुने गरेतापनि अहिले जस्तो यति धेरै मात्रामा भने चोरी भएकोे थिएन ।
राज्यको कुनै खास निति नहुनु, दण्डहिनताको बृद्धि हुनु, मिडियामा अनावश्यक पहुँच हुनु आदिले गर्दा गीत चोरीको घटनाले प्रसय पाईरहेको हो ।

कलाकार तथा गीत संगीतको हितको लागि भनेर खोलिएका कथित संघसंस्थाहरुले यस चोरीको विषयमा आजसम्म न त मुख खोलेका छन् न त रोकथामको लागि कुनै पहल कदमी नै गरेका छन् । नेपाल सरकार मातहतका निकाय, राष्ट्रिय लोक दोहोरी प्रतिष्ठान, गीत संगितका हितका लागि भनेर खोलिएका विभिन्न यी यस्ता संघ संस्थाहरु कसैलेपनि यस विषयका कुनै चासो देखाएका छैनन् । सामाजिक संजालहरुबाट विरोध गरिएपनि यसले न त पूर्णता नै पाएको छ न त कुनै चोरीको घटना रोकिन नै सकिरहेको छ ।

 

एकपछि अर्कोगर्दै गीत चोरीको घटना बाहिर व्यापक भईसक्दा समेत पिडितलाई न्याय र चोरी गर्नेमाथि कार्वाहिको साटो उनिहरुलाई आपसमा मिल्न दवाव तथा प्रलोवनमा समेत पारी मिलेको भन्ने समाचारहरु सार्वजानीक भईरहेका छन् ।

यसरी चोरी गर्ने र सिर्जना चोरीने मान्छे मिले भनेपनि दर्शक, श्रोता र सर्वसाधारण मान्छेहरुले यसबाट के बुझ्ने भन्ने अन्योलता नै कायम रहेको छ । यदि मिलेकै भएनी गलत हो । मिल्ने भन्ने कुरा न्यायसंगत हुँदैन । यसरी जस्ले जे गरेपनि काहिँ कतैबाट कुनै किसिमको रोकावट तथा यसबारे गम्भिर नहुने हो भने भावि पुस्ताले संगीतको वास्तविकता देख्नै नपाउने प्रस्ट छ । कस्को कुन गीत हो यो कसैसंग मेल खान्छ की खाँदैन भन्ने नबुझि रेडियो तथा टेलिभिजनले पैसाको भरमा, हावादारीको भरमा यस्ता चोरी भएका गीतहरुलाई स्थान दिनुले पनि यस्तो दण्डहिनतामा बृद्धि आएको हो । यस विषयमा मिडियाहरु बेलैमा सचेत हुन नसके मिडिया भनेको चोरको चौतारो र पहुँच हुनेको मात्र संस्था हो भन्ने तितो तथ्य प्रमाणीत हुनेछ ।

त्यसैगरि राष्ट्रिय लोक दोहोरी प्रतिष्ठान लगायत संगीत क्षेत्रमा क्रियाशिल सचेत नागरिक तथा सम्पूर्ण व्यक्तिले यस्तो विकृतिको विरुद्ध बेलैमा बोल्ने साहस गर्नुपर्ने जरुरी छ । असली कलाकार मर्ने र पहुँच हुने वा चोर्नेहरुले स्थान पाउने कार्य न्याय संगत छैन यसतर्फ सबैको एकपटक ध्यान जानु जरुरी हुन्छ । यस्तो महान कार्यमा लाग्ने काम ढिला नहोस् । असली कलाकारले न्याय पाउन । संगीतका चोरहरुमाथि न्यायीक छानविन र छिटै कार्वाही होस् ।
र यसबाट सबैले पाठ सिकुन की गीत चोरी महापाप हो । कसैको सिर्जना चोर्नु सम्पति चोरे बराबर हो भन्ने सबैले बुझुन् । हाम्रो यहि अपेक्षा ।

 

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु